एकाइ २
पाठ: ३ अध्ययन प्रस्तावनाको संरचना
तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
(क) अध्ययन प्रस्तावना भनेको के हो ?
उत्तरः अध्ययन प्रस्तावना भनेको कुनै पनि विषयमा आधारित भइ अनुसन्धान तथा खोज प्रक्रियमा लाग्नु हो । अध्ययनप्रस्तावनामा परिचय समस्याको कथन उद्देश्यहरू साहित्य
पुनरावलोकन अध्ययन विधि सन्दर्भ सामग्रीलाई मुख्य अङ्ग बनाई अध्ययन गर्नुपर्छ । सम्बन्धित विषयविषेषज्ञकोसल्लाहमा अध्ययन अनुसन्धान प्रस्तावनाको काम सम्पन्न गरिन्छ ।
(ख) अध्ययन विधिमा के के कुरा लेख्नुपर्छ ?
उत्तरः अन्ययन विधिमा गुणात्मक र परिमाणात्मक अनुसन्धान विधि प्रयोग गरिन्छ । यसमा प्राथमिक तथा द्धितिय दुबैप्रकारका स्रोतबाट तथ्याङ्क संकलन गरिन्छ । जस्तै सर्भेक्षण अन्तर्वाता, क्षेत्र भ्रमण, अवलोकन, जनगणना, पुस्तकपत्रपत्रिका इन्टरनेट आदि ।
(ग) यस अध्ययन प्रस्तावनामा उल्लिखित द्वितीय तथ्याङ्क सङ्कलनका स्रोतहरू कुन कुन हुन् ?
उत्तरः द्वितीय तथ्याङ्कका स्रोतहरूमा इन्टरनेट, स्थानीय पुस्तकालयमा रहेका पुस्तक, पत्रपत्रिका आदि ।