एकाइ १० अर्थतन्त्र र विकास
पाठ : ३ नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध
१. तल दिइएका प्रश्नका उत्तर दिनुहोस् :
(क) BIMSTEC को पूरा रूप उल्लेख गर्नुहोस् ।
उत्तर: BIMSTEC: The Bay of Bengal Initiative for Multi-Spectoral Technucal and Economic Co
Coperation.
(ख) विश्वमा एक राष्ट्रले अर्को राष्ट्रलाई आर्थिक सहयोग गर्ने प्रचलनको सुरुआत गर्नुको कारण के थियो ?
उत्तर: जब संसारका अधिकांश देशहरू उपनिवेशबाट मुक्त भए तब आर्थिक विकास, सम्पन्नता, उत्पादन, प्रविधि आदि युरोप, अमेरिका, जापान, सस आदि प्रविधि आदि यूरोप, अमेरिका, जापान, रुस आदि देशहरूमा र गरिबी, अभाव, पछौटेपना, अशिक्षा तथा जनसङ्ख्याको ठूलो हिस्सा एसियामा रहन पुग्यो यस्तो यस्तो अवस्थामा आर्थिक रुपमा शक्तिशाली देशहरूले विश्वबजारलाई आफ्नो पहुँच बाहिर जान नदन आर्थिक सहयोग, अनुदान, ऋण आदिको सहयोग गर्ने प्रचलनको सुरुवात गरिएको थियो ।
(ग) सार्कमा कति ओटा देशहरू भूपरिवेष्टि छन् ? तिनीहरूको नाम उल्लेख गर्नुहोस्
उत्तरः सार्कमा ३ वटा देशहरू भुपरिवेष्टित छन् । तिनीहरूमा नेपाल, भुटान र अफगानिस्थान हुन् ।
(घ) सार्क, बिम्स्टेक, ग्याट र WTO को स्थापना कहिले भएको थियो ?
उत्तरः
सार्कको स्थापना वि.सं. २०४२ मङ्सिर २३
विम्स्टेकको स्थापना वि.सं. २०५४ (सन् १९९७)
ग्याट स्थापना वि.सं. २००४ आश्विन २२
WTO स्थापना - वि.सं. २०५१ पौष १७
(ङ) विम्स्टेकको लक्ष्य के हो ? उल्लेख गर्नुहोस्
उत्तर: बिम्स्टेकको लक्ष्यः दुई तथा बहुराष्ट्रका बिचको सम्बन्धलाई विभिन्न सहयोगका माध्यमबाट सुदृढ गर्नु हो
(च) सार्कका उद्देश्यहरू प्रस्तुत गर्नुहोस्
उत्तरः सार्कका उद्देश्यहरू यस प्रकार छन् ।
- दक्षिण एसियाका जनताको हितको बृद्धि गर्नु
- सामुहित आत्मनिर्भरतालाई सुदृढ पार्नु
- विभिन्न क्षेत्रमा सक्रिय सहयोग र आपसी सहयोगलाई बढावा दिनु
- अन्तर्राष्ट्रिय तथा क्षेत्रिय सङ्गठनहरूसँग सहकार्य गर्नु
रहेको छ
(छ) साफ्टाका सिद्धान्तहरू उल्लेख गर्नुहोस् ।
उत्तरः साफटाका सिद्धान्तहरू
- सदस्य, राष्ट्रमा हुने वस्तु र सामानको ओसार पसारलाईसहजीकरण गर्दै व्यापारसँग सम्बन्धित व्यवधानहरूलाई हटाउने
- सदस्य राष्ट्रहरूको समग्र र समानुपालितक फाइदालाई सुनिश्चित गर्दै खुला व्यापार क्षेत्रमा स्वस्थ प्रतिस्पर्धाको वातावरणलाई प्रवर्धन गर्ने
- सम्झौताको कार्यान्वयन र यसबाट पर्ने प्रभावको अध्ययनका लागि तथा संयुक्त प्रशासन एवम् विवाद समाधानका लागि समेत प्रभावकारी पद्धति बनाउने
-प्रस्तुत सम्झौताबाट हुने आपसी लाभलाई दबाब र विस्तार गर्न थप क्षेत्रीय सहयोग खाका तयार गर्ने
(ज) विम्स्टेकका उद्देश्य तथा सिद्धान्तहरूलाई बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
उत्तरः विस्टेकक उद्देश्यहरू यस प्रकार छन् ।
- तीव्र आर्थिक विकास गर्न सक्षम वातावरणको सिर्जन गर्नु
- विकासका उपक्षेत्रको सामाजिक विकासको गतिमा तीव्रता ल्याउनु
-साझा चासोका मामिलामा सक्रिय साझेदारी र आपसी सहयोगमा वृद्धि गर्नु -प्रशिक्षण र अनुसन्धान सुविधामा वृद्धि गर्न एक अर्कालाई सहयोग प्रदान गर्नु
- सदस्य राष्ट्रहरूको राष्ट्रिय विकास योजनाहरूको सफलताका लागि प्रभावकारी सहयोग गर्ने
-उपक्षेत्रको विकासमा अधिक लाभदायी परियोजनामा सहयोग पुयाउने
सिद्धान्तहरू
- विस्स्टेकका सदस्य राष्ट्रका विच सार्वभौम समानताको सिद्धान्त, क्षेत्रिय अखण्डता, राजनीतिक समानताको सिद्धान्त, क्षेत्रिय अखण्डता, राजनीतिक स्वतन्त्रता, आन्तरिक मामिलामा हस्तक्षेप नहुने, शान्तिपूर्ण सहअस्तित्व र आपसी फाइदाका आधारमा व्यवहार गर्ने
- सदस्य राष्ट्रहरूविचको सहकार्य द्विपक्षीय, क्षेत्रिय वा बहुपक्षीय सहयोगका रूपमा विकास गर्ने
(झ) विश्व व्यापार सङ्गठनका उद्देश्य तथा सिद्धान्तहरूलाई बुँदागत रूपमा उल्लेख गर्नुहोस् ।
उत्तरः जनताको जीवनस्तर अभिवृद्धि गर्ने
-पूर्णरोजगार तथा उच्च एवम स्थिर गतिको वास्तविक आम्दानीको परिमाणमा वृद्धि ल्याउने
- प्रभावकारी माग एवम् वस्तु तथा सेवाको उत्पादन तथा विक्री विस्तार गर्ने
- दिगो विकास गर्ने लक्ष्यअनुसार विश्वमा उपलब्ध साधन र स्रोतको सर्वोत्तम प्रयोग गर्न दिदा वातावरणको रक्षा तथा संरक्षण तर्फ विशेष ध्यान दिने,
- उपयुक्त उद्देश्यहरू हासिल गर्न एकीकृत व्यवहारिक तथा निस्वार्थ बहुपक्षीय व्यापार प्रणाली विकास गर्ने ।
सिद्धान्तहरू
-भेदभावविनाको अन्तर्राष्ट्रिय व्यापार गर्न पाउने
- स्वच्छ प्रतिस्पर्धामा जोड
-समानताको सिद्धान्त
- भन्सार दरमा सीमा निर्धारण र फोटा प्रणालीको अन्त्य
(ज) साफ्टाका उद्देश्यहरू उल्लेख गर्दै यसबाट नेपाललाई पुग्न सक्ने फाइदाहरूको सूची गर्नुहोस् ।
उत्तर: साफ्टाका उद्देश्य र फाइदाहरू निम्नानुसार छन् :
- सदस्य राष्ट्रहरूविच वस्तुको अन्तरसीमा आवागमनमा अवरोध हटाएर सरलीकरण गर्ने
- स्वतन्त्र व्यापार क्षेत्रमा स्वच्छ प्रतिस्पर्धालाई प्रोत्साहन गर्ने
-सम्झौताको कार्यान्वयनका लागि प्रभावकारी संयन्त्र स्थापना गर्ने
- परस्पर लाभको विस्तार र वृद्धिबाट अरू थप क्षेत्रिय सहयोगका लागि आवश्यक संरचना तयार गर्ने
यसले नेपाललाई हुने फाइदाहरू पनि बुदागतरूपमा यस प्रकार छन् ।
- अन्तराष्ट्रिय व्यापार विस्तारद्वारा नेपालले उत्पादन वृद्धि गरी तुलनात्मक लाभ प्राप्त गर्न सक्छ ।
- विशिष्टीकरणको लाभ प्राप्त गर्न सक्छ ।
- भन्सार तथा गैर भन्सार सम्बन्धी अवरोध घटन गर्छ, अन्तरक्षेत्रिय व्यापारमा वृद्धि हुन्छ
- उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग हुन्छ ।
(ट) विश्व व्यापार सङ्गठनको सदस्यका रूपमा नेपालका लागि अवसर तथा चुनौतीहरूको व्याख्या गर्नुहोस् ।
उत्तर: नेपालले विश्व व्यापार सङ्गठनको सदस्य प्राप्त गरि सकेपछि नेपालका लागि केही अवसरहरू पनि छन् र केही चुनौतीहरू पनि छन् । नेपालले आफ्नो लागि सिर्जना भएका अवसरलाई अधिकतम उपयाग गर्ने र चुनौतीहरूलाई न्युन गर्ने नीति अबलम्बन गर्नुपर्ने हुन्छ । नेपालका पक्षमा देखा परेका अवसरहरू र नेपालका लागि देखापरेका चुनौतीहरू यस प्रकार छन्
अवसरहरू
१. गरिबी निवारणमा सहयोग
२. अन्तर्राष्ट्रिय बजारको सुचनामा पहुँच
३. खाद्य आपूर्तिमा प्राविधिक सहयोग
४. कानुनी तथा सुरक्षित अधिकार
५. विदेशी लगानीकर्ताको आकर्षण
६. व्यापार विविधिकरणमा विस्तार
७. विश्वव्यापी अनुकूल व्यापारिक वातावरण
चुनौतिहरू
१. लागत प्रभावकारीकताको कम सम्भावना
२. उच्च व्यवसायीक प्रतिस्पर्धा
३. वैदेशिक निर्भरताको सम्भावना
४. वौद्धिक पलायन
५. कोटा वितरणमा निषेध
६. खुला व्यापारको अवैज्ञानिक प्रावधान