एकाइ ९ सहरीकरण र बसाइ सराइ
पाठ : १ सहरीकरणको अवधारणाी
१. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) सहरको परिभाषा दिनुहोस् ।
उत्तरः सामान्यता सहर भनेको व्यापरिक तथा बजार केन्द्र हो । सहर अङ्ग्रेजी शब्द city को नेपाली रुपान्तरण हो । यो शब्द ल्याटिन भाषाको civitas शब्दबाट व्युत्पति भएको हो । यसको शाब्दिक अर्थ नागरिकहरूको समुदाय हुन्छ बसोबास गर्ने मानिसहरू मुख्य रुपमा गैरकृषि कार्यमा संलग्न हुन्छन् सहरको उद्भव जनसङ्ख्याको आकार, व्यावसायिक विविधता पृष्ठ प्रदेशको कार्य र संरचनाको सम्बन्धसँग जोडिएको हुन्छ । सहरले पृष्ठप्रदेशका समुदायलाई आधारभूत सेवाहरू प्रदान गर्छ। सहर एक आर्थिक, प्रशासनिक, धार्मिक, सांस्कृतिक र सेवाक्षेत्रसँग सम्बन्धित गतिविधिको केन्द्र हो ।
(ख) सहरीकरणका विशेषताहरू उल्लेख गर्नुहोस् ।
उत्तरः सहरीकरणका विशेषताहरू निम्नानुसार छः
- उच्च जनसङ्ख्या र जनघनत्व
- केन्द्रीय सेवा सुविधाको उपलब्धता
- व्यवसायिक विविधता
- वसाइँसराइको आकर्षणको केन्द्र
- उद्योग कलकारखानाको उपलब्धता - गुणस्तरीय सेवा सुविधाको पर्याप्तता
- उच्च आर्थिक क्रियाकलाप
(ग) विश्वव्यापी सहरीकरणको प्रवृत्तिलाई व्याख्या गर्नुहोस् ।
उत्तर:प्राचीन सहरहरू मानव सभ्यतासँगै विकास हुँदै गएको पाइन्छ । टर्कीको मध्य दक्षिणमा रहेका जेरिको र क्याटल हुक प्रोटो सहर लगभग ६००० ई.पू. तिर देखापरेका थिए जुन मेसोपोटामियाको सभ्यता (३००० ई.पू.) भन्दा पुरानो मानिन्छ । मेसोपोटामिया, इजिप्ट, सिन्धु बाँटी र चीनका प्राचीन सहरहरू जलीय कृषि अर्थव्यवस्थामा आधारित थिए । यी सहरहरू खाद्य उत्पादन र बचत, धार्मिक, सैन्य शक्ति र राज्यका केन्डहरू थिए । प्राचीन सहरहरू मन्दिर र चर्च जस्ता धार्मिक स्थलको वरिपरि बसेका हुन्थे जसले सभ्यता, इतिहास र संस्कृतिलाई संयोजन गरेका हुन्थे । यसको साथै व्यापार, हस्तकला उत्पादन र सेवामूलक क्षेत्रहरूको विकासले श्रम विभाजन हुँदै गयो । समाज कृषि र गैरकृषि समाजमा विभाजन भयो । यसमा गैरकृषि व्यवसाय केन्ऽहरू बिस्तारै सहरको रूप परिणत हुँदै गएको पाइन्छ ।
अठारौं शताब्दीको अन्त्यतिर औद्योगिक क्रान्तिले आधुनिक सहरको जग बसालेको थियो । यस क्रान्तिले उत्पादनमा विशिष्टता, श्रम विभाजन, बजारीकरण, गैरकृषि व्यवसायको उन्नति, यातायातका साधनहरूको विकास जस्ता परिवर्तन भए । यसरी सहरी जीवनले ग्रामीण क्षेत्रका मानिसलाई आकर्षण गर्दा आधुनिक सहरको विकासमा टेवा पुगेको पाइन्छ ।
सन् १९६० पछि उन्नत पुँजीवादी अर्थतन्त्रको विकास, पुँजीको एकत्रीकरण र लगानीले सहरीकरणमा प्रमुख भूमिका खेल्न थाल्यो । सन् १९८० पछि उत्पादन प्रक्रियामा नवीन प्रविधिको प्रयोग र वैश्वीकरण र नवउदारवादले पुँजीको एकत्रीकरण, बहुराष्ट्रिय कम्पनीको लगानी, उत्पादन र बजारीकरणले नयाँ नयाँ ठाउँमा सहरीकरण दरले तीव्रता पाउँदै गएको छ । समकालीन सहरहरूको सामाजिक, आर्थिक र सांस्कृतिक संरचनामा बसाइँसराइ, जातीय विविधता, असमानता, वीकरण आदि तइभ्वहरूले परिवर्तन ल्याइरहेको देखिन्छ । विश्वमा सहरीकरणलाई व्यवस्थित बनाउने उद्देश्यले अक्टोबर ३१ का दिनलाई संयुक्त राष्ट्रसङ्घले विश्व सहरीकरण दिवस मनाउँदै आएको छ ।