पाठ ५ : साथीलाई चिठी
शब्दभण्डार
१. दिइएका अर्थसँग मिल्ने
शब्द पाठबाट खोजेर
लेख्नुहोस् :
क) मलेसियाको मुद्रा : रिङ्गेट
ख) विदेश : परदेश
ग) नागरिक नभएको
अवस्था : अनागरिक
घ) मर्न लागेकालाई
बचाउने : मृतसञ्जीवनी
ङ) सफा : कञ्चन
च) उथलपुथल : उद्वेलित
छ) कार्य गर्ने
क्षमता भएको : सामर्थ्य
ज) जन्मेको ठाउँ
: जन्मथलो
२. दिइएका शब्दहरुको अर्थ
चिनेर जोडा मिलाउनु
होस् :
क) रहर : इच्छा
, एक किसिमको दाल
ख) काम : कम्प
, कार्य
ग) पत्र : चिठी
, तह
घ) कडी : सानो
कडा वा मुन्द्रो
, जुक्ती
ङ) अन्तर : भिन्नता
, भित्री हृदय
३. दिइएका अनेकार्थी शब्दहरुको
एकभन्दा बढी अर्थ
लेख्नुहोस् :
मास : महिना , एक प्रकारको
दाल ।
खरी : एक प्रकारको
रुख , लेख्न प्रयोग
गरिने सेतो पत्थर
, मादल तबला आदिमा
लगाउने मसला ।
ताल : पोखरी , चाल , बाजाको
मात्रा , मौका ।
खाग : गैँडाको नाकमाथिको मूल्यवान
अङ्ग , अग्राख , जान्नेसुन्ने ।
फेरी : हरिणको सिङको बाजा
, प्रदक्षिणा ।
साँचो : सत्य , ताल्चा खोल्ने
साधन ।
कछाड : छोटो धोती
, पहाडको तल्लो भाग ।
अर्थ : मतलब , प्रयोजन , धन
।
चरण : तह , पाउ
, श्लोकको एक पङ्क्ति
।
काल : समय , मृत्यु ।
४. दिइएका पदावलीलाई अर्थ
स्पष्ट हुने गरी
वाक्यमा प्रयोग गर्नुहोस् :
कहाली लाग्नु
मलाई बुढापाखाको कहानी सुन्दा
कहाली लाग्छ ।
टपाटप टिप्नु
तिहारलाई राखेको फूल भाइले
टपाटप टिपेछ ।
महिना मर्नु
बुबाले महिना मरेपछि मोबाईल
किनिदिन्छु भन्नुभयो ।
रोइकराइ गर्नु
रामले रोइकराइ गरेर घुम्न
जान्छु भनी बुबालाई
फकायो ।
वितृष्णा पलाउनु
सीतालाई सधै घरमा
झैझगडा सुन्न परेपछि पढ्न
पनि वितृष्णा पलाउन
थाल्यो ।
हातमुख जोड्नु
धेरै नेपालीहरुलाई हातमुख जोड्नको समस्याले
विदेशीनु परेको छ ।
उजुरी गर्नु
सीतामाथि हातपात भएपछि रामुकाकाले
प्रहरीमा उजुरी गर्नुभयो ।
श्रम स्वीकृति लिनु
वैदेशिक रोजगारमा जानका लागि
श्रम स्वीकृति लिन
आवश्यक छ ।
अवैधानिक
गाँजाको व्यापार गर्नु अवैधानिक
काम हो ।
बदला लिनु
हरिको साथीसँग झगडा भएपछि
बदला लिनलाई मौक
किरेर बसेको छ
।
सहारा बन्नु
हामी सबै बुढेसकालमा
आमाबुबाको सहारा बन्नु पर्छ
।
बोध र अभिव्यक्ति
१. पाठ पढी
दिइएका प्रश्नहरुको उत्तर दिनुहोस्
:
क) चिठीमा कतिवटा अनुच्छेद
रहेका छन् ?
चिठीमा सातवटा अनुच्छेद रहेका
छन् ।
ख) चिठीको आदि , मध्य
र अन्त्य भागमा
कस्ता विषयवस्तु छन्
?
चिठीको आदि भागमा
वैदेशिक रोजगारी प्रतिको मोह
देखाइएको छ भने
मध्य भागमा वैदेशिक
रोजगारीले दिएको क्षणिक सुखको
अनुभव सुनाइनुका साथै
अन्त्य भागमा स्वदेश प्रतिको
मोह देखाइएको छ
।
ग) पुर्णविक्रमले सुरुका दुईतीन वर्ष
विदेशमा कसरी बिताए
?
पुर्णविक्रमले
सुरुका दुईतीन वर्ष विदेशमा
मोजमस्तीमा र रमाइलो
गर्दै बिताए ।
घ) पुर्णविक्रम कस्तो सपना
बोकेर विदेश गएका
थिए ?
पुर्णविक्रम
परदेशमा रहेको सुनको बोटबाट
टपाटप पैसा टिपेर
चाँडै धनी भइन्छ
भन्ने सपना बोकेर
विदेश गएका थिए
।
ङ) चिठीमा के कस्ता
अङ्गहरु हुन्छन् , लेख्नुहोस् ।
चिठीमा मिति , ठेगाना, सम्बोधन
, शिस्टाचार, विवरण, समापन र
खामको नमुना जस्ता
अङ्गहरु हुन्छन् ।
२. `दिनहरु ……..हुने छु
´, चिठीको अंश पढी
खाली ठाउँमा छुटेका
शब्द भर्नुहोस् :
क) दुई महिनापछि
काममा फर्कंदा कम्पनीले पनि राखेन
।
ख) त्यति वेला
मात्र मलाई थाहा
भयो, देश र
परदेशको अन्तर ! नागरिक हुनु
र अनागरिक हुनुको अन्तर !
ग) जीवनप्रति वितृष्णा पलाइरहेको थियो ।
घ) छिट्टै नेपाल
फर्केर आफ्नै माटोमा परिश्रम
गरी जीवन निर्वाह
गर्ने विचारमा छु
।
ङ) अवको तीन
महिनाभित्र म आफ्नो
जन्मथलो, आफ्ना आमाबुबाको काख
र प्रियजनहरुको माझमा
हुने छु ।
३. `अहिले म सम्झन्छु
………सार्थक बनाउँछु´ चिठीको अंश
पढी दिइएका प्रश्नहरुको
उत्तर लेख्नुहोस् :
क) नेपालको जलराशिमा कस्तो
सामर्थ्य रहेको छ ?
नेपालको जलराशिमा संसारकै मानिसहरुको
प्यास मेटाउने सक्ने
सामर्थ्य रहेको छ ।
ख) हाम्रो देशको विकासले
गति लिन नसक्नुको
कारण के हो
?
देशका जनताको दृढ इच्छाशक्ति
र इमानदार प्रयत्न
नभएकाले हाम्रो देशको विकासले
गति लिन नसकेको
हो ।
ग) परदेशमा सिकेको सिपले
कसरी देश विकास
गर्न सकिन्छ ?
परदेशमा सिकेको सिप आफ्नै
देशमा प्रयोग गर्नुको
साथै आरुलाई समेत
सिकाई सोरोजगारको वातावारण
सिर्जना गरेर देश
विकास गर्न सकिन्छ
।
घ) देश विकासको
मूल मन्त्र के
रहेछ ?
देश विकासको मूल मन्त्र
हरेक जनताले हातेमालो
गर्दै अगाडि बढ्नुपर्छ
रहेछ ।
ङ) म पात्र
किन घर फर्कन
चाहेको हो ?
वैदेशिक रोजगार प्रति वितृष्णा
भएर म पात्र
घर फर्कन चाहेको
हो ।
४. दिइएको चिठीको अंश
पढी प्रश्नहरुको उत्तर
दिनुहोस् :
क) म पात्रले
गरेका सही र
गलत निर्णय के
के थिए ?
म पात्रले गरेको सही
निर्णय वैदेशिक रोजगारी छोडेर
आफ्नो गाउँ, परिवार,
देश सम्झेर फर्किनु
हो । पैसा
कमाउने आशामा विदेशिनु , विदेशिएपछि
घरपरिवारलाई बिर्सनु , पैसा वचत
नगर्नु जस्ता म पात्रका
गलत निर्णयहरु थिए
।
ख) म पात्रको
घर फर्कने निर्णयप्रति
तपाईंको धारणा लेख्नुहोस् ।
म पात्रले आदर्शको मार्गलाई
अङ्गाली घर फर्कने
निर्णय गर्नु समसामयिक परिवेशमा
विदेशिन हतार गर्ने,
युवाहरुलाई समेत आफ्नो
गाउँठाउँ आफैले बनाउनुपर्छ भन्ने
देशभक्ति भावना जागृत गराएको
पाइन्छ ।
५. पुर्णविक्रमको ठाउँमा तपाईं हुनु
भएको भए के
गर्नुहुन्थ्यो , आफ्नो विचार प्रस्तुत
गर्नुहोस् ।
यदि पुर्णविक्रमको ठाउँमा म भएको
भए , पैसा कमाउने
लोभमा परेर आफ्नो
स्वर्गभन्दा प्यारो देश र
देवतासमान आमाबुबालाई छाडेर पुर्णविक्रम
जस्तो म विदेश
जाने थिएन ।
आफ्नो पढाई सकेर
आफ्नै देशको सेवा
गर्थे । यदि
वैदेशिक रोजगारीमा जानै पर्ने
बाध्यता आइपरेको भएपनि केही
समय गएर पैसा
कमाएर ल्याई आफ्नै
देशमा स्वरोगार बनेर
केही गर्थे ।
विदेशमा जाने रहर
भएका अरु युवाहरुलाई
पनि सम्झाइबुझाइ गरेर
देश विकासमा हात
जुटाउन आग्रह गर्थे ।
विदेशमा गएर हेला
पाउनु भन्दा स्वदेशमै
बसेर देशको लागि
केही असल काम
गर्थे । विदेशमा
गएर सिकेका सिपहरूलाई
पनि स्वदेशमा आएर
सिपको सदुप्रयोग गर्थे
।
६. तपाई सुरज
हुनुभएको भए चिठीको
प्रतिउत्तर कसरी दिनुहुन्थियो
लेखनुहोस् :
मिति: २०७७-०१-२६
पोखरा, गण्डकी प्रदेश
नेपाल ।
प्रिय मित्र पूर्णविक्रम,
धेरै धेरै माया
अनि मिठो सम्जाना
!
म यहाँ कुशल
छु । तपाई
पनि कुशलमंगल नै
हुनुहुनछ भन्ने आशा राख्दछु
। हजुरले पठाएको
पत्र गत महिना
पाए । पत्र
पढिसकेपछि म हर्सले
गद्गद् भए ।
केहि समय बाटो
बिराएको मेरो मित्रको
आखाँ खुलेछ र
भ्रमको पर्दा हटेछ ।
तपाईंले आफूले विदेशमा सिकेका
सिपलाई यहाँ आएर
प्रयोग गर्छु भन्नुभएको कुरा
सारै मन पन्यो
। तपाईं यहां
आउनुहोस् मैले सक्ने
आर्थिक सहयोग म गर्नेछु
। यहांका युवाशक्तिलाई
विदेश जान ठिक
रहेनछ भन्ने सन्देश
दिनुभयो भने हाम्रो
गाउँ छिट्टै विकास
हुनेछ । यहाका
युवापुस्तालाई केही सिप
सिकाएर रोजगार दिने नया
उपायहरू खोजौला । यहाँ
तपाई आउने कुरामा
सबै गाउँले खुसी
भएका छन् ।
तपाईं कहिले आउनुहुन्छ
र भेट होला
भन्ने आशाले म
विचलित भएको छु
।
ढिलै भए पनि
मैले सम्भाएका कुरा
तपाईले मनन गर्नु
भएछ साह्रै खुसी
लागेको छ ।
स्वदेश र विदेशको
अन्तर पनि राम्रैसँग
बोध गर्नु भएछ
। विदेशमा गएर
साह्रै दुःख पनि
पाउनु भएछ, जुन
कुरा सुन्दा अति
नरमाइलो लाग्यो । हजुरको
घर फकने निर्णय
सुन्दा अत्यन्तै खुसी लागेको
छ । हजुरको
यो निर्णय अत्यन्त
स्वागतयोग्य छ ।
अब स्वदेश फर्किन
कति पनि ढिलो
नगर्नुहोला । चिठी
पनि लेख्दा लेख्दै
धेरै लामो भएछ,
अरू कुरा भेटमा
गरौंला आजलाई यतिमै कलम
बन्द गर्छु ।
उही तिम्रो साथी,
सुरज नेपाल
७. दिइएको अनुच्छेद पढ्नुहोस्
र सोधिएका प्रश्नहरुको
उत्तर दिनुहोस् :
क) मूल्याङ्कन भनेको के
हो ?
मूल्याङ्कन
भनेको शैक्षिक उद्देश्यहरु
कुन हदसम्म प्राप्त
गर्न सकियो भनी
किटान गर्ने प्रक्रिया
भएकाले यो शिक्षण
सिकाइको अभिन्न अङ्ग हो
।
ख) निर्माणात्मक र निर्णयात्मक
मुल्याङ्कन बिच के
फरक छ?
निर्माणात्मक
मूल्याङ्कन कार्यक्रम सञ्चालन सँगसँगै
औपचारिक र अनौपचारिक
रुपमा जुनसुकै समयमा
मूल्याङ्कन गरी पृष्ठपोषण
दिन मिल्छ भने
निर्णयात्मक मूल्याङ्कन शिक्षण सिकाइ
कार्यक्रमको अन्त्यमा विद्यार्थीको उपलब्धि
वा स्तर निर्धारण
गरी प्रमाणपत्र प्रदान
गरिन्छ । येही
नै निर्माणात्मक र
निर्णयात्मक मुल्याङ्कन बिच के
फरक छ ।
ग) प्रमाणपत्र दिने परीक्षा
किन आवश्यक छ
?
प्रमाणपत्र
दिने परीक्षा शैक्षिक
उद्देश्यबमोजिम विद्यार्थीले उपलब्धि हासिल गर्न
सके वा नसकेको
निर्णय लिई स्तर
निर्धारण गरेर प्रमाणपत्र
प्रदान दिन आवश्यक
छ ।
घ) `पाठ्यक्रम ´र `पृष्ठपोषण´
को अर्थ लेख्नुहोस्
।
पाठ्यक्रम
: शिक्षण सिकाइको पूर्ण योजनाको
दस्तावेज
पृष्ठपोषण : कुनै काम
कुरामा पछाडि बसेर सहायता
पुर्याउने काम
८. गाउँको विकासका लागि
पर्यावोरणमैत्री सडक आवसेक
छ भन्ने खुलाउदै
साथीलाई चिठी लेख्नुहोस्
।
मिति: २०७७-०१-२६
पोखरा, गण्डकी प्रदेश
नेपाल ।
प्रिय साथी अभिवादन
!
जीवनमा धेरै सम्झना
छ ।
म यहाँ सन्चै छु । तिमी लगायत तिम्रो सम्पूर्ण परिवार पनि त्यहाँ सन्चै छ भन्ने कामना गर्दछु । तिमीले पठाएको चिठी मैले हिजो मात्र प्राप्त गरेँ । पत्रमार्फतु तिमीले गाउँको विकासका लागि पर्यावरणमैत्री सडक कति आवश्यक छ भन्ने कुरा जान्न चाहेका रहेछी पत्र पढ्दा खुसी लाग्यो । आझ यो पत्र तेही सिलसिलामा लेख्दै छु ।
सम्पूर्ण जैविक र अजैविक
वस्तुहरूको सामूहिक अन्तरसम्बन्ध नै
वातावरण हो ।
पर्यावरणले ब्रह्माण्डमा रहेका सम्पूर्ण मानिस
जीव, निजीव वस्तुहरू
पशुपक्षी, रुख विरुवा,
माटो, पानी, पहाड
भूमि आदिलाई सन्तुलनमा
राख्छ । हर
अभिषेक हामीले विकासको नाममा
कहिलयै वातावरणलाई प्रत्यक्ष अप्रत्यक्ष
असर पर्ने कार्य
गर्नुहुदैन । गाउँको
विकास गर्ने नाममा
हामीले कहिल्यै रुखविरुवा काट्नु
हुँदैन । यदि
काट्नै परे पनि
सडक वरपर विरुवा
रोपिहाल्नुपर्दछ । हामीले
बाटो नजिक ठूलाठूला
फ्याक्ट्री, मिल खोल्न
दिनु हुँदैन ।
हामीले निर्माण गरेका बाटाहरू
धूलो मैलो हुनु
हुँदैन । बाटोको
धूलोले मानव स्वास्थ्यमा
प्रत्यक्ष असर पार्दछ
।
त्यसैले समाज विकास
गर्ने क्रममा पर्यावरणमैत्री
ढङ्गले विकास गर्न आवश्यक
छ । पर्यावरण
जोगाउँदै विकास गर्नु अपरिहार्य
छ । आजलाई
यति नै बाँकी
अर्को पत्रमा लेखौला
। पत्र पाएपछि
पर्यावरण जोगाउँदै कसरी विकास
गर्न सकिन्छ ? तिमीलले
जानेका उपाय बताउँदै
जवाफ फर्काउँछौ भन्ने
आशा गर्दछु ।
तिम्री प्यारी साथी
सुनबी पोखरेल
९. दिइएको अभिनन्दन पत्र
पढ्नुहोस् र साहित्यका
क्षेत्रमा योगदान गरेका कुनै
एक व्यक्तिलाई प्रधान
गरिने अभिनन्दन पत्रको
नमुना तयार पार्नुहोस्
:
अभिनन्दन पत्र
श्री राम चरण
ज्यू,
तपाईंले नेपाली साहित्यको अध्ययन,
अनुसन्धान तथा अन्वेषणको
क्षेत्रमा प्रेरणादायी र उत्प्रेरक
भूमिका खेल्दै आइरहनु भएको
छ । नेपाली
साहित्यका कविता, नाटक, निबन्ध,
कथा र उपन्यासका
माध्यमबाट तपाईले दिनुभएको योगदानको
कदर गर्दै यो
अभिनन्दन पत्र प्रदान
गरिएको छ ।
तपाईंको उर्जाशील जीवनयात्रा, साहित्य
क्षेत्रमा सक्रियता र अनवरत
साधना सबैको लागि
प्रेरणादायी बनोस् । तपाइँको
यही अद्वितीय, अनुपम
र अव्यक्त दीर्घ
साधनाप्रति नतमस्तक हुँदै र
सुस्वास्थ्य, सक्रिय दीर्घजीवनका लागि
हार्दिक शुभकामना ब्यक्त गर्दै
तपाइँको हार्दिक सम्मानका साथ
यो अभिनन्दन पत्र
प्रदान गर्दछौं ।
साहित्य समाज, नेपाल
१०. सामाजिक क्षेत्रमा योगदान
पुर्याउने कुनै एक
व्यक्तित्वको योगदानको कदर गर्दै
प्रदान गरिने सम्मान पत्रको
नमुना तयार पार्नुहोस्
:
सम्मान पत्र
श्री राम चरण
ज्यू,
तपाईले यस भक्तपुर
नगरको सामाजिक क्षेत्रमा
आइपर्ने हरेक प्रकारका
समस्याहरूको समाधानका लागि प्रेरणादायी
र उत्प्रेरक भूमिका
खेल्दै आइरहनु भएको छ
। सहयोगी, मिलनसार
र भक्तपुर नगरकै
अभिभावकका रूपमा तपाईंले दिनुभएको
योगदानको कदर गर्दै
यो सम्मान पत्र
प्रदान गरिएको छ । तपाईंको उर्जाशील जीवनयात्रा,
सामाजिक क्षेत्रमा सक्रियता र
प्रेरण व्यक्तित्व सबैका लागि
प्रेरणादायी बनोस् ।
मध्यपुर ठिमी नगरपालिका,
भक्तपुर
व्याकरण
१. दिइएको अनुच्छेद पढी
कुन कुन लेख्य
चिह्न प्रयोग भएका
छन् , पहिचान गर्नुहोस्
:
उद्धरण चिह्न
अर्धविराम चिह्न
विस्मयसूचक चिह्न
अल्पविराम चिह्न
प्रश्नचिह्न
२. दिइएका वाक्यहरुमा आवश्यक
ठाउँमा आवश्यक चिह्न प्रयोग
गर्नुहोस् ।
क) मैले घर
बाटो फूल मान्छे
र गाडीहरुको चित्र
बनाएको छु ।
मैले घर, बाटो,
फूल, मान्छे र
गाडीहरुको चित्र बनाएको छु
।
ख) तिमी यहाँ
बस चकचक नगर
तिमी यहाँ बस
, चकचक नगर ।
ग) हामीले सुखदुःख रातदिन
जीवनमरण जस्ता आइरहने गइरहने
कुरा हुन् भन्ने
बुझ्नुपर्छ ।
हामीले सुख-दुःख
, रात-दिन , जीवन-मरणजस्ता आइरहने-गइरहने
कुरा हुन् भन्ने
बुझ्नुपर्छ ।
घ) तिमी र
उसले के काम
गर्यौ ।
तिमी र उसले
के काम गर्यौ ?
ङ) अहा कति
सुन्दर जीवन
अहा! कति सुन्दर
जीवन ।
च) अग्लो होचो टाढा
नजिक वर पर
आदि विपरीतार्थी शब्द
हुन्
अग्लो – होचो , टाढा – नजिक
, वर – पर आदि
विपरीतार्थी शब्द हुन्
।
छ) म तुरुन्तै
फर्किहाल्छु उसले भन्यो
” म तुरुन्तै फर्किहाल्छु ” उसले
भन्यो ।
ज) मेरो देशको
नाम हो नेपाल
मेरो देशको नाम हो
– नेपाल ।
झ) क्रियाहरुलाई कर्मप्रदानताका आधारमा दुई किसिममा
बाँड्न सकिन्छ :
क) सकर्मक
ख)
अकर्मक
क्रियाहरुलाई
कर्मप्रधानताका आधारमा दुई किसिममा
बाँड्न सकिन्छ :-
क) सकर्मक
ख) अकर्मक
ञ) उक्ति कथन दुई
किसिमका हुन्छन् प्रत्यक्ष र
अप्रत्यक्ष कथन
उक्ति कथन दुई
किसिमका हुन्छन् – `प्रत्यक्ष र
अप्रत्यक्ष कथन ।´
ट) ले बाट
द्वारा प्रथम विभक्ति हुन
सक्छन्
ले , बाट , द्वारा प्रथम
विभक्ति हुन सक्छन्
।
ठ) मानिस ठुलो दिलले
हुन्छ जातले हुँदैन
यो सुक्ति देवकोटाको
हो
“मानिस ठुलो दिलले
हुन्छ , जातले हुँदैन ।”
यो सुक्ति देवकोटाको
हो ।
ड) हरि तिमी
के गर्दै छौ
हरि! तिमी के
गर्दै छौ ?
३. उचित लेख्य
चिह्नहरु प्रयोग गरी दिइएको
अनुच्छेद पुनर्लेखन गर्नुहोस् :
ओहो! भोलि त
परीक्षाफल प्रकाशित हुने दिन
। मेरो जिपिए
कति आउने होला
? व्यर्थै परीक्षा आउने बेलामा
पनि फुटबल खेल्ने
भइटोपलेको । बुबाले
त सम्झाउँदै हुनुहुन्थ्यो
,” पढाइ पहिलो कुरा अनिमात्र
अरु कुरा आउँछन्
” भनेर तर त्यतिबेला
वास्ता गरिएन । राम,
हरि, गोपाल र
शिवले कर गरेपछि
खेल्नै पर्यो । न त फुटबल
नै जितियो न
त पढाइमा नै
ध्यान दिन सकियो
तर के नै
बिगारेको छु र
। ( कोल्टे फेर्दै
) धत! अब चिन्ता
गरेर के फाइदा
र । ” निर्णय
गर्न गल्ती गरे
पछुताउनु पर्छ” गुरुले भन्नुभएको
थियो । त्यस्तै
भएजस्तो छ, खैर
जे भयो भयो
। अब चाहिँ
यस्तो नगर्नुपर्ला ।
( बत्ती निभाउँछ र सुत्छ
)
४. दिइएका चिह्नहरु प्रयोग
गरी एउटा अनुच्छेद
तयार पार्नुहोस् :
ओहो! भोलि त परीक्षाफल प्रकाशित हुने दिन । मेरो जिपिए कति आउने होला ? व्यर्थै परीक्षा आउने बेलामा पनि फुटबल खेल्ने भइटोपलेको । बुबाले त सम्झाउँदै हुनुहुन्थ्यो ,” पढाइ पहिलो कुरा अनिमात्र अरु कुरा आउँछन् ” भनेर तर त्यतिबेला वास्ता गरिएन । राम, हरि, गोपाल र शिवले कर गरेपछि खेल्नै पर्यो । न त फुटबल नै जितियो न त पढाइमा नै ध्यान दिन सकियो तर के नै बिगारेको छु र । ( कोल्टे फेर्दै ) धत! अब चिन्ता गरेर के फाइदा र । ” निर्णय गर्न गल्ती गरे पछुताउनु पर्छ” गुरुले भन्नुभएको थियो । त्यस्तै भएजस्तो छ, खैर जे भयो भयो । अब चाहिँ यस्तो नगर्नुपर्ला । ( बत्ती निभाउँछ र सुत्छ )