एकाइ १० अर्थतन्त्र र विकास
पाठ: ५ नेपालको वैदेशिक रोजगार नीति
१. तल दिइएका प्रश्नको उत्तर दिनुहोस् :
(क) श्रम भनेको के हो, अर्थ लेख्नुहोस् ।
उत्तर: सामान्य भाषामा शारीरिक रुपमा काम गर्ने शक्ति श्रमिक र उक्त व्यक्तिको मिहिनेतलाई श्रम भनिन्छ । तर अर्थशास्त्रमा शारीरिक वा मानसिक रुपमा आर्थिक उपार्जनको उद्देश्यले काम गर्ने व्यक्ति श्रमिक र उसको कार्य वा मिहिनेतलायं नै श्रमका रुपमा लिइन्छ कुनै भरिया वा डाक्टर वा प्राध्यापक वा अफिसर वा गायकले आर्थिक उपार्जनको उद्देश्यले कार्य गरेका छन् भने ती सबैको मिहिनेत श्रम हो । मानिसले धन आर्जनका लागि गर्ने प्रयास वा काम नै श्रम हो ।
(ख) रोजगारी र बेरोजगारीमा भिन्नता छुट्याउनुहोस्
उत्तरः रोजगारी र वेरोजगारीमा फरक रोजगारी वेरोजगारीको विपरितार्थक शब्द हो । राज्यको मापदण्ड अनुसार काम गर्ने उमेर पुगेका र वैधानिक कार्य गरी भुक्तानी गरी भुक्तानी प्राप्त गर्ने शक्तिलाई रोजगारी भनिन्छ । रोजगार दाताबाट तलब पाउने गरी काम गर्ने, आफ्नै वा पारिवारिक व्यापार व्यावसायमा काम गर्ने र विविध कारणले स्वविदामा बसेका रोजगार हुन । कामको योग्यता तथा सिप भएका तर एक महिनादेखि काम भएका ठाउँमा काम खोज्दा नपाएका र अन्तिमक योग्यता परीक्षा दिएर बसेका बेरोजगार हुन् रोजगार पनि नभएका र बेरोजगारीमा पनि नपर्नेहरूमा कामका लागि तोकिएभन्दा कम वा बढि उमेर भएका, पूर्णकालीन विद्यार्थी र घरायसी कार्यमा व्यस्त रहनेहरू र अवकाश प्राप्त व्यक्तिहरू पर्छन् र यिनीहरूलार्य श्रमशक्ति नै मानिदैन ।
(ग) वैदेशिक रोजगारलाई परिभाषित गर्नुहोस् ।
उत्तरः आय आर्जनका लागि आफ्नो देश भन्दा बाहिर गएर शारीरिक अथवा मानसिक श्रम गर्ने रोजगारी हो । विश्व बजारमा वैदेशकि रोजगारीका लागि विभिन्न देशका जनशक्तिहरू खपत हुने गर्दछन् । वर्तमान नेपाली अर्थतन्त्र वैदेशिक रोजगारको विप्रेषणले धानिरहेको अवस्था छ नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा आवश्यकता अनुरूपका युवा जनशक्तिलाई सिमित समयका लागि आधिकारिक तवरले पठाउँदै आएको छ नेपाली युवा श्रमिक कामदारहरूको रोजगारीको आकर्षक गन्तव्यको रुपमा रहेका मुलुकहरूमा मलेसिया, दुबई, साउदी आदि मुलुकहरू रहेका छन् । अन्त्यमा एक देशबाट अर्को देशमा गई काम गर्नुलाई वैदेशिक रोजगार भनिन्छ ।
(घ) नेपालको पन्ध्रौँ आवधिक योजनाले तय गरेको वैदेशिक रोजगारका कार्यनीतिहरू उल्लेख गर्नुहोस्
उत्तरः नेपालको पन्ध्री आवधिक योजनाले तय गरेका वैदेशिक रोजगारका कार्यनीतिहरू यस प्रकार छन्
- नेपाली श्रमिकहरूको हकहितको संरक्षण र सामाजिक सुरक्षाका लागि श्रम कुटनितिक अवलम्बन गर्ने
- विदेशमा रहेका सेवा प्रदायक संस्था, गैरआवासीय तथा प्रवासी नेपाली सङ्घ सङ्गठन र कम्पनीसाग समन्वय गरी कार्य गर्ने
- वैदेशिक रोजगार परिषद्को स्थापना गरी प्रभावकारी कार्य गर्ने
-भारतमा रोजगारीका लागि जाने कामदारलाई परिचयपत्र जारी गर्ने र विमा कल्याणकारी कोषमा आबद्ध गराउने कानुनी व्यवस्थाको कार्यान्वयन गर्ने
- वैदेशिक रोजगारका लागि जानेहरूको पूर्व अभिलेख राख्ने र सबैखाले विकृतिहरूको कडाइका साथ नियन्त्रण गर्ने
(ङ) वैदेशिक रोजगार ऐन २०६४ दोस्रो संशोधन २०७५ ले वैदेशिक रोजगारका सम्बन्धमा गरेका मुख्य मुख्य व्यवस्था उल्लेख गर्नुहोस्
उत्तरः नेपालमा वैदेशिक रोजगार ऐन २०६४ दोस्रो २०७५ ले वैदेशिक रोजगारका सम्बन्धमा गरेका नीतिगत व्यवस्थाहरूलाई यस प्रकार प्रस्तुत गरिएको छ ।
- नेपाल सरकारले वैदेशिक रोजगारमा जान पाउने मुलुक तोक्नुपर्ने र मुलुकसँग द्विपक्षीय सम्झौता गर्नुपर्ने छ ।
- कामदार छनोट गर्दा १५ दिनको सुचना प्रकाशन गर्नुपर्ने र निवेदनको नाम सुचना पाटीमा टाँस गर्नुपर्ने छ ।
- वैदेशिक रोजगारमा जाने महिला, दलित, आदीवासी, जनजाती, उत्पीडित, दैविप्रकोप क्षेत्रका व्यक्तिलाई नेपाल सरकारले विशेष सुविधा प्रदान गर्न सक्नेछ ।
- विभागबाट स्वीकृति लिई कुनै पनि व्यक्ति निजी प्रक्रियाबाट वैदेशिक रोजगगारमा जान सक्नेछ
- सम्झौता बमोजिम वैदेशिक रोजगारी नभएका कामदारले विद्युतिय माध्यमबाट वा सोभै श्रम विभाग वा जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न सक्ने छ ।
- विदेशमा रहेका कामदारले सम्बन्धित मुलुक हुर्ने नेपाली कुटनीतिक नियोगबाट बढिमा दुई पटक श्रम स्वीकृति लिन सक्ने छ ।