एकाइ ८
पाठ ७
१. तलका प्रश्नको उत्तर दिनुहोस्:
(क) सदाचार भनेको के हो ? सदाचार हुँदा हुने फाइदाहरूको
सूची तयार पार्नुहोस् ।
उत्तरः सदाचार भन्नाले त्यस्ता नैतिक सिद्धान्तहरूको समष्टि
हो जसले व्यक्तिको व्यवहार, क्रियाकलाप वा चालचलनको
सञ्चालन तथा निर्देशन गर्दछ । सामान्य अर्थमा असल
आचारणलाई सदाचार भनिन्छ सदाचारको अर्थ राम्रो आचरण
वा सदुव्यवाहरा हो । सदाचारले परिवार, समाज, राष्ट्र र विश्व
परिवेशमा शान्ति, सहकार्य, विकास र सुशासनको वातावरण
सिर्जना गर्छ । सदाचार हुँदा हुने फाइदाहरू यस प्रकार छन् ।
-व्यक्तिमा आत्मनियन्त्रण र उत्प्रेरणा वृद्धि गर्छ ।
- सार्वजनिक सेवालाई राजनीतिबाट तटस्थ, निष्पक्ष र पारदर्शी बनाउँछ ।
- सार्वजनिक प्रशासनमा हुने ढिलासुस्ती, लापरवाही, भ्रष्टाचार र अधिकारको दुरुपयोगलाई निरुत्साहित गर्छ ।
- सेवाग्राहीको सरकार तथा सार्वजनिक सेवा प्रतिको विश्वास अभिवृद्धि गर्छ ।
-सरकारी काम कारवाहीलाई छिटो, छरितो गराउन सघाउछ ।
- महत्वपूर्ण सरकारी, अभिलेखको गोपनियता कायम तथा संरक्षण गराउँछ ।
- सरकारी सेवा सुविधा र विकास निर्माण कार्यलाई प्रभावकारी बनाउँछ ।
- सुशासन कायम गर्न सघाउँछ ।
(ख) सार्वजनिक पदमा बसेको व्यक्ति सदाचारी भएन भने के के समस्या आइपर्न सक्छन् ? बुँदागतरूपमा उल्लेख गर्नुहोस् ।
उत्तर: सार्वजनिक पदमा बसेको व्यक्ति सचादारी भएन भने निम्न समस्याहरू आउन सक्छन :
- जनताले सुलभ सेवा पाउन सक्दैनन् ।
- राष्ट्र निर्माणका विभिन्न क्षेत्रमा अवरोधहरू आउन सक्छ ।
- राष्ट्रिय सम्पत्तिको दुरुपयोग पनि हुन सक्छ ।
- काममा ढिलासुस्ती भएर जनताले अनावश्यक दुःख पाउन सक्छन् ।
(ग) सामाजिक जवाफदेहीको अवधारणा कसरी विकास हुँदै आएको छ ? उल्लेख गर्नुहोस्
उत्तर: ल्याटिन शब्द to count 'गन्नु' बाट account 'हिसाब' शब्द बनेको हो । पछि हिसाब वा लेखाजोखा सम्बन्धी विषयलाई accountability 'जवाफदेही' भन्न थालियो । जवाफदेहीको पहिलो प्रयोग सन् १०६६ तिर बेलायतका राजा विलियम प्रथमको शासनकालमा भएको थियो । राजा विलियमले सम्पत्ति संरक्षणका लागि हिसाब राख्न लेखापाल नियुक्त गरेका थिए जसले समय समयमा राजालाई सम्पत्तिको विवरण देखाउनुपर्थ्यो । यसरी हिसाब किताब गर्ने कार्य सम्पीत्त र करको अभिलेखमा मात्र सिमित शासकीय पक्षको राम्रो नराम्रा पक्षको हिसाब किताब पनि बन्न पुग्यो । बाह शताब्दीदेखि भने सरकारले राज्यको स्रोत, साधन र शक्तिको प्रयोग संसदीय अनुमोदनका आधारमा भएको छ वा छैन भनी हिसाब किताबको परीक्षण समेत गर्न थालियो । यसरी आर्थिक हिसाबकिताबको वैञ्चताबाट सुरु भएको जवाफदेवी शब्दको प्रयोग आर्थिक प्रशासन र वित्तिय जवाफदेहीमा मात्र सीमित रहेन पछिल्ला दिनमा यसलाई सार्वजनिक संस्था र त्यहाँ कार्यरत अधिकारीहरूको कार्यसम्पादन नतिजा, नैतिक आचरण, सदाचार र आत्मिक आयामबाट समेत हेर्न थालियो । यसरी पछि आएर राज्यका विभिन्न सार्वजनिक निकाय र त्यस अन्तर्गत कार्यरत निर्वाचित, मनोनित, नियुक्ति पदाधिकारी र पेसागत समुहहरू क्रियाशील हुन्छन् आधुनिक लोकतन्त्रमा प्रत्यक्ष जवाफदेहिको माग हुन थालेको छ भने त्यस्तो प्रक्रियामा जनसहभागिताको पक्ष अति आवश्यक ठानिन्छ I
सेवाग्राही वा सरोकारवालाले नै आफ्ना सरकारका विषयमा प्रश्न उठाउन र आश्वस्त हुन चाहन्छन् । त्यसैले हिजो आजसार्वजनिक जवाफदेहीलाई सामाजिक जवाफदेहि पनि भनिन्छ। हरेक क्रियाकलापमा सहकार्य, संवाद र सहभागिताबाट नै सर्वसाधारणको विश्वास जित्न सकिन्छ भन्ने मान्यता सामाजिक जवाफदेहीबाट स्थापित भएको छ । यसरी सामाजिक जवाफदेहिको अवधारणाको विकास हुँदै आएको छ ।