एकाइ ३ जीवनोपयोगी सिप
पाठ: ६ संवेग व्यवस्थापन
(क) संवेग भन्नाले के बुझिन्छ ?
उत्तरः कुनै वस्तु वा परिस्थितिप्रतिको चेतनायुक मानसिक प्रतिक्रिया नै सवेग हो । प्रायः यस्ता मानसिक प्रतिक्रियाकासाथमा शरिरका अन्य अङ्गहरू तथा व्यक्तिको व्यवहारमा पनि परिवर्तन आउँछ। सुख, खुशी, उत्साह आदि सकारात्मकसंवेगहरू हुन भने दुःख, पीडा, रिस आदि चुनौतीपूर्ण वा नकारात्मक संवेगहरू हुन्।
(ख) संवेग व्यवस्थापन भनेको के हो ?
उत्तरः सकारात्मक तथा नकारात्मक दुवै प्रकारका संवेगप्रति सचेत रहने तथा नितलार्य रचनात्मक तरिकाले परिचालन गर्नेक्षमतालाई संवेग व्यवस्थापन भनिन्छ । नकारात्मक संवेग ल्याउन सक्ने परिस्थितिप्रति आफ्नो संवेगलाई नियन्त्रण वासमायाजन गरी संवेगलाई सकारात्मक तरिकाले अन्त्य गर्ने
गर्नुपर्छ । भैझगडा हुन सक्ने परिस्थितिलाई पहिले नै नियन्त्रण गर्ने भइहालेमा कमभन्दा कम समयमा अन्त्य गर्ने तथात्यसबाट सिक्ने । त्यस्तै सकारात्मक संवेगलाई पनि नियन्त्रण गरी अति खुसी वा उत्साहित हुनबाट बच्नुपर्छ । कुनैखेलमा विजयी हुँदा खुसी हुनुपर्छ तर अति खुसी उत्साहित भएमा आफूले गर्नुपर्ने अभ्यासमा ध्यान नपुगी अर्को पटकपराजय हुन सक्छ। संवेग व्यवस्थापन सिप एउटा महत्वपूर्ण जीवनपयोगी सिप हो ।
(ग) किशोरावस्थामा किन सहपाठी समूह महइभ्वपूर्ण हुन्छ ?
उत्तरः संवेग व्यवस्थापनका लागि मुख्यतः सकारात्मक तथा नकारात्मक दुवै प्रकारका संवेगहरू नियन्त्रण गर्ने र दोस्रोनकारात्मक संवेग ल्याउन सक्ने परिस्थिति वा वातावरणलाई नियन्त्रण गर्ने गर्नुपर्छ । यसका लागि निम्न लिखित उपायअपनाउन सकिन्छ:
· अरूप्रति माया दयाभाव राख्ने
· अरूले आफूप्रति गरेको कुनै पनि राम्रो कार्यका लागि कृतज्ञता व्यक्त गर्ने
· अरुको अति आलोचना गर्नबाट बच्ने
· आफूमा नकारात्मक सोचाइ आएमा त्यसलाई चुनौती दिने र प्रमाण खोज्ने
· आफूलाई मन पर्ने वा आफूले गर्न सक्ने काममा संलग्न हुने
· आफ्ना वरपर भएका घटनाहरूलाई स्वाभाविक मानेर स्वीकार गर्ने
· आफ्नो जीवनमा आएका नकारात्मक कुराभन्दा सकारात्मक कुरामा ध्यान दिने ।
(घ) योगाभ्यासमा के के पर्छन्?
उत्तरः ध्यान तथा योगाभ्यासले कुनै वस्तु वा विचारमा ध्यान केन्द्रित गर्ने क्षमता बढाउँछ । योगभ्यासमा प्राणायाम, आसनर आराम गर्ने तरिका सिकाइन्छ भने ध्यानमा कुनै उक कुरामा ध्यान केन्द्रित गरिन्छ । योगभ्यासमा अनुलोमलिोम मस्त्रिका, कपालभाति जस्ता प्राणाणम र भुजङ्गासन, मर्कटासन, धनुरासन बज्रासन आदि आसन पर्दछन् ।
(ङ) संवेग व्यवस्थापन गर्ने कुनै पाँचओटा उपाय लेख्नुहोस् ।
उत्तरः संवेग व्यवस्थापन गर्ने उपायहरू निम्नानुसार छन्:
· संवेगसँग सम्बन्धित कार्यहरू ठिक वा बेठिक पत्ता लगाई आफू योग्य वा अयोग्य भएको थाहा पाउने ।
· नियमित रूपमा आफ्नो भावनाको अवधि क्रोधबाट आक्रमणतिर जानबाट जोगिनुका साथै नियन्त्रण गर्ने ।
· नियमित रूपमा शारीरिक व्यापक गर्ने ।
· एकान्तमा बसिरहनुको सट्टा मन मिल्ने व्यक्तिसँग कुराकानी गर्ने र समुहमा रमाउन सिक्ने ।
· आफूलाई मन पर्ने वा आफूले गर्न सक्ने काममा संलग्न हुने ।
· आफ्ना वरपर भएका घटनाहरूलाई स्वाभाविक मानेर स्वीकार गर्ने ।
· कोठा वा घरभित्र बसिरहनुको सट्टा केही समय बाहिर बिताउने बानी बसाल्ने ।
· सम्भव हुने महत्वाकाङ्क्षा मात्र राख्ने र त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्ने तर अति महत्वाकाङ्क्षा नराख्ने ।
(च) किशोरावस्थामा संवेग नियन्त्रणका लागि योगाभ्यास शीर्षकमा एक सम्पादकीय लेख्नुहोस् ।
उत्तरः
सम्पादकीय
जेनिसा भट्टराई
योग तथा ध्यानले किशोरावस्थाको संवेग नियन्त्रण्डा सहयोग पुऱ्याउँछन् । योगाभ्यासमा प्राणायाम, आसन र आराम गर्नेतरिका सिकाइन्छ भने ध्यानमा कुनै एक कुरामा ध्यान केन्द्रित गरिन्छ । अनुलोमविलोम, भस्त्रिका, कापलभाति जस्ताप्राणायाम र भुजङ्गासन, मर्कटासन, धनुरासन, बज्रासन आदि आसन उपयोगी मानिएका छन् । ध्यान तथा योगाभ्यासगर्नाले निम्नलिखित फाइदा हुन्छन्ः
ध्यान तथा योगभ्यासले कुनै वस्तु वा विचारमा ध्यान केन्द्रित गर्ने समता बढाउछ, शारीरिक तथा मानिस सचेतना बढाउछ, चिन्ता, रिस जस्ता नकारात्मक संवेगलां कम गराउँछ । दिमागलाई सान्त बनाइ स्मरणशक्ति बढाउँछ, अनुसासित र नम्रबनाउँछ आत्मबोध गर्ने क्षमता बढाउँछ, श्वासप्रश्वास प्रक्रियालाई सामान्यीकरण गरी एकनास बनाउँछ । अक्सिजनकोअधिकतम उपयोग गराउँछ, शरीरलाई बढी लचकदार बनाउछ, शरीरको कक्षमता बढाउछ । त्यसैले किशोरावस्थामासंवेग नियन्त्रणका लागि योगाभ्यास धेरै महत्वपूर्ण छ