एकाइ ९ सहरीकरण र बसाइ सराइ
पाठ :६ सुरक्षित एवम् मर्यादित आप्रवासन
१. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) नेपालमा बसाइँसराइको ऐतिहासिक पृष्ठभूमि उल्लेख गर्नुहोस् I
उत्तर: पपुलेसन मनोग्राफ, २०१४ का अनुसार भौगोलिक क्षेत्र र बसोबास स्थान परिवर्तन गर्नुलाई बसाइँसराइ भनिन्छ नेपालमा बसाइँसराइको पृष्ठभूमिलाई हेर्दा बसाइसराइको प्रारम्भिक सुरु सुगौली सन्धि पश्चात् भएको पाइन्छ जसबाट युवाहरू भारतीय र ब्रिटिस सेनामा भर्ती हुने परम्पराले बसाइँसराइ भएको पाइन्छ । त्यसैगरी उच्च शिक्षा, कामको खोजीमा पनि मानिसहरू बसाइँसराइ सरेको पाइन्छ त्यस्तै २००१ को जनगणनामा ७६२१८२ व्यक्ति अनुपस्थित थिए भने सन् २०११ मा १९२१४९४ रहेको छ । यो अवधिमा आप्रवासी (Emigration) दर १०.७७ प्रतिहजार रहेको छ भने आप्रवासी (Immigration) ०.४६ प्रति हजार मात्र रहेको छ । सन् २०११ मा खुद अन्तर्राष्ट्रिय बसाइ १०.३२ प्रतिशत रहेको पाइन्छ । त्यस्तै सन् १९५० को मध्यबाट राप्ती उपत्यकामा पुनर्वास कार्यक्रम लागू भएपछि आन्तरिक बसाइँसराइको दोस्रो चरण भएको देखिन्छ यसरी नेपालमा बसाइँसराइको प्रवृत्ति उच्च देखिन्छ र दिनप्रतिदिन बढ्दै गएको छ ।
(ख) नेपालमा आन्तरिक बसाइँसराइको धार उल्लेख गर्नुहोस्
उत्तरः बसाइँसराइको धारले आप्रवासीहरूको एउटा समूहलाई जनाउँछ जसको एउटा साझा मूल र गन्तव्य स्थान हुन्छ नेपालमा बसाइँसराइको प्रवृत्तिले एउटा निश्चित धार र दिशालाई पछ्याएको देखिन्छ नेपालमा गाउँबाट सहर, सहरबाट गाउँ, सहरबाट सहर, अन्तरजिल्ला अन्तरप्रदेशीय बसाइँसराइका धारहरू छन् । यहाँ अन्तरप्रदेशीय र गाएँबाट बहरका मुख्य दुई धार र दिशालाई समावेश गरिएको छ । अन्तरप्रदेशीय बसाइँसराइको धारमा हिमाली र पहाडी क्षेत्रबाट तराईतर्फ हुने र एक प्रदेशबाट अर्को प्रदेशमा हुने बसाइँसराइ गरी दुई प्रकारका छन् नेपालमा विभिन्न जनगना वर्षहरूमा आन्तरिक बसाइसराइको प्रवृत्तिलाई भौगोलिक क्षेत्र, विकास क्षेत्र, जिल्ला ग्रामीण तथा सहरी क्षेत्रका आधारमा वर्गीकरण गरेको पाइन्छ I
अन्तरप्रदेशीय बसाइसराइ : नेपालमा सन् १९७१ देखि निरन्तर रूपमा तराई क्षेत्रमा आप्रवासीहरूको गन्तव्य स्थल बनेको देखिन्छ तराई क्षेत्रमा बसाइ सरेर जानेमध्ये सन् २०११ मा पहाडी क्षेत्रबाट ६४ प्रतिशत थिए । जब कि यो १९८१ मा ७६ प्रतिशत रहेको थियो यो तथ्याङ्कले पहाडी क्षेत्र सबैभन्दा धेरै बसाइ सर्नेको उत्पत्ति स्थलका रूपमा चिनिन्छ ।