एकाइ ७ सामजिक पहिचान र विविधता
पाठ : ४ अपाब्गता र समावेशीकरण
तलका प्रश्नको उत्तर दिनुहोस्
(क) त्यसैले अपाङ्गता भएका व्यक्ति र उनीहरूको सुविधाका लागि आफूले गर्नुपर्ने कर्तव्यका बारेमा आफ्नो धारणा प्रस्तुत गर्नुहोस्
उत्तरः अपाङ्गता भएका व्यक्ति र उनीहरूको सुविधाका लागि आफूले गर्नुपर्ने कर्तव्यहरू निम्नानुसार छ :
- मैले यदि कसैका हात छैनन् भने त्यस्ता व्यक्तिले कस्तो काम - गर्न सक्छन् भनी काम खोजी काममा सहयोग गर्नु मेरो कर्तव्य ठानेको छु ।
- यदि कोही आफ्ना खुट्टा गुमाइ अपाङ्गता भएको छ भने त्यस्ता व्यक्तिलाई गन्तव्यसम्म पुयाउने मेरो कर्तव्य ठानेको छु ।
- मोटरको व्यवस्था गरी पढ्न चाहने अपाङ्ग व्यक्तिलाई विद्यालयसम्म पुयाउने मेरो कर्तव्य ठानेको छु । • राज्यले निर्माण गरेको अपाङ्ग सम्बन्धी कानुनलाई आत्मसात - गर्दै कानुनको पालनामा सहयोग गर्नु मेरो कर्तव्य ठानेको छु ।
(ख) नेपालमा अपाङ्गतालाई कसरी वर्गीकरण गरिएको छ ?
उत्तर: अपाङ्गताका प्रकारलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ:
-शारीरिक अपाङ्गता : स्नायु, मांसपेशी र जोनी तथा हड्डीको बनावट एवम् सञ्चालनमा समस्याको कारण कुनै व्यक्तिको अङ्गको सञ्चालन, प्रयोग र हिँडडुलमा समस्या आउनु शारीरिक अपाङ्गता हो । त्यसैगरी शारीरिक अङ्गविहिनता हुनु, कुष्ट प्रभाव, मांसपेशी विचलन, जोनी र मेरुदण्ड सम्बन्धी स्थायी समस्या पैताला फर्केको आदि सम्बन्धी समस्याका कारण उत्पन्न अशक्ततालाई पनि शारीरिक अपाङ्गता भनिन्छ I
- दृष्टिसम्बन्धी अपाङ्गता : कुनै व्यक्तिले आँखाले नखेखेका कारण कुनै पनि वस्तुको आकृति, आकार, रूप र रङ्गको ज्ञान नहुने अवस्था दृष्टिविहिन अपाङ्गकता हो दृष्टिविहिन अपाङ्गता पनि तीन किसिमका हुन्छन् । तिनीहरूमा दृष्टिविहीनता, न्यून दृष्टिविहीनता अवस्था र पूर्ण दृष्टिविहीनता हुनु
- सुनाइसम्बन्धी अपाङ्गता : सुनाइको अङ्गको बनावट सही नभएको एवम् स्वरको पहिचान गर्न नसक्ने, आवाज कताबाट आएको भनी पहिचान गर्न नसक्ने, आवाजको उतारचढाव तथा स्वरको मात्रा र गुण छुट्याउन नसक्ने अवस्थालाई सुनाइसम्बन्धी अपाङ्गता भनिन्छ ।
- श्रवण दृष्टिविहीन अपाङ्गता : सुनाइ र दृष्टिसम्बन्धी दुवै - अपाङ्गता भएको अवस्थालाई श्रवण दृष्टिविहीन अपाङ्गता भनिन्छ
- स्वर र बोलाइसम्बन्धी अपाङ्गता : मस्तिष्क र मानसिक अङ्गमा आएको समस्याको कारण बोल्दा स्वरको उतार चढावमा कठिनाई, बोली स्पष्ट नहुने, बोल्दा शब्द र अक्षर दोहोन्याउने अवस्थालाई स्वर र बोलाइसम्बन्धी अपाङ्गता भनिन्छ ।
- मानसिक वा मनोसामाजिक अपाङ्गता : मस्तिष्क र मानसिक अङ्गमा आएको समस्या तथा सचेतना अभिमुखीकरण, स्फूर्ति, स्मरणशक्ति, भाषा, गणना जस्ता बौद्धिक कार्य सम्पादनका सन्दर्भमा आउने समस्याको कारणले उमेर र परिस्थिति अनुसार व्यवहार गर्न समस्या हुने अवस्थालाई मानसिक वा मनोसामाजिक अपाङ्गता भनिन्छ
- बौद्धिक अपाङ्गता : उमेरको वृद्धिसँगै बौद्धिक सचेतनाको - विकास हुन नसकी बौद्धिक विकास नभएका कारणले उमेर वा वातावरणमा सापेक्ष क्रियाकलाप गर्न समस्या हुने अवस्थालाई बौद्धिक अपाङ्गता भनिन्छ ।
- अनुवंशीय रक्तश्राव : अनुवंशीय असरका कारण रगतमा हुने फ्याक्टरमा विचलन आई रगत जम्ने कार्यमा समस्या उत्पन्न हुने शारीरिक अवस्थालाई अनुवंशीय रक्तश्राव सम्बन्धी अपाङ्गता भनिन्छ ।
- अटिज्मसम्बन्धी अपाङ्गता : जन्मजात नसा वा तन्तुको विकास र सोको कार्यमा समस्या भएको अवस्थालाई अटिज्म भनिन्छ । सञ्चार गर्न, सामानय सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाइ हुने तथा उमेरको विकाससँगै सामान्य व्यवहार नदेखाउनु अस्वाभाविक
प्रतिक्रिया देखाउनु, एउटै क्रिया लगातार दोहो-याइरहनु, अरूसँग घुलमिल नहुनु वा तीव्र प्रतिक्रिया गर्नु आदि अटिज्मसम्ब्धी अपाङ्गताका विशेषता हुन्
- बहुअपाङ्गता : एउटै व्यक्तिमा उल्लेखित अपाङ्गतामध्ये दुई वा दुईभन्दा बढी अपाङ्गता भएको अवस्थालाई बहुअपाङ्गता भनिन्छ ।
(ग) अपाङ्गता भएका व्यक्तिलाई दया होइन सहयोग र सम्मानको खाँचो छ । यस भनाइमा आफ्ना विचारहरू समेटेर एक सम्पादकीय तयार पार्नुहोस्
उत्तर: सम्पादकीय
नेपाली साहित्य क्षेत्र होस् वा हिमाल चढ्ने साहसिक काममा, सामाजिक क्षेत्रमा होस् या शिक्षा र स्वास्थ्यका क्षेत्रमा अपाङ्गकता भएका व्यक्तिले पुयाएको योगदान उच्च रहेको छ । त्यसैले उनीहरूलाई दया र कठैबरा भन्नुको साटो अवसर दिएर निकै ठुलठूला कामहरू गर्न दिन सकिन्छ । उनीहरूलाई सहयोग र सम्मानका साथ शिक्षा, स्वास्थ्य तथा रोजगारीमा समान पहुँच, अपाङ्गमैत्री संरचना र कानुन, विशेष सामाजिक सुरक्षा, पुनःस्थापना, सामाजिक भेदभावबाट मुक्ति, निर्णय प्रक्रियामा अपाङ्गकता भएका व्यक्तिको सहभागिता जस्ता विषयलाई आत्मसात गरी स्रोतसाधन लगायत आवश्यक कारको प्रबन्ध गर्दै क्रमशः कार्यान्वयनमा लैजानु पर्छ यसैले अपाङ्गता भएका व्यक्तिलाई दया होइन सहयोग र सम्मानको खाँचो छ ।
(घ) अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने विभिन्न प्रकारका उपकरणहरूको छोटो परिचय दिनुहोस् ।
उत्तरः वैशाखी :- अपाङ्गता भएका अर्थात् खुट्टामा असहज भएका व्यक्तिले प्रयोग गर्ने उपकरण हो वैशाखी । यसले हिँडडुल गर्न सहज गर्दछ ।
स्वीलचियर / ट्राईसाइकल :- यो पनि एक अपाङ्गमैत्री उपकरण हो जसले हिँडडुल गर्न मद्दत गर्छ ।
कृत्रिम हात : - यो पनि एक अपाङ्ग मैत्री कृत्रिम हात हो । जुन दैनिक कार्यलाई सहज गराउन अपाङ्ग अर्थात् हात गुमाएका व्यक्तिलाई मद्दत गर्छ ।