एकाइ ५ भूगोल र सामाजिक जीवन
पाठ: ३ नेपालका प्रदेशका सामाजिक सांस्कृतिक अवस्था र विशेषता
१. तलका प्रश्नको उत्तर दिनुहोस्ः
(क) बागमती प्रदेशको कुनै तीनओय सामाजिक विशेषताहरू उल्लेख गर्नुहोस् ।
उत्तरः बागमती प्रदेशमा तामाङ, नेवार, ब्राह्मण र क्षेत्री जातिको बाहुल्य रहेको छ । यस प्रदेशको हिमाली क्षेत्रमा
मुख्य जाति र तामाङ हुन् भने पहाडि क्षेत्रमा बाहुन क्षेत्री, मगर, दलित र काठमाडौं उपत्यका धुलिखेल, बनेपामा
नेवार जातिहरूको बसोबास रहेको छ । यहाँ सीमान्तीकृत समुहका चेपाङ, घोटे थामी आदि पनि बसोबास गर्छन् ।
(ख) सुदूरपश्चिम प्रदेशका मुख्य मुख्य सामाजिक पहिचान उल्लेख गर्नुहोस् ।
उत्तरः सुदुरपश्चिम प्रदेशमा मुख्यगरी क्षेत्री, ब्राह्मण, ठकुरी, थारु, दलित जातिहरूको बसोबास रहेको छ । यहाँका
हिमाली र पहाडी क्षेत्रमा मिश्रित जातिको बसोबास छ । तराई क्षेत्रमा ब्राहमण, क्षेत्री, थारु र अन्य मिश्रित जातिहरू
रहेका छन् ।
सुदुरपश्चिम प्रदेशमा नेपाली भाषासँगै दर्जनी अन्य भाषाहरू पनि बोलिन्छ । यहाँ नेपालमा बोलिने चारै परिवारका भाषाहरू बोलिन्छ । यस प्रदेशका मुख्य भाषाहरू डोडेली नेपाली थारु, बैतडेली, अछामी, बफादी, मगर आदि हुन् । यस प्रदेशमा गौरा पर्व, वडाकाइतावार, दशै, तिहार धुमधामका साथ मनाइन्छ तराई क्षेत्रमा माछी पर्वले आफ्नै सामाजिक सांस्कृतिक महत्व बोकेको छ । यहाँका प्रमुख धार्मिक स्थलहरूमा उग्रतारा, त्रिपुरा सुन्दरी शैलेश्वरी, वडीमालिका, बैजनाथ आदि हुन् । यस प्रदेशमा देउडा नाथको ठूलो सामाजिक सांस्कृतिक महत्व रहेको छ ।
(ग) बागमती प्रदेशका मुख्य मुख्य जातिहरूको सूची तयार पार्नुहोस् ।
उत्तरः वागमती प्रदेशमा मिश्रित जातिहरूको बसोबास छ । यहाँ बसोबास गर्ने मुख्य मुख्य जातिहरू यस प्रकार रहेका छन् ।
- तामाङ, नेवार, ब्राह्मण र क्षेत्री जातिको बाल्हय रहेको छ।
- यस प्रदेशको हिमाली क्षेत्रमा शेर्पा र तामाङ हुन्
-पहाडी क्षेत्रमा बाहुन, क्षेत्री, मगर, दलित र काठमाडौँ उपत्यका धुलिखेल, बनेपामा नेवार जातिहरूको बसोबास रहेको छ ।
- भित्रि मधेसमा थारु र सिमान्तीकृत समूहका चेपाङ्कोट थामी आदि बसोबास गर्छन् ।
(घ) सामाजिक विविधता नेपालको पहिचान शीर्षकमा एक लेख तयार पार्नुहोस् ।
उत्तरः हरेक समाज धेरै विविधताको सम्मिश्रण हो । राष्ट्र धेरै विशेषतायुक्त समाजहरूको सम्मिश्रण हो । यो विविधताहरू आफैँमा विशेषतायुक्त हुन्छन् । समाज र राष्ट्रका यी विशेषताहरू प्रत्येक राष्ट्रको मौलिक पहिचान र गर्वको विषय हुने गर्दछ । राष्ट्रिय पहिचान र गर्वसँगै स्थानीय पहिचानको पनि महत्व खोजिने विषय स्वाभाविक प्रक्रिया हो । बहुजातीय, बहुभाषिक एवं लामो ऐतिहासिक पृष्ठभूमि भएको समाजमा संस्कृतिको पनि विविधता रहन्छ । जातीय परम्पराहरू अलग-अलग हुन सक्छन् । उनीहरूको रीतिरिवाज, लवाईखवाई, मूल्यमान्यता, धर्म र सांस्कृतिक क्रियाकलापमा विविधता रहन्छ ।
नेपाल आफैँमा विविधतायुक्त देश हो । नेपालमा सयभन्दा बढी जातजाति र भाषाभाषी, विविध धर्मावलम्बी र संस्कृति छन् । नेपालमा भौगोलिक विविधतामा आधारित सांस्कृतिक र सामाजिक विविधता पनि विद्यमान रहेको
छ । यो विविधतामा अनेकौ सौन्दर्यता पनि लुकेकोछ । विधितामा एकता नेपाली समाजको विशेषता हो । विविधताको सौन्दर्यतालाई राष्ट्रिय भावनामा बदल्न सके मात्र विविधताले सकारात्मक परिणाम दिन सक्छ । सकारात्मक परिणाम दिन सक्ने गरी गरिएको व्यवस्थापन अहिलेको सामयिक आवश्यकता हो । विविधता नेपाल राज्यको मौलिक पहिचान हो ।
नागरिकबीच प्रेम, सद्भाव, स्नेह, साझा स्वार्थ राष्ट्रिय एकताको प्रतिबिम्ब हो जनजनमा यस किसिमको भावनाको विकास हुनुपर्छ । विभिन्न वर्ग र समुदायका मानिसमा हुने राष्ट्रियताप्रतिको संवेगात्मक भावनाले सामाजिक न्याय र राष्ट्रिय एकताको सन्देश दिन्छ । यस्तो भावनाको विकास गर्ने माध्यम लोकतन्त्र, राष्ट्रिय एकता र सामाजिक न्याय हो । यसले नागरिकमा उच्च राष्ट्रिय मनोवलका साथ एउटै सूत्रमा आवद्ध हुन र सहकार्यमा जुट्न मद्दत गर्दछ ।
जुनसुकै शासन प्रणालीमा राज्य संयन्त्र र शासकीय संयन्त्रमा सबै वर्ग र समूहले आआफ्नो सामर्थ्य र सम्भावना अनुरूपको भूमिका खोज्नु स्वाभाविकै हो । यो भूमिकाको उपयोग गर्न सक्ने वातावरण तयार गर्नु राज्यको दायित्वभित्र पर्ने गर्दछ यसका लागि राज्यले सकारात्मक वातावरण सिर्जना गर्नु आवश्यक हुन्छ । प्रजातान्त्रिक सरकार यस्तो दायित्व निर्वाह गर्न सदा तत्पर रहने गर्दछ । राज्यका नीति र कानुनहरूले राज्यको यो गुरुत्तर दायित्वलाई सहयोग गर्ने खालका हुनु आवश्यक हुन्छ । विविधताको सुव्यवस्थापनबाट एकातर्फ राष्ट्रिय सहिष्णुता
कायम हुन जान्छ भने अर्कोतर्फ समाजमा विद्यमान विभिन्न प्रकारका आर्थिक, सामाजिक, धार्मिक तथा सांस्कृतिक विभेदहरूको अन्त्य भइ सबै वर्ग समूह र क्षेत्रको अधिकारको सम्मान हुने देखिन्छ ।
विविधता व्यवस्थापनले सामाजिक, सांस्कृतिक, रहनसहन, जातजाति परम्परा आदिको बीचमा सद्भाव र सहिष्णुता त खोज्छ नै, यसका अतिरिक्त आर्थिक, शैक्षिक विकासका दृष्टिले पछाडि परेका वर्गहरूको पहुँच, पहिचान, प्रतिनिधित्व, सक्षमता, अस्तित्व र स्थायित्व अभिवृद्धिगर्ने क्रियाकलापमा जोड दिने गर्दछ । सामाजिक सद्भाव समन्यायिक अवधारणा विविधता व्यवस्थापनको आधारभूत अपरिहार्य पक्ष हो । यसका लागि देशमा रहेका सबै वर्ग, समूह, समुदाय र सम्प्रदायका बीचमा सामाजिक सद्भाव र सम्मानको संस्कृति विकास गर्नु आवश्यक हुन्छ । सामाजिक समावेशीकरण विविधता व्यवस्थापनको प्रमुख आधार हो ।
(ङ) प्रदेश नं १ को कुनै तीनओटा सांस्कृतिक विशेषताहरू उल्लेख गर्नुहोस् ।
उत्तरः प्रदेश नं. १ को कुनै तिन ओटा सांस्कृतिकविशेषताहरू
१. यस प्रदेशमा मुख्यतया थारू, मुसलमान, मेचे, कोचे, धिमाल यादव, राजवंशी, ताजपुरिया, दलित आदि जातजातिहरू रहेका छन् यस प्रदेशमा हिन्दू धर्मालम्बीहरूको बाहुल्य छ । यसको साथै किरात, बौद्ध, इस्लाम, इसाई र प्रकृति धर्मालम्बीहरू पनि रहेका छन् ।
२. यस प्रदेशमा सबैभन्दा धेरै मानिसहरू नेपाली भाषा ( ४३%%) बोल्छन् । अन्य भाषाहरू, मैथिली, लिम्बु थारु,
मगर, बान्तवा, उर्दु राजवंशी, गुरुङ, लेप्चा, धिमाल, मेचे आदि भाषाहरू पनि बोलिन्छ ।
३. यस प्रदेशमा भलोसार, उँधौली, उभौली, दशै तिहार, सिरुवा आदि चाडपर्व मनाइन्छ । पाथिभरा, हलेसी,
बराहक्षेत्र, लारुम्वा, बुढासुब्बा यहाँका प्रमुख धार्मिक स्थलहरू हुन् । यस प्रदेशमा रहेका किराँतहरू प्रकृति पूजामा विश्वास गर्छन् । यसरी यो प्रदेश सामाजिक सांस्कृतिक रुपमा समुन्नत छ ।
(च) गण्डकी प्रदेशका मुख्य मुख्य धार्मिक स्थलहरूकाको नाम लेखि छोटकरीमा व्याख्या समेत गर्नुहोस् ।
उत्तरः गण्डकी प्रदेशका मुख्य मुख्य धार्मिक स्थलहरू यस प्रकार छन्
-मनकामना : मनकामना गण्डकी प्रदेशको धार्मिक स्थल मनकामना गोरखा जिल्लामा पर्दछ । मनकामना प्रसिद्ध
धार्मिक स्थल हो । मनको कामना पुरा हुन्छ भन्ने नेपालकै आस्थाले तिर्थालुहरू मनकामना दर्शन गर्न जाने गर्छन् ।
- मुक्तिनाथ : मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्धधमागीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थगल समुन्द्र सतहदेखि ३७१० मिटरको उचाईमा नेपालको हिमालपारीको जिल्ला मुस्ताङ जिल्लामा अवस्थित छ हिन्दु धार्मिक मान्यताको आधारमा यो यस्तो क्षेत्र हो, जहाँ मानिसहरूलाई मुक्ति प्राप्त हुन्छ । यो हिन्दु धर्मको दुर्गम तिर्थस्गल मध्ये एक हो ।
-विन्ध्यवासिनी : विन्ध्यावासिनी मन्दिर पोखरा सहरमा रहेको सबैभन्दा पुरानो मन्दिर हो । यो हिन्दु मन्दिर पोखराको वडा नं. २, मिरुवामा अवस्थित छ यो मन्दिरले नियमित रूपमा ठूलो सङ्ख्यामा स्थानीय वासी, देशभरका
नेपाली र विदेशीहरूलाई समेत आकर्षित गर्दै आएको छ । यो मन्दिर एउय सानो पहाडमा अवस्थित छ । मन्दिरसम्म पुग्नेको लागि ढुङ्गाको सुन्दर सिढी बनाइएको छ ।
-बाग्लुङ कालिका : बाग्लुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपिठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौ दर्शनार्थी आउने गर्दछन् । कालिका भगवतीप्रति विश्वास राखेर पुरा पाठ गर्नाले उनी प्रसन्न हुन्छिन र फल प्राप्त हुन्छ भन्ने किंवदन्ती रहदै आएको छ ।