एकाइ ५ भूगोल र सामाजिक जीवन
पाठ: ५ अन्तरप्रादेशिक सम्बन्धका आयामहरु
तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) अन्तरप्रदेशको अवधारणा स्पष्ट पार्नुहोस् ।
उत्तर: नेपाल विविधताले भरिपूर्ण देश हो । नेपालका प्रदेशहरू प्राकृतिक स्रोत, वातावरण, सामाजिक सांस्कृतिक तथा आर्थिक आधारमा अन्तरसम्बन्धित छन्। एक प्रदेशबाट अर्को प्रदेशमा व्यक्तिको आवागमन, यातायात सञ्चालन र वस्तु तथा सुचना सञ्चारका लागि कुनै वाधा अवरोधको अवस्था रहदैन । नेपालमा प्रदेशहरू प्राकृतिक स्रोत, वातावरण, सामाजिक सांस्कृतिक, आर्थिक, यातायात र सञ्चारका आधारमा अन्तरसम्बन्धित छन् प्रदेशहरूको सिमाङ्कन नदी र जलाधार क्षेत्रबाट गरिएको छ । यसले प्रदेशको भौगोलिक, पर्यावरणीय र सामाजिक सांस्कृतिक विशेषतालाई स्पष्ट पारेको छ । कतिपय प्रदेशको एउटै साझा नदी छ । नदीका पानी उपयोग गर्ने सवालमा प्रदेशबिच विचलन आउन सक्छ । एक प्रदेशबाट अर्को प्रदेशमा निर्वाध रुपले हुने यातायात र वस्तु निकासीमा अवरोध आउन सक्छ । त्यसैले यी सबै समस्यालाई सम्बोधन गर्न अन्तरप्रादेशिक सम्बन्धको आवश्यक पर्छ । त्यसैले अन्तरसम्बन्धको अवधारणा भ्याइएको हो ।
(ख) नेपालमा अन्तरप्रादेशिक सम्बन्धमा भएको कानुन व्यवस्थाको औचित्यलाई पुष्टि गर्नुहोस् ।
उत्तरः नेपालको संविधानको भाग ५ मा राज्यको संरचना र राज्य शक्तिको बाँडफाँड तथा भाग २० मा सङ्घ, प्रदेश
र स्थानिय तहबिचको अन्तरसम्बन्धको व्यवस्था गरेको छ। यो संविधानको धारा २३२ मा सङ्घ, प्रदेश र स्थानीय तहबिचको सम्बन्ध, सहकारिता, सअहस्तित्व र समन्वयको सिद्धान्तमा आधारित हुने र राष्ट्रिय महत्वका विषयमा नेपाल सरकारले संविधान र सङ्घीय कानुन बमोजिम आवश्यक निर्देशन दिन सक्ने र त्यसको पालना गर्नु सम्बन्धित प्रदेशको कर्तव्य हुने व्यवस्था गरेको छ । नेपालको संविधानले प्रदेश प्रदेश विचको सम्बन्धका लागि निम्न लिखित व्यवस्था गरेको छ ।
(अ) एक प्रदेशले अर्को प्रदेशको कानुनी व्यवस्था वा न्यायिक एवम् प्रशासकीय निर्णय वा आदेशको कार्यन्वयनमा सहयोग गर्नुपर्ने छ ।
(आ) एक प्रदेशले अर्को प्रदेशसँग साझा चासो, सरोकार र हितको विषयमा सूचना आदान प्रदान गर्न, परामर्श गर्न,
आफ्नो कार्य र विद्यायनका बारेमा आपसमा समन्वय गर्न र आपसी सहयोग विस्तार गर्न सक्ने छ ।
(इ) एक प्रदेशले अर्को प्रदेशको बासिन्दालाई आफ्नो प्रदेशको कानुन बमोजिम समान सुरक्षा व्यवहार र सुविधा उपलब्ध गराउन पर्नेछ ।
(ग) प्राकृतिक साधन स्रोतको संरक्षण, संवर्धन र उपयोग नीतिका मुख्य बुँदा उल्लेख गर्नुहोस् ।
उत्तर: प्राकृतिक साधन स्रोतको संरक्षण, सम्वर्धन र उपयोगका नीतिहरू निम्नानुसार छ :
- हरियाली जोगाउन कर्नाली र सुदूरपश्चिम प्रदेशमा प्राङ्गारिक कृषि उत्पादन, पर्यटन, जडीबुटी जलविद्युत्लाई अघि सार्न सकिन्छ ।
-गण्डकी प्रदेशमा पर्यटन व्यवसायलाई प्रवर्धन गर्न अतिथि सत्कार गृह सञ्चालन गर्न सकिन्छ। बागमती प्रदेश र प्रदेश नं. १ मा तरकारी र पोल्ट्रीका पकेट क्षेत्रको विस्तार र प्रवर्धन गर्न सकिन्छ ।
-प्रदेश नं. २ र लुम्बिनी प्रदेशमा मत्सपालन व्यवसायबाट तुलनात्मक लाभ लिदैवातावरण संरक्षण र संवद्धधन गर्न
सकिन्छ ।