एकाइ ३
पाठ: २ समालोचनात्मक चिन्तन
१. तलका प्रश्नको उत्तर दिनुहोस्:
(क) समालोचनात्मक चिन्तन भनेको के हो?
उत्तरः समालोचना शब्द सम र अलोचना दुई शब्दहरू मिलेर बनेको छ । यसरी हेर्दा कुनै विषयवस्तु वा कराको राम्रा तथानराम्रा पक्षहरूको निष्पक्षताका साथ मूल्याङ्कन गर्ने कार्य समालोचनात्मक चिन्तन हो । विभिन्न विचारबिचको तार्किकसम्बन्ध बुझेर स्पष्ट र तर्कसङ्गत सोच्न सक्ने क्षमता नै समालोचनात्क चिन्तन हो ।
(ख) समालोचनात्मक चिन्तनअन्तर्गतका सिपहरूमध्ये तपाइँलाई कुन सबैभन्दा महइभ्वपूर्ण लाग्छ? एक कारणदिनुहोस् ।
उत्तरः समालोचनात्मक चिन्तन अन्तर्गतका सिपहरूमध्ये मलाई सबैभन्दा महत्वपूर्ण विश्लेषण सिप लाग्छ, किनभने कुनैघटना, समस्या वा मुद्धासँग सम्बन्धित सूचना र तथ्याङ्क सङ्कलन गर्ने र तिनीहरूलाई शोधन गर्ने तथा त्यसको प्रभाव वानतिजाबारे विचार गर्ने सिप नै विश्लेषण सिप हो । उदाहरणका लागि १० कक्षापछि के विषय पढ्ने भन्ने समस्या छ भनेकुन विषय पढ्दा के राम्रो हुन्छ ? त्यसका लागि स्रोत साधन के के चाहिन्छ भन्नेबारे सूचना तथा तथ्याङ्क सङ्कलन गरेरतिनीहरूको प्रभाव अनुमान गर्न सकिन्छ ।
(ग) आत्मआलोचनालाई परिभाषित गर्नुहोस् ।
उत्तर: आफ्ना सबल पक्ष र कमजोर पक्ष पहिचान गर्न तथा भविष्यमा कमजोर सच्चाई आफूलाई सबल र सफल बनाउनसहयोग गर्छ । त्यस्तै यसले आफ्ना सबल पक्ष र कमजोर पक्ष केलाएर आफ्नो कमजोरी महसुस गरी कमजोर पक्षलाईस्वीकार गरी त्यसलाई सुधार गर्ने कार्यलाई आत्मआलोचना भनिन्छ ।
(घ) आत्मआलोचना र स्वरूपान्तरणबिच के सम्बन्ध छ? छोटकरीमा लेख्नुहोस् ।
उत्तर: आफ्ना सबल पक्ष र कमजोर पक्ष केलाएर आफ्नो कमजोर पक्षलाई स्वीकार गरी त्यसलाई सुधार गर्ने कार्यलाईआत्मआलोचना भनिन्छ भने आत्मआलोचना गरेर मात्र मानिसले सफलता प्राप्त गर्न सक्दैन । त्यसका लागि त आफ्नोकमजोरीलार्य हटाई आफू परिवर्तन हुनुपर्छ । आफूमा सुधार गर्न आवश्यक विचार कार्य र व्यवहारमा आफै परिवर्तनल्याउनु नै स्वरूपान्तरण हो ।
(ङ) समालोचनात्मक चिन्तनको महइत्वलाई पाँच बुँदामा लेख्नुहोस् ।
उत्तरः समालोचनात्मक चिन्तनको महत्व:
· कुनै मुद्धा वा समस्याको वास्तविक निष्कर्षमा पुग्न
· परिस्थिति अनुकूलका विभिन्न सिद्धान्त, परिभाषा कानुन लगायतका कुराहरू निश्चित गर्न
· व्यक्तिगत पक्षथरता, पूर्वाग्रहलगायतका निष्कर्षमा प्रभाव पार्ने तत्वहरूलाई हटाई उचित निष्कर्ष निकाल्न
· सान्दर्भिक तथ्य, प्रमाण र अनुभवहरूलाई समेटी असान्दर्भिक कुराहरू हटाउन कुन कुरा सर्वस्वीकार्य हो र कुनकुराका लागि प्रमाण आवश्यक छ भन्ने कुराको बोध गर्न ।
(च) समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरूको सूची बनाउनुहोस् ।
उत्तर: समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरू निम्न छन्:
(अ) विश्लेषण सिप: कुनै घटना, समस्या वा मुद्धासँग सम्बन्धित सूचना र तथ्याङ्क सङ्कलन गर्ने र तिनीहरूलाई प्रशोधनगर्ने तथा त्यसको प्रभाव वा नतिजाबारे विचार गर्ने सिप नै विश्लेषण सिप हो ।
(आ) अर्थ निर्माण सिप: सङ्क्रलित तथा प्रशोधित सूचना र तथ्याङ्कबाट अर्थ निकाल्ने क्षमता नै अर्थ निर्माण सिप हो ।
(इ) निष्कर्ष अनुमान गर्ने सिप: उपलब्ध ज्ञान पर्याप्त र विश्वसनीय छ छैन मूल्याङ्कन गरी त्यसबाट प्राप्त हुने नतिजाअनुमान गर्ने सिप नै निष्कर्ष अनुमान सिप हो ।
(ई) व्याख्या गर्ने सिप: सिप लगाइएका कुरा र तर्कलाई स्पष्टसँग अरुलार्य बुझाउन सक्ने क्षमतालाई व्याख्या सिपभनिन्छ ।
(उ) आत्मनियमन सिप: आफ्नो सोच्ने तरिका ठिक छ कि छैन भनेर निरन्तर अनुगमन र नियमन गर्नुपर्छ। यस्तो नियमनगर्ने क्षमता नै आत्मनियमन सिप हो ।
(ऊ) खुला सोचाइ सिप: आफ्नो विचार मात्र ठिक भन्ने भावनाबाट मुक्त भइ अरु सबैको विचार भावना, चासोआदिप्रति पर्याप्त ध्यान दिने सिप नै खुला सोचाइ सिप हो ।
(ए) समस्या समाधान सिप: समालोचनात्मक चिन्तनका क्रममा अप्रत्यासित रुपमा आइलाग्ने समस्याहरूलाईबुद्धिमतापूर्ण ढङ्गले समाधान गरी विभिन्न प्रकारका द्वन्द्वलाई व्यवस्थापन गर्ने क्षमतालार्य समस्या समाधान सिप भनिन्छ ।
(छ) आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन सबल बनाउँछ? यस भनाइलाई पुष्टि गर्नुहोस् ।
उत्तरः आत्मआलोचनाले व्यक्तिलाई कमजोर हैन सबल बनाउँछ किनभने आत्मआलोचना सिपले आफ्ना बसल पक्ष रकमजोर पक्ष पहिचान गर्न तथा भविष्यमा कमजोरी सच्याई आफूलाई सबल र सफल बनाउन सहयोग गर्छ । त्यस्तैयसले व्यक्तिलाई अरुको दृष्टिकोणबाट आफ्नो व्यवहारको समीक्षा गर्न सिकाउने भएकाले आत्मसचेतनाको पनिविकास गराउँछ । यसले व्यक्तिलाई समस्याको जरासम्म पुग्न र त्यसको समाधान पत्ता लगाउन सक्षम बनाउँछ ।