एकाइ २
पाठ: २ सामाजिक अध्ययनमा सहसम्बन्ध तथा कार्यकारण सम्बन्धको अवधारणा
१. तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्:
(क) तथ्याङ्क भनेको के हो ? उदाहरण दिनुहोस् ।
उत्तरः तथ्याङ्क भन्नाले कुनै पनि विषय सम्बन्धि जानकारी, आँकडा, तथ्य चित्र सङ्केत विवरण भन्ने बुझिन्छ । तथ्याङ्क दुई प्रकारका रहेका छन् । (१) परिमाणात्मक ( २ ) गुणात्मक
(१) परिमाणात्मक यस्ता तथ्याङ्कलाई सङ्ख्यामा व्यक्त गर्न सकिन्छ, जस्तैः ५ किलोग्राम (तौल), १० मिटर लम्बाइ /चौडाइ), १००० रुपियाँ (आम्दानी/खर्च) आदि ।
(२) गुणात्मक तथ्याङ्क यो तथ्याङ्कले गुणहरू वा विशेषताहरू दर्साउँछ । यसलाई अन्तर्वार्ता प्रश्नावली वा अवलोकन गरेरसङ्कलन गरिन्छ ।
(ख) अनुसन्धान भनेको के हो ?
उत्तरः अनुसन्धान भनेको कुनै पनि विषयको व्यवस्थित तथा वैज्ञानिक रुपमा नयाँ ज्ञानको खोजी गर्ने विधि हो । यसलेव्यक्तिमा भएको ज्ञानलाई विस्तार र बुझाइलाई विस्तार गर्ने कार्य गर्दछ।
(ग) तथ्याङ्कका स्रोतहरू कति प्रकारका छन् ?
उत्तरः तथ्याङ्कका स्रोतहरू दुई प्रकारका छन् । ती हुन् ( १ ) प्राथमिक स्रोत (२) द्वितीय स्रोत
१. प्राथमिक स्रोत- प्राथमिक स्रोत कुनै पनि अध्ययन गर्ने व्यक्ति वा समूहले आफैले सङ्कलन गरेको तथ्याङ्क हो । यसकास्रोतहरू सर्भेक्षण अन्तर्वार्ता क्षेत्रभ्रमण आदि हुन्।
२. द्वितीय स्रोत अनुसन्धानकर्ताबाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेर राखेको विवरणर्ला द्धितिय स्रोतबुझिन्छ । उदाहरण जनगणना, पुस्तक, पत्रपत्रिका इन्टरनेट आदि ।
(घ) परिमाणात्मक तथ्याङ्क तथा गुणात्मक तथ्याङ्क उदाहरणसहित परिचय दिनुहोस् ।
उत्तरः तथ्याङ्कलाई दुई भागमा विभाजन गरिएको छः (१) परिमाणात्मक तथ्याङ्क (२) गुणात्मक तथ्याङ्क (१) परिमाणात्मकतथ्याङ्क - Organisation for economic co-operation and development (OFCD) का अनुसार दायराबुझाउने तथ्याङ्क हो । यस्ता तथ्याङ्कलाई सङ्ख्यामा व्यक्त गर्न सकिन्छ, जस्तै ५ किलोग्राम (तौत) १० मिटर लम्बाइ,चौडाइ), १००० रुपियाँ (आम्दानी/खर्च) आदि । परिमाणात्मक तत्थाङ्कको तथ्याङ्कशास्त्रीय विश्लेषण गर्न सकिन्छ। (२)गुणात्मक तथ्याङ्क - Dewitt Wallance Lbrary का अनुसार
गुणात्मक तथ्याङ्कले गुणह वा विशेषताहरू दर्शाउँछ । यसलाई अन्तर्वार्ता प्रश्नावली वा अवलोकन गरेर सङ्कलन गरिन्छ ।यसलाई सङ्ख्यामा व्यक्त गर्न सकिँदैन । वस्तुको गुणस्तर, व्यक्तिको अनुभव, व्यक्तिलाई मन पर्ने वा मन नपर्नेकुराहरूलाई तथ्याङ्कशास्त्रीय विश्लेषणमा प्रयोग गर्न सकिदैन ।
(ङ) तथ्याङ्कका स्रोतहरू कति प्रकारका हुन्छन् ? उदाहरणसहित स्पष्ट पार्नुहोस् ।
उत्तरः तथ्याङ्कका स्रोतहरू प्राथमिक र द्धितिय गरी दुई
प्रकारका हुन्छन् ।
(क) प्राथमिक स्रोत : प्राथमिक स्रोतबाट वास्तविक तथ्याङ्क प्राप्त गर्न सकिन्छ । यसलाई अध्ययन गर्ने व्यक्ति वासमूहले आफैले संकलन गरेको हुन्छ। सर्वेक्षण अन्तरवार्ता, क्षेत्रभ्रमण, अवलोकन आदि तथ्याङ्क सङ्कलन गर्ने प्राथमिकस्रोतहरू हुन् ।
(ख) द्वितीय स्रोत : अनुसन्धानकर्ता बाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेका हुन्छन् । यस्ता तथ्याङ्कप्रकाशित वा अप्रकाशित दुवै हुन सक्छन्। ती स्रोतहरूलाई तथ्याङ्कको द्वितीय स्रोत भनिन्छ । जनगणना, पुस्तक,पत्रपत्रिका, इन्टरनेट तथा अन्य सञ्चार माध्यम आदि तथ्याङ्कका द्वितीय स्रोतहरू हुन्।