एकाइ ४ समाजको विकास र दर्शन
पाठ: २ सामाजिक सम्बन्धहरूको विकास र सामाजिक अन्तर निर्भरता
तलका प्रश्नको उत्तर दिनुहोस् :
१. गार्हपत्य, आहवनीय र विदथ भन्नाले के के बुझिन्छ ?
उत्तर:
गार्हपत्य : परिवार संस्था
आहवनीय : ग्राम सङ्गठन (गाउँ सभा)
विदथ : विचार विमर्श गर्ने, उपभोग्य वस्तुको वितरण गर्ने,
पीडा गर्ने, धार्मिक क्रियाकलाप गर्ने एवम् युद्धको तयारी
गर्ने संस्था
२. वैयक्तिकतावादी दृष्टिकोण र समुदायवादी दृष्टिकोणमा के भिन्नता रहेको छ ? नेपाली संस्कृतिमा तिनीहरूको समन्वय कसरी गरिएको छ ?
उत्तर: युरोपेली सभ्यतामा व्यक्ति र समाजको सम्बन्धबारे दुई बिल्कुलै विपरित मान्यताहरूको सङ्घर्ष देखिन्छ ।
त्यहाँ एकातिर व्यक्तिलाई केन्द्रमा राख्ने वैयक्तिकवादी दृष्टिकोण देखिन्छ भने अर्कातिर सामाजिक तथा
राजनीतिक संरचनालार्य बढि महत्व दिने समुदायवादी दृष्टिकोण रहेको छ । ती दुइमध्ये कुन विचारधारा अवलम्बन
गरिएको हो । सोही अनुसार सामाजिक सम्बन्धको स्वरूपमा फरक पर्ने हुन्छ । नेपाली संस्कृतिमा समन्वय एवं सामञ्जस्यलार्य जोड दिइने हुनाले युरोपेली सन्दर्भको जस्तो व्यक्तिवादी वा समुदायवादी भन्ने दुई विधा विभाजन छैन। सामाजिक व्यवहारमा समाजलाई प्राथमिकता दिने र आध्यात्मिक व्यवहारमा व्यक्तिलाई प्रथामिकता दिइने पद्धति यहाँ रहिआएको देखिन्छ । आधुनिक युगमा व्यक्तित्व निर्माणमा विज्ञान आधारित शिक्षा, प्रविधि केन्द्रित सिप, बजार निर्देशित उपभोग र सुचना तथा मनोरञ्जनका लागि मिडियामा निर्भरता जस्ता कारणहरू बढि निर्णायक बन्दै गएको बताइन्छ । सामाजिक सञ्जालमा सहभागिता र त्यहाँ हुने अन्तरक्रियाले पनि व्यक्तित्वमा प्रत्यक्ष प्रभाव परिरहेको देखिन्छ ।
३. सामाजिक अन्तर्निर्भरता भन्नाले के बुझिन्छ ? उदाहरणसहित चर्चा गर्नुहोस् ।
उत्तरः सामाजिक संरचनाको आधारभूत एकाई व्यक्ति र परिवार हुन । त्यसपछिको संरसचना कुल हो । आफ्नो कुलका मानिस र आफन्तहरूसहितको समुदायलार्य कुटुम्ब भनिन्छ । सामाजिक राजनीतिक हिसाबले सबैभन्दा सानो एकाई ग्राम मानिएको देखिन्छ । विदुर नितिमा कुलभन्दा ग्राम ठूलो एकाइ रहेको र एउटा ग्राममा अनेक कुलहरू बहने देखाउँछ ग्रामभन्दा जनपद ठूलो एकाई थियो 'कुल' जन्मसँग सम्बद्ध र 'गण' जनपदसँग सम्बद्ध रहेको थियो ।
प्राचीन सामाजिक संरचनाका बहुआयामिक देखिन्छ । परिवार, कुल र कुटुम्बको अन्तरसम्बद्धता महत्वपूर्ण मानिथ्यो । साथै ग्राम र जनपदमा रहेका अन्य कुलसँगको सम्बन्ध र सामाजिक अन्तरनिर्भरता पनि कम महत्वको थिएन गोष्ठी (गुठी) जस्ता संरचनाले सामाजिक अन्तरनिर्भरतालाई व्यवस्थित गर्थे । गुरुकुल तथा आश्रमहरूले विभिन्न कुल, विभिन्न ग्राम, विभिन्न जनपद र ज्यादै टाढा रहेका देशहरूका मानिसलाई आपसमा संवाद र सहकार्य गर्ने अवसर सिर्जना गर्थे, धार्मिक आस्था अनुसारका सम्प्रदायहरूको पनि समाजमा ठूलो महत्व थियो । शिल्पीहरूको श्रेणी र व्यापारीहरूको निगम तथा युग नामका संस्थाहरू, साथ समन्वय सव्यावहारिक, सम्भय समुत्थान नामका ठूला व्यापारिक संस्थाहरूले पनि सामाजिक संरचनामा प्रत्यक्ष प्रभाव पार्थे । प्राचिन राजनीतिक संरचना राज्य र राष्ट्र मण्डलको पनि सामाजिक अन्तरनिर्भरतामा प्रभाव रहन्थ्यो ।
राजनीतिक दल, गैरसरकारी सङगठनहरू, व्यापारिक संस्थाहरू, व्यावसायिक सङ्गठनहरू तथा पैरवी समूहहरूले पनि सामाजिक अन्तरनिर्भरतामा प्रत्यक्ष प्रभाव पार्छन । अन्तर्राष्ट्रिय सम्बन्ध, संयुक्त राष्ट्रसङ्घ र यसका विभिन्न निकायहरू जस्ता वैश्विक सङ्गठनहरू दक्षिण एसियाली क्षेत्रिय सहयोग सङ्गठन (सार्क) जस्ता क्षेत्रिय सङ्गठन, अन्तर्राष्ट्रिय गैरसरकारी संस्दा आदि पनि वर्तमान युगमा सामाजिक अन्तरनिर्भरताको कुरा गर्दा विचार गर्नुपर्ने पक्षहरू हुन् ।