एकाइ १० अर्थतन्त्र र विकास
पाठ : ४ नेपालको वैदेशिक व्यापार
१. तल दिइएका प्रश्नका उत्तर दिनुहोस् :
(क) वैदेशिक व्यापार भनेको के हो ?
उत्तरः पुँजी, प्रविधि, वस्तु र सेवाको सीमापार खरिदबिक्री एवं प्रवाहलाई अन्तर्राष्ट्रिय वा वैदेशिक व्यापार भनिन्छ । विश्वका प्रायः सबै मुलुकको कुल गार्हस्थ उत्पादनमा व्यापरको ठूलो हिस्सा रहेको छ परापूर्वकाल देखि नै अन्तर्राष्ट्रिय व्यापारको विभिन्न रूपहरू अभ्यासमा आएको पाइन्छ । व्यापारलाई विकासको एक आयामका रुपमा हेर्ने गरिएको छ । मुलुकको निर्यात व्यापार, प्रवधन, आयाम प्रतिस्थापन र उत्पादनका साधानको उच्चतम उपयोग सुनिश्चित गरी विकास र समृद्धि हासिल गर्नु वैदेशिक व्यापारको मुख्य उद्देश्य रहेको छ । व्यापारमैत्री वातावरणको निर्माण एवं विकास र प्राथमिकतामा रहेका निर्यातयोग्य वस्तु र सेवाको मुल्य श्रृंखला सुदढीकरण गरी राष्ट्रिय अर्थतन्त्रको विकासमा निर्यात व्यापारको योगदान अभिवृद्धि गर्नु वैदेशिक व्यापारको अभिष्ट हो ।
(ख) व्यापार सन्तुलनलाई परिभाषित गर्नुहोस् ।
उत्तरः सामान्य अर्थमा भन्नुपर्दा व्यापार सन्तुलन भन्नाले मालसामानहरूको आयात निर्यात मुनयविचको अन्तर भन्न सकिन्छ अझ गहिराइमा पुगी व्याख्या गर्दा कुनै एक देशको व्यापार सन्तुल अवधिको आयात मुल्य र निर्यात मुल्यबिचको सम्बन्ध हो। अतः व्यापार सुन्तलन भन्नाले निश्चित भनेको निश्चित समयमा एउटा सन्तुलन भन्नाले निश्चित समयमा एउटा देशको आयात र निर्यातविचको व्यापारिक सम्बन्ध हो जसलाई लेखा प्रणाली मुल्यमा व्यक्त गरिन्छ । देशमा उत्पादित वस्तु तथा सेवा विदेशमा निर्यात गर्दा प्राप्त हुने समय विदेशमा उत्पादित वस्तु तथा सेवा आयात गर्दा भुक्तानी गरिने समयवधिको सन्तुलन नै व्यापार सन्तुलन हो । आफ्नो देशमा उत्पादन हुन नसकेका वा उत्पादन लागत उच्च हुने वस्तुहरू निर्यात गरिन्छ र यसबाट पुँजी आगमन हुन्छ । यसरी दृश्य वस्तुको आयात निर्यात कारोबारमा पुँजीको बर्लिंगमन र आगमनबिचको सन्तुलन नै वैदेशिक व्यापार सन्तुलन हो ।
(घ) व्यापार घाटालाई परिभाषित गर्नुहोस् ।
उत्तरः व्यापार घाटा भन्नाले निर्यातक आकारमा काम आउनु र आयातको आकारमा वृद्धि हुनु हो । निर्यात वृद्धि नहुँदा व्यापार घाटा निरन्तर वृद्धि भइरहेको छ । निर्यात व्यापारले मुलुकमा वैदेशिक मुद्राको आर्जन बढाउछ । रोजगारी र आर्थिक वृद्धिमा सहयोग गर्दछ । स्वादेश उत्पादनमा वृद्धि नहुनु, आयातमा वृद्धि हुनु, निर्यातमा वृद्धि गराउन नसक्नु नै व्यापार घाटा हो । नेपालको सन्दभको कुरा गर्दा पेट्रोलियम पदार्थको आयातमा अधिक खर्चले अधिकांश वर्षमा सामानको निर्यातबाट आर्जन गरेको आम्दानीको तुलनामा नेपाली अर्थतन्त्रको निर्यातको जग कमजोर भएको छ । जसले गर्दा आयातमा बढ्दो निर्भरता छ ।
(ङ) नेपालको वैदेशिक व्यापारका ऐतिहासिक तथ्यहरू उल्लेख गर्नुहोस्
उत्तरः नेपालको वैदेशिक व्यापारको इतिहास आधुनिक नेपालको भन्दा पुरानो छ । पृथ्वीनारायण शाहको राज्य एकीकरण अभियान भन्दा अघिबाट नै यसको इतिहास सुरु हुन्छ । नेपालको एकिकरण हुनु अघि भारतका उत्तरी क्षेत्रहरूसँथ वा चीन तिब्बतसँग व्यापार गतिविधिहरू थिए नेपालको वैदेशिक व्यापारका लागि भारत सुरुदेखि सबैभन्दा बढि व्यापार भारतमा सिमित थियो । वि.सं. २००७ (सन् १९५१) भन्दा अघि नेपाल विदेश व्यापार भारत र चीन बाहेक संयुक्त अधिराज्य अमेरिका र फ्रान्समा मात्र सीमित थियो । नेपालका काजी भीम मल्लका पालामा सम्पन्न नपाल तिब्बत वाणिज्य सम्झौता पछि नेपाली व्यापारीहरू तिब्बत गई व्यापारिक कारोबार गर्दथे
नेपालको चौथो पञ्चवर्षीय योजना (वि.सं. २०२७-२०३२) वैदेशिक व्यापार समुद्रपारका देशहरूसँग हुन थालेको हो र त्यसभन्दा अगाडि नेपालले वैदेशिक व्यापारबाट तुलनात्मक लाभ प्राप्त गर्न सकेको थिएनन् ।
(च) नेपालको वैदेशिक व्यापारका वृद्धिको पुनरवलोकन गर्नुहोस्
उत्तरः दुई वा दुई भन्दा बढि दृशहरू विच हुने व्यापारलार्य विदेश व्यापार वा वैदेशिक व्यापार भनिन्छ कुनै पनि देशको आर्थिक विकासमा वैदेशिक व्यापारको स्थान महत्वपूर्ण हुने भएकाले आज हरेक देशले हरेक देशसँग आफ्नो व्यापारिक सम्बन्धलाई थप मजबुत बनाउदै लगेका पाइन्छ वि.सं. २०३० को दशकमा नेपालको वस्तु निर्यातको कुल गार्हस्थ्य उत्पादनसँगको ५.४ प्रतिशत अनुपात वि.सं. २०६० को दशकदेखी घट्दै आ. व. २०७५/२०७६ मा आइपुग्दा २.८ प्रतिशत कायम हुनुले नेपालको वैदेशिक व्यापारको प्रवृत्ति घट्दो क्रममा रहेको देखाउँछ त्यस्तै २०३९-४० मा आयाततर्फ कुल गार्हस्थ्य उत्पादनको १८ प्रतिशत रवि. सं. २०३० को दशकमा औसतमा १३.९ प्रतिशत रहेको थियो । बीचका वर्षहरूमा आयातमा केही तलमाथि भएपनि २०७५७६ सम्म आइपुग्दा आयातमा उल्लेख्य वृद्धि भइ करिब ४०.९ प्रतिशत पुगेको छ
(ज) नेपालको वैदेशिक व्यापारको संरचना उल्लेख गर्नुहोस् ।
उत्तरः व्यापार संरचनामा आयात र निर्यात गरिने वस्तुका प्रकारहरू र कारोबारको रकम समावेश गरिन्छ । कति मूल्यमा कुन प्रकारका वस्तुहरू विदेशी बजारमा बेचिएको हो र कति मुल्यमा खरिद गरिएको हो सोको विवरण नै व्यापार संरचना हो । नेपालले निर्यात गर्ने वस्तुका प्रकारको सङ्ख्या ठूलो छ । वस्तुगत आधारमा नेपालको निर्यात गर्ने प्रमुख वस्तुहरू जस्तापाता, पोलिस्टर यार्न, जुटका सामान उनी गलैचा, दाल, तयारी पोसाक, अलैची, जुत्ता तथा चप्पल, प्रशोधित छाला, रोजिन, चाउचाउ, चिनी, चिया, आदि हुन भने आयात गर्ने वस्तुहरू पेट्रोलिय पदार्थ, तयारी पोसाक, पार्टपुर्जा, विद्युतीय सामान, सञ्चार उपकरण, धातु र धातुबाट बलेका समान आदि हुन् ।