एकाइ ९
पाठ ८
१. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) बसाइँसराइले पानें आर्थिक प्रभावहरूको सूची तयार पार्नुहोस् ।
उत्तरः बसाइँसराइले एकातिर जमिनमा जनसङ्ख्याको दबाब कम गर्छ भने अर्कोतिर दबाब बढाउँछ । यसले जमिनमा प्रतिव्यक्ति उत्पादन र उत्पादकत्व र प्रतिव्यक्ति आयमा पनि प्रभाव पर्छ । बसाइँसराइको मुख्य आर्थिक प्रभाव भनेको देशमा विप्रेषण भित्रिनु हो । जसले परिवार र देशको आर्थिक स्तर सुधार गर्न मदत गर्छ । यो रकम स्वास्थ्य, शिक्षा र सम्पत्ति वृद्धिमा लगानी हुन्छ । यसले उपभोग गर्ने संस्कारलाई वृद्धि गरेको छ । यस्तो प्रवृतिले उत्पादनमूलक क्षेत्रमा लगानी कम हुने समस्या पनि रहन्छ ।
(ख) बसाइँसराइका सांस्कृतिक प्रभावहरूको समीक्षा गर्नुहोस् ।
उत्तरः बसाइँसराइले गन्तव्य स्थानमा आप्रवासीलाई भाषिक, सांस्कृतिक र सामाजिक समायोजनमा कठिनाइ हुन्छ सहर र गाउँ बिचको भिन्नताको प्रभाव बिस्तारै संस्कृतिमा पनि पर्दै जान्छ। विदेशी रहनसहनको नक्कल बढ्दै जान्छ । मौलिक संस्कृतिमा विचलन हुन्छ ।