एकाइ ११ शिक्षा र सामाजिक विकास
पाठ :२ शिक्षामा पहु“च र समावेशिता
अभ्यास
१. तलका प्रश्नका उत्तर दिनुहोस् :
(क) शिक्षामा पहुँच भन्नाले के बुझिन्छ ?
उत्तरः पहुँच भन्नाले कुनै स्थानमा प्रवेश गर्ने वा कुनै वस्तु प्राप्त गर्ने तथा प्रयोग गर्ने स्वतन्त्रता वा क्षमता भन्ने बुझिन्छ । शिक्षामा पहुँच भनेको लिङ्ग, सामाजिक वर्ग, जातीय पृष्ठभूमि, अपाङ्गता आदिका आधारमा कुनै भेदभाव विना सबैले शिक्षा लिन सक्ने क्षमता र अवसर प्राप्त गर्नु हो। शिक्षामा सबैको पहुँच बराबर हुँदैन सामान्यतयाः व्यक्तिको लैङ्गिक पहिचान, आर्थिक सामाजिक पृष्ठभूमि, जातीय पहिचान, सामाजिक राजनीतिक वातावरण आदिका कारण शिक्षामा पहुँच कम वृद्धि हुन सक्छ। यसरी अन्त्यमा शिक्षामा पहुँच भन्नाले स्थान प्रवेश गर्ने वा वस्तु प्राप्त गर्ने तथा प्रयोग गर्ने स्वतन्त्रता तथा क्षमता भन्ने बुझिन्छ
(ख) समानता र समताबिचको एक फरक लेख्नुहोस् ।
उत्तरः जहाँ समानता हुन्छ त्यहाँ न्याय नहुन सक्छ तर जहाँ समता हुन्छ त्यहाँ न्याय पक्का हुन्छ । साधारण र सजिलो भाषामा भन्दा मैले घरका एउटा कुकुर र एउटा राँगो पालेको छु, मैले खानाको रूपमा दुवैलाई सधै बराबर घाँस दिएँ भने कुकुर कमजोर हुने र मर्ने पक्का छ। किनकी उसको लागि घाँस दिनु र नदिनुको औचित्य छैन ।
(ग) शिक्षामा समावेशिताको परिचय दिनुहोस् ।
उत्तर: समावेशी शिक्षा सबै बालबालिकाहरूलाई विद्यालय
पठाउन तथा उनीहरूलाई आवश्यक सिपहरू सिकाउन र विकास गराउन सबैभन्दा प्रभावकारी उपाय मानिएको छ यस प्रकारको शिक्षा प्रणालीले फरक-फरक पृष्ठभूमि र क्षमताका बालबालिकाहरूको योगदानलाई कदर गर्दै विविधता भएका समूहलाई सँगसँगै हुर्कन मद्दत गर्दछ । यसरी सबै प्रकारका बालबालिकालाई एउटै कक्षामा राखेर शिक्षण गर्दा फरक क्षमता र आवश्यकता तथा सामान्य बालबालिकाका दुवै थरिका फाइदा हुन्छ । समावेशी शिक्षाले शिक्षामा सहभागिता हुन र शैक्षिक उपलब्धि हासिल गर्नबाट वञ्चित गराउने बाधाहरूलाई सीमित पार्न, विविध क्षमता, आवश्यकता र विशेषताहरूलाई सम्मान गर्न तथा सबै प्रकारका भेदभावहरू निर्मूल पार्न सहयोग गर्दछ । त्यसैले पछि पारिएका र सीमान्तकृत समूहलाई शिक्षाको मूल धारमा ल्याउन र उनीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न समावेशी नीति र कार्यक्रमहरू विकास र कार्यान्वयन गर्नुपर्दछ
शिक्षामा समावेशीताले विद्यालयलाई सुधार गरी प्रत्येक बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने सुनिश्चित गर्दछ । बाधाहरू पहिचान गर्ने र हटाउने कार्य कहिल्यै अन्त्य नहुने प्रक्रिया हो। यसले विद्यार्थीका, विशेष गरेर बहिष्करणमा परेका, सीमान्तकृत वा न्यून उपलब्धिको खतरा भएका विद्यार्थीको विद्यालयमा उपलब्धि, सहभागिता र शैक्षिक उपलब्धि वृद्धि गर्ने उद्देश्य राख्छ
(घ) नेपालको संविधानले आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धमा कस्तो मौलिक हकको व्यवस्था गरेको छ ?
उत्तरः नेपालको धारा १७ मा शिक्षा तथा संस्कृतिसम्बन्धी हक प्रदान गरिएको छ । जसअनुसार प्रत्येक समुदायलाई कानुनमा व्यवस्था भए बमोजिम आफ्नो मातृभाषामा आधारभूत शिक्षा पाउने हक हुनेछ (उपधारा १ मा भने उपचारा २ मा प्रत्येक नागरिकलाई राज्यबाट कानुनमा व्यवस्था भए बमोजिम माध्यमिक तहसम्म निशुल्क शिक्षा पाउने हक हुनेछ
(ङ) शिक्षामा पहुँच हुनबाट रोक्ने बाधाहरूमध्ये कुनै पाँच ओटयको छोटो परिचय दिनुहोस् ।
उत्तर: शिक्षामा पहुँच भनेको लिङ्ग, सामाजिक वर्ग, जातीय पृष्ठभूमि, अपाङ्गता आदिका आधारमा कुनै भेदभाव विना सबैले शिक्षा लिन सक्ने क्षमता र अवसर प्राप्त गर्नु हो लैङ्गिक पहिचान, आर्थिक सामाजिक पृष्ठभूमि, जातीय पहिचान, सामाजिक राजनीतिक वातावरण आदिले शिक्षामा कम वा बढी पहुँच गराउन सक्छन् । त्यस्ता बाधाहरूलाई विभिन्न
समूहमा बाँडी निम्नानुसार प्रस्तुत गरिएको छ : राज्य स्तरका बाधाहरू उपर्युक्त शिक्षा प्रणाली र पाठ्यक्रमको अभाव, कानुनी व्यवस्था र यसको पालना, घर र विद्यालय बिचको दूरी आदि । विद्यालय र कक्षाकोठाका बाधाहरू जातीय, लैगिक तथा बाल अधिकारको संरक्षणमा उदासिनता, शिक्षक कर्मचारीबाट भेदभाव, कम तालिम प्राप्त शिक्षकहरू, परम्परागत शिक्षण विधि / प्रक्रिया, मातृभाषी शिक्षकको अभाव र महिला शिक्षकको कमी आदि।
आर्थिक, सामाजिक बाधाहरू :- महिला र पुरुषविचको भेदभाव, गरिबी, बालविवाह, सामाजिक भेदभाव र जातीय पेसा अँगाल्ने चलन आदि
सांस्कृतिक तथा धार्मिक बाधाहरू :- - बालविवाह, शिक्षासम्बन्धी चेतनाको कमी, शिक्षामा छोराहरूलाई प्राथमिकता, आधुनिक शिक्षाप्रतिको अविश्वास, दाइजो, देउकी जस्ता कुरीतिहरू आदि
प्राविधिक बाधाहरू :- विद्युत, कम्प्युटर, इन्टरनेट जस्ता सूचना तथा सञ्चार प्रविधिमा पहुँच नहुनु ।
(च) शिक्षामा पहुँच वृद्धि गर्न राज्यबाट अवलम्बन गरिएका उपायहरूको समीक्षा गर्नुहोस्
उत्तर: शिक्षामा पहुँच वृद्धि गर्न राज्यबाट अवलम्बन गरिएका उपायहरू बुँदागत रूपमा उल्लेख गर्न सकिन्छ : • आधारभूत तहसम्म निःशुल्क शिक्षाको व्यवस्था ।
- कक्षा १२ सम्म निःशुल्क पाठ्यपुस्तकको व्यवस्था ।
-महिला, दलित, सीमान्तकृत, द्वन्द्वपीडित आदि समूहका बालबालिकाहरूलाई छात्रवृत्तिको व्यवस्था
- ब्रेल पाठ्यपुस्तक छपाइ र निःशुल्क वितरणको व्यवस्था । विद्यालय भवन लगायतका भौतिक संरचनालाई अपाङ्गमैत्री बनाउने व्यवस्था
-विद्यालयमा छुट्टै शौचालयको व्यवस्था
-विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष स्रोत कक्षाहरूको व्यवस्था
(छ) शिक्षामा समावेशिताले ल्याएका सकरात्मक परिवर्तनहरूको चर्चा गर्नुहोस्
उत्तर: शिक्षामा समावेशिताले ल्याएका सकारात्मक परिवर्तनहरू यस प्रकार छन् :
- सबै बालबालिकालाई एउटै कक्षामा राखेर शिक्षण गर्दा फरक क्षमता र आवश्यकता भएका तथा सामान्य बालबालिका दुवै थरीलाई फाइदा पुगेको छ ।
-समावेशी शिक्षाले शिक्षामा सहभागिता हुन र शैक्षिक उपलब्धि हासिलबाट वञ्चित गराउने बाधाहरूलाई सीमित गराएको छ
-सबै प्रकारका भेदभावहरू निर्मूल भएका छन् ।
- विद्यालयलाई सुधार गरी प्रत्येक बालबालिकाको गुणस्तरीय शिक्षा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको छ ।
- विद्यार्थीका विशेष गरेर बहिष्करणमा परेका, सीमान्तकृत वा न्यून उपलब्धिको खतरा भएका विद्यार्थीको विद्यालयमा उपस्थिति, सहभागिता र शैक्षिक वृद्धि गर्नमा सहयोग गरेको छ ।