एकाइ ५ भूगोल र सामाजिक जीवन
पाठ: ६ नेपालमा विपत्
१. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) विपत्को परिभाषा लेख्नुहोस् ।
उत्तरः विपत भनेको एउय आपतकालीन अवस्था हो । यसले जनधनको क्षति वा समुदायको दैनिक दिनचर्यालाई
खल्बल्याउछ । विपत्को अवस्थामा मानिसहरू निसाहय हुन्छन् । उनीहरूको खानपिन लुगाफाटा, पर बास, औषधोपचार सुरक्षा आदि आवश्यकीय प्रणाली अवरुद्ध हुन्छन् । परिवार र समुदायसँग तत्काल यो सुविधाहरू परिपूर्ति गर्न सक्ने क्षमता हुँदैन । त्यसबाट मानवीय, भौतिक, आर्थिक र वातावरणीय क्षति हुन्छ र सामान्य सामाजिक अवस्था अवरुद्ध हुन्छ ।
(ख) विपत् र प्रकोपबिच फरक छुट्याउनुहोस् ।
उत्तरः जोखिमको परिमाणको रुपमा विपत् तथा प्रकोपलाई लिने गरिन्छ । सामान्यतया प्रकोप र विपत् शब्दलाई एउटै अर्थमा लिने गरिन्छ । तर प्रकोप भनेको त्यस्तो घटना हो, यसको क्षति र मताहत गराउने, सम्पत्ति एवम् वातावरण नष्ट गराउने सम्भावना हुन्छ भने विपत् भनेको त्यस्ता प्रकोपले निम्त्याउने सङ्कटकालिन अवस्था हो । प्रकोप विरूद्ध जुध्न वा प्रको सामना गर्न अन्य व्यक्ति, समुदाय वा सङ्घसंस्था वा देशको सहयोग चाहिने अवस्था सृजना हुनु विपत् हो ।
प्रकोप विपत ल्याउन सक्ने कुनै पनि घटना जस्तै बाढी पहिरो, आगलागी, हुरीबतास, चट्याङ आदि हुन भने विपत्प्र कोपका घटनाबाट जनधनको क्षति भएको अवस्था जस्तैः मानिस हराउने, मर्ने, घाइते हुने, घरपालुवा पशु मर्ने खेतबारी नष्ट भएर मानिस विस्तापित हुनुपर्ने स्थिति विपत्हु न् ।
(ग) "विपत् बाजा बजाएर आउँदैन । विपत्ले कुनै जाति, धर्म, धनीगरिब भन्दैन ।" यस भनाइको आशय स्पष्ट पार्नुहोस् ।
उत्तरः विपत भनेको एउटा आपतकालीन अवस्था हो । यसले जनधनको क्षति वा समुदायको दैनिक दिनचर्यालाई
खल्बल्याउछ । विपतको अवस्थामा मानिसहरू निसाहय हुन्छन् । उनीहरूको खानपिन लुगाफाटा, घर बास, औषधोपचार, सुरक्षा आदि आवश्यकीय प्रणाली अवरुद्ध हुन्छन् । परिवार र समुदायसँग तत्काल यौ सुविधाहरू
परिपूर्ति गर्न सक्ने क्षमता हुँदैन । त्यसबाट मानवीय, भौतिक, आर्थिक र वातावरणीय क्षति हुन्छ र सामान्य सामाजिक अवस्था अवरुद्ध हुन्छ । विपत् कतिखेर आउँछ भन्ने कुरा थाहा हुने कुरा होइन । यो जतिबेला पनि आउन सक्छ । प्रकोप विपत ल्याउन सक्ने कुनै पनि घटना जस्तै बाढी पहिरो, आगलागी, हुरीबतास चट्याङ आदि हुन भने विपत् प्रकोपका घटनाबाट जनधनको क्षति भएको अवस्था जस्तैः मानिस हराउने, मर्ने, घाइते हुने, घरपालुवा पशु मर्ने खेतबारी नष्ट भएर मानिस विस्तापित हुनुपर्ने स्थिति विपत्हु न् । त्यसैले नेपालीमा उखान छ "विपत् बाजा बजाएर आउँदैन । विपत्ले कुनै जाति, धर्म, धनी गरिव भन्दैन ।"