एकाइ ५ भूगोल र सामाजिक जीवन
पाठ: ७ विपत्का कारण र प्रभाव
१. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) प्राकृतिक विपत्का कारणहरू उल्लेख गर्नुहोस् ।
उत्तर : प्राकृतिक विपत्का कारणहरु यस प्रकार छन् ।
(अ) भूपरिस्थिति : नेपालको भौगोलिक अवस्थिति भारतीय र तिब्बतीप्लेट जोडिएको ठाउँमा र अन्य, पृथ्वीभित्रको अध्याधिक ताप र चापका कारणभुकम्पको जोखिम रहनु र धरातल ठाडो तथा भिरालो हुनुका कारण बाढी, मुस्खलन र पहिलो जाने कारणले विपत्का घटना बढ्ने गरेका छन् ।
(आ) अनियति वर्षा : मौसममा आउने परिवर्तनले समयमा वर्षा नहुने, अतिवृष्टि हुन, अनावृष्टि र खण्डवृष्टिका कारण विपतका घटना बढ्छन् ।
(इ) जलवायु परिवर्तन : जलवायु परिवर्तनले वायुमण्डलको तापक्रम दिनप्रतिदिन बढिरहेको छ । जलवायु परिवर्तनले सुक्खा खडेरी, बादी र प्रतिकूल मौसमी विपत्को सम्भावना बढ्दै जान्छ ।
(ई) हिमपात फुट्ने, नेपालमा जलवायु परिवर्तनको असर उच्च हिम शृङ्खलाहरूमा पनि परेको छ । तापक्रम वृद्धिले हिउ पग्लेर हिमतालहरूमा पानीको भार बढ्न गई ताल फुट्ने र बाढी आउने गर्छ । हिमपात फुटेर आएको पहाडी र तराई क्षेत्रको जनजीवनलाई बढी प्रभाव पार्छ ।
(ख) विपत्ले मानवीय जीवनमा पार्ने प्रभावहरूको सूची तयार पार्नुहोस् ।
उत्तरः तीव्र जनसङ्ख्या वृद्धि, सहरीहरण वातावरणीय हास, वायु तथा पानीका स्रोतहरूको प्रदुषणले विपत्का
घटनालाई बढाइरहेको छ । भौतिक पूर्वाधार निर्माणमा कमजोर प्रविधि र गुणस्तरहीन सामग्रीहरूको प्रयोग हुन
जनचेतनाको कमी स्थानीय ज्ञान तथा सिप प्रयोगको उपेक्षा, भू उपयोग नीति कार्यन्वयन नहुनु, राजनीतिक द्वन्द्व र बसाइसराइ आदिले विपत्का घटनामा वृद्धि भइरहेको छ । यसको प्रत्यक्ष प्रभाव कृषि उत्पादन, समुदायको जीविको पार्जन, अनुकूलन पद्धति र वातावरण सन्तुलनमा परिरहेको छ। नेपालमा विपत्का घटनाहरूबाट बर्सेनि धनजनको ठूलो क्षति भइरहेको देखिन्छ । सन् १९७१ देखि २०१६ सम्म भएका विपत्का घटनाहरूमध्ये महामारीबाट सबैभन्दा धेरै मानविय क्षति भएको देखिन्छ । सन् १९८८ र २०१५ को भूकम्पबाट ठूलो भौतिक क्षति भएको थियो । बाढी तथा पहिरोबाट प्रत्येक वर्ष थुप्रै धनजनको क्षति हुन्छ । विपत्ले मानवीय क्षति वा उत्पादन साधनमा गराएको क्षतिले गरिबीको अवस्था सिर्जना गर्छ विपत्मा परेका मानिसले विपतबाट भएको क्षतिको निर्माण, पुननिर्माण र जीर्णोद्वार र जीवन धान्न साधन स्रोतमा गर्ने अतिक्रमणबाट विपत्लाई अझ तिव्र पार्छ ।
(ग) कोभिड - १९ ले तपाईंको पठनपाठनमा पारेको प्रभावको अनुभवलाई १० बुँदामा लेख्नुहोस् ।
उत्तर: कोभिड-१९ ले पठनपाठनका पारेको प्रभावहरू निम्नानुसार छन् :
-समयमा पठनपाठन नहुनु र परिवारहरू सनु
-डिजिटल माध्यमबाट पठनपाठन हुँदा भौतिक उपस्थितिमा जस्तो प्रभावकारी नहुनु
-कोभिडले गर्दा परीक्षा समयमा सञ्चालन हुन नसक्दा २ वर्षसम्म एउटा कक्षामा बस्नु पर्ने
-आफ्नो भविष्यको चिन्ताले गर्दा मानसिक तनाव बढ्नु पढ्न मन नलाग्नु, एकोहोरो भएर बस्नु
- डर त्रास, भय सृजना हुनु
-घरको आन्दानीको स्रोत बन्द हुँदा आफ्नो पढाइ सुल्क तिर्न नसक्नु