एकाइ ६ नेपालको इतिहास
पाठ :८ आधुनिक कालकोअर्थतन्त्र, कानुन, संस्कृति र कलाकौशल
१. तलका प्रशनको उत्तर दिनुहोस् :
(क) नेपालमा राणाकालअघि, राणाकाल र राणाकाल पछिको कानुनी अवस्थाको समीक्षा गर्नुहोस् ।
उत्तरः एकीकरणपछि नेपालको शासन व्यवस्थामा अपराध गर्नेलाई मृत्युदण्ड, अङ्ग भङ्ग र जेल सजाय हुन्थ्यो । बहादुर शाहले कानुनी गुरु, पुरोहित, धर्माधिकारी, धर्मशास्त्र पढेका पण्डित भारदार, भलाद्मी र महाजन राखी धर्मशास्त्र र देशकाल, परिस्थिति हेरी ताम्रपत्रमा लेखाय राख्नुभन्ने आदेश दिएका थिए । यिनले न्याय सम्पादन गर्न अदालतमा जति विचारी चाहिन्छ त्यति जनालाई निळुक्ति गर्नु भनी स्वीकृति दिएका थिए ।
जङ्गबहादुरले युरोप भ्रमणबाट फर्केपछि कानुनी शासन गर्नुपर्ने रहेछ भन्ने बुझेर वि.स. १९१० मा मुलुकी ऐन जारी
गरे । सो ऐनमा केही सुधार गरी वि.सं. २०२० मा राजा महेन्द्रले मुलुकी ऐन २०२० जारी गरे । सो ऐन पनि समय
सापेक्ष नभएकाले नेपाल सरकारले २०७५ भदौ १ गतेदेखि लागु हुने गरी मुलुकी ऐन २०७४ जारी गयो । यस अन्तर्गत मुलकी देवानी संहिता र फौजदारी संहिता रहेका छन् ।
त्यसैगरी नेपालमा प्रजातन्त्र प्राप्तिपछि वि.सं. २००७ सालको नेपालको अन्तरिम शासन विधान जारी भयो । सो अन्तर्गत राज्यलाई आवश्यक विभिन्न प्रकारका कानुनहरू निर्माण गरी कार्यान्वयनमा ल्याइयो सर्वोच्च अदालतको
स्थापना भयो । पञ्चायत कालमा जिल्ला तथा अञ्चल अदालतहरूको स्थापना भयो । यसरी देशमा कानुनी शासन पद्धतिको सुरुवा भयो तर सर्वोच्च अदालतले दिएको न्यायप्रति पनि चित्त नबुझे श्री ५ मा विन्तीपत्र हाल्न पाउने र सर्वोच्च अदालतको निणूइ बदर हुन सक्ने व्यवस्था थियो । पछिल्लो समयको सबैभन्दा ठूलो उपलब्धि नेपालको संविधान हो जसले नेपाल र नेपाली जनताको राजनीतिक, कानुनी, आर्थिक तथा सामाजिक मार्गदर्शन गर्छ ।
(ख) नेपाली संस्कृतिमा आएको बदलाव र यसको सुधारका लागि भएका प्रयासहरू उल्लेख गर्नुहोस् ।
उत्तरः नेपाललमा प्राचीनकालदेखि नै धार्मिक सहिष्णुता कायम थियो । शाह राजाहरू हिन्दू धर्मावलम्बी तथा आर्य
संस्कृतिका अनुयायी थिए । मध्यकालमा बनेका अनेकौँ मठमन्दिरको निर्माण तथा जीर्णोद्वार गरिएका थिए । नेपाल हिन्दू अधिराज्यको रूपमा विश्वसामु चिनिथ्यो । वि.सं. २०६३ जे ४ को प्रतिनिधिसभाको घोषणापछि नेपाल धर्म निरपेक्ष राज्य हुन पुग्यो । त्यस्तै विभिन्न कविकृतिहरू जातप्रथा, छुवाछूत, बोक्सी, सती दास जसता कुप्रथाहरूको अन्त्य भयो । सती पठाउनेलाई मृत्युदण्ड दिइने कडा कानुनी व्यवस्था गरे । मानिसलाई किनबेच गरेर निःशुल्क काममा लगाउने यो अमानवीय कुप्रथाको पनि अन्त्य भयो ।
सामाजिक व्यवहार सुधार ऐन २०३२ ले विवाह लगायतका संस्कारमा फजुल खर्च, दाइजो, तडकभडक लगायतका
विकृतिहरूलाई नियन्त्रण गर्ने प्रयास गरेको थियो । मुलुकी संहिताको कुरा थप्ने परम्परादेखि नै नेपालमा
प्रचलित जाति, धर्म र क्षेत्र अनुसारका चाडपर्व, जात्रा, नाच, गान, भेषभूषाको प्रचलन नेपालमा रहेको पाइन्छ । समय अनुसार केही परिवर्तन भए पनि सबैले आ-आफ्नो संस्कृतिको पालना गर्न र मौलिक पहिचान कायम गर्न सदैव छुट पाएको देखिन्छ ।
(ग) नेपाली कलामा परिवर्तन शीर्षकमा एक लेख तयार पार्नुहोस् ।
उत्तरः नेपालमा परम्परागत वास्तुकला, मूर्तिकला र सङ्गीतकलाले निरन्तरता पाएको थियो पृथ्वीनारायण शाहले हुमान ढोकामा र नुवाकोट दरबार नेपाली परम्परागत शैलीमा नै बनाउन लगाएका थिए राणाकालमा भने युरोपेली वास्तुकला र भारतीय सङ्गीत कला नेपाल भित्रिएको पाइन्छ । राणाहरूले बनाएका सिंहदरबार लागयतका सबै दरबारहरू युरोपेली शैलीमाबनेका थिए जो आज पनि देख्न सकिन्छ। राणाका दरबारमा मैथिली, हिन्दु तथा उर्दु सङ्गीतमा नृत्य तथा नाटकहरू हुने गर्थे ।
वि.सं. २००७ सालमा रेडियो नेपालको सुरुवात भएपछि भने नेपाली गीत सङ्गीतको पुनः उत्थान भएको देखिन्छ । पञ्चायत कालमा स्थापना भएका नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान र सास्कृतिक स्संस्थानले पनि नेपाली भाषा साहित्य र संस्कृतिको संरक्षण र सम्वर्धनमा योगदान दिएको देखिन्छ । त्यस्तै पछिल्लो चरणमा विश्वव्यापीकरणको प्रभावका कारण आधुनिक चित्रकला, सङ्गीतकला, मूर्तिकला र वास्तुकलाको अभ्यासले नेपाली मौलिक कला सङ्कटमा परेको देखिन्छ । त्यसैले हाम्रा कला संस्कृतिलाई संरक्षण र सम्बर्धन गरी विश्वसामु चिनाइराख्नु आवश्यक छ ।