एकाइ ५ भूगोल र सामाजिक जीवन
पाठ: ८ नेपालमा विपत् व्यवस्थापन संयन्त्र र योजना निर्माण
१. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) नेपालमा विपद् व्यवस्थापनमा संलग्न निकायहरूको सूची तयार गर्नुहोस् ।
उत्तरः विपत व्यवस्थापनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानीय सरकारको
समत अभिवृद्धि उत्थानशील सहरी समुदायका लागि राष्ट्रिय रणनीति तर्जुमा गरेको छ । यसबाट स्थानीय तहलाई विपत् पूर्वतयारी योजना बनाउन मद्धत पुग्छ यो मन्त्रालयले नमुना स्थानीय विपत् जोखिम व्यवस्थापन ऐन, विपत् व्यवस्थापनको कोष सञ्चालन कार्यविधि तयार गरी सोही अनुरुप स्थानवि तहमा विपत् जोखिम व्यवस्थापन
समितिहरू बनाउने र स्थानीय सरकारलाई आफ्नै कानुनी र संस्थागत ढाँचाभित्र रही विपत् जोखिम न्यूनीकरण, अभीकरण पूर्वतयारी, उद्वार, राहत पुनस्थापना र पुननिर्माण कार्यमा लाग्न मद्धत गरिरहेको छ ।
सहरी विकास मन्त्रालयले सबै स्थानीय सरकारलार्य भवन संहिताको प्रोत्साहन गरी मानिसका बासस्थल तथा कार्यालय भवनहरू सुरक्षित बनाउन मद्धत गर्छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला तथा स्थानिय विपत् व्यवस्थापन समिति सम्बन्धी व्यवस्था गरेको छ । यो समिति ७७ ओटै जिल्लामा क्रियासिल छ ।
(ख) स्थानीय ज्ञान भनेको के हो ? विपद् व्यवस्थापनमा स्थानीय ज्ञानले पुयाउने योगदान माथि चर्चा गर्नुहोस् ।
उत्तर: स्थानीय ज्ञान भन्नाले समुदायमा विकसित ज्ञान र अभ्यासलाई जनाउँछ । यो ज्ञान स्थानीय वातावरणसँगको अन्तरक्रियाबाट आर्जन हुन्छ । समुदाय नै योज्ञानका सर्जक हुन्, प्रयोगकर्ता हुन्छन् र आर्जित ज्ञानलाई पुस्तान्तरण गर्दै जान्छन् समुदायको सहभागिता र स्वामित्वमा गरिएका विपत् व्यवस्थापन कार्यहरू पुस्तानुकूलन हुँदै आएका छन् ।
(ग) विद्यालय तहको पाठ्यक्रममा विपद्व्य वस्थापनसम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने पाँचओटा कारण उल्लेख गर्नुहोस् ।
उत्तर : विद्यालय तहको पाठ्यक्रममा विपद् व्यवस्थासम्बन्धी विषयवस्तु समावेश गर्नुपर्ने कारणहरू निम्नानुसार छ :
- विद्यालय तहको पाठ्यक्रममा विपत् सम्बन्धी विषयवस्तुलाई समावेश गरिनु पर्दछ ।
-पाठ्यक्रममा विपत्का प्राकृतिक कारणहरूको बारेमा विषयवस्तु समावेश गरिनु पर्दछ । जस्तैः लामो समयसम्म खडेरी पन्यो भने कृषि उत्पादनमा कमी आउँछ । जसले गर्दा भोकमरीको अवस्था सिर्जना हुन्छ ।
- पाठ्यक्रममा विपत्का मानवीय कारणहरूको बारेमा विषयवस्तु समावेश गरिनु पर्दछ । जस्तै : मानवीय हेलचक्याइँका कारण सरुवा रोगको सङ्क्रमण बढ्नु, बजारमा पाइने विषाक्त र अखाद्य वस्तुहरूको किनबेच हुनुले विपत्को जोखिम बढ्छ ।
- पाठ्यक्रममा नेपालको भौगोलिक अवस्था, बढ्दो वनविनाश, सरकारी उदासिता, योजनारहित पूर्वाधार विकास कार्यक्रम, अनियन्त्रित बसाइसराइका कारणहरूलाई समावेश गरिनु पर्दछ ।
-पाठ्यक्रममा द्वन्द्व, भोकमरी, औद्योगिक र यातायात दुर्घटना, रोगव्याधी सम्बन्धी विषयवस्तु समावेश गरिनु पर्दछ ।