एकाइ ६ नेपालको इतिहास
पाठ : ४ मध्यकालीन आर्थिक, सामजिक तथा सांस्कृतिक अवस्था
१. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) पाठमा उल्लिखित महेन्द्रमल्लको भनाइबाट आजका उद्योगी व्यवसायीले के सिक्न सक्छन् ?
उत्तरः मध्यकालिन इतिहासबाट सिक्ने कुराहरू यस प्रकार प्रस्तुत गरिएको छ ।
- मध्यकालमा विभिन्न मूर्तिहरू विभिन्न मन्दिरमा राखिएको थियो जसले सहिष्णुता कायम गरेको थियो । त्यसैले यसको इतिहासबाट हामीले धार्मिक सहिष्णुता कायम सधै राख्नु पर्छ भन्ने कुरा सिक्न सक्छन् ।
- मध्यकालिन इतिहासमा विभिन्न नाचको प्रचलनको सुरुवात गरिएको थियो । विभिन्न दरबारमा विद्वान कलाकार, साहित्यकारहरूको राम्रो सम्मान गरिएको थियो ।
- हरिश्चन्द्र नृत्य नाटक मञ्चन गरिएको थियो यस्तै समय समयमा पाटनमा थुप्रै पोखरी, धारा, इनार आदिको
व्यवस्था गरी मानिसमा सामाजिक भावनाको पाठ सिकायी पुन कुरा आज पनि हामी सिक्न सिक्छन् ।
- विभिन्न कल, वास्तुकलाको संरक्षण, सर्वधन गर्नुपर्छ जुन पछिका पुस्ताको लागि ज्ञान बुझाउन सकिन्छ भन्ने कुरा
सिक्न सक्छन् ।
- विभिन्न समयमा घटेका घटनाहरूलाई विभिन्न कलाको माध्यमबाट संरक्षण गर्नुपर्छ भन्ने कुरा सिक्न सक्छन् ।
(ख) नेपालको मध्यकालीन आर्थिक अवस्था निकै सुदृढ देखिन्छ । नेपालको हालको आर्थिक अवस्थासँग तुलना गर्दै यसलाई अझ सुदृढ बनाउनके गर्नुपर्ला ? लेख्नुहोस् ।
उत्तरः नेपालको मध्यकालिन आर्थिक अवस्था मुलतः कृषि, व्यापार वाणिज्य, उद्योग करसँग नै सम्बन्धित थियो ।
तत्कालिन अवस्थामा कृषि नेपाली अन्यतन्त्रको मेरुदण्डका रुपमा अधपि कायम रही आएको छ । तदनुरूप राज्यले पनि कृषिक्षेत्रको संरक्षणका लागि नीति नियम बनाउने मल्लकालमा पनि त्यतिकै चालु रहन्थ्यो त्यसबखत कृषि पेसालाई व्यवस्थित तथा आकर्षित गर्न सिंचाई कलाको निर्माण र त्यसको उपभोगमा खास नियम कानुनको तर्जुमा गिरएको पाइन्छ । त्यसैगरी हाल पनि यसलाई सुदृढ गर्न अर्थात अझ व्यवस्थित गर्न सिंचाइ, कलाको व्यवस्था
गर्नुपर्ने देखिन्छ । कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्ने पनि देखिन्छ । मल्लकालको अर्को प्रमुख व्यवसाय
पशुपालन थियो । राज्यले यो पेशाको अभिवृद्धि तथा प्रोत्साहनका निम्ति गौचरण आदिको व्यवस्था मिलाएको
पाइन्छ । समकालीन विवरणबाट नुवाकोट क्षेत्रमा प्रशस्त सरकारी गोठहरू रहेको थाहा पाइन्छ । अहिले पनि राज्यले पशुपालन गरी राज्यलाई पशुपालनमा आत्मनिर्भर बनाउनु पर्ने देखिन्छ । यसका लागि स्थानीय सरकारले विभिन्न कार्यक्रम, तालिम तथा प्रशिक्षण गर्नुपर्ने देखिन्छ । साथै उत्कृष्टलाई पुरस्कारको पनि व्यवस्था गर्नुपर्ने देखिन्छ।
त्यसैगरी मल्लकालको आर्थिक अवस्थाको अर्को पाटो भनेको उद्योग धन्दा पनि हो । उद्योग नेपालीहरूको
तत्कालिन समयको प्रमुख पेशामध्ये पर्दथ्यो र यसबाट उनीहरू जीवनयापनको अतिरिक्त धन आर्जन समेत गर्दथे
। निर्माण तथा कालीगढी उद्योगमा नेपाल व्यातिप्राप्त पनि थियो । त्यति बेला वस्त्र उद्योग, धातु उद्योग, खानी उद्योग, काष्ठ उद्योग, कागज उद्योग तथा लगायत विधिव उद्योगहरू सञ्चालन थिए र आज पनि यस्ता उद्योगहरू सञ्चालन
गर्न राज्यले प्रोत्साहन दिनुपर्छ त्यसका लागि सस्तो र सुलभ ऋणको व्यवस्था गर्नुपर्छ ।
(ग) मध्यकालीन नेपाली वास्तुकला उत्कृष्ट थियोभन्ने प्रमाण प्रस्तुत गर्नुहोस् ।
उत्तरः वास्तुकलाका निम्ति मल्लकालिन सुप्रसिद्ध रहेको छ । यस कालमा विभिन्न शैलीका मन्दिर, स्तुप, विहार रशिलातम दरबारहरूले अधवधि मल्लकालिन वास्तुकलाको भव्यता र कालीगढहरूको विशिष्टतायुक्त सिपलाई समेटी आएका छन् । वास्तुकला विद्हरूले त्यागोडा शैली भनेका अनेक कला र तह तहको छानोबाट बनेको मन्दिरको शैलीलाई नेपालको आफ्नो मौलिकशैली मानेका छन् जो मल्लकालिन वास्तुकलाको एक प्रमुख उपलब्धि हो । त्यसैगरी त्यागोडा शैलीका मन्दिरहरू अनेका प्रकार आकारका भएतापनि उचाइमा आठ-नौ तलासम्म गएर सबभन्दा माथि मन्दिर उभ्याइएको हुन्छ । भक्तपूर्वको न्यायपोल, क्रान्तिपूरको तलेजु, जैसीदेवल र शिवमन्दिरहरू
यही शैलीमा बनाइएको छ। विल्कुल ठाडो रुपमा चलिएका मन्दिरलाई शिखर शैलीका मन्दिर भनिन्छ । यो खालको वास्तुकला पनि मल्कालमा निकै प्रचलनमा रहेको देखिन्छ । जहासौ यो शैलीको प्रयोगको प्रश्न छ, यस सम्बन्धी मान्य प्रचलन के रहेको पाइएको छ भने प्राचीन वैदिक युगमा आगो र धुवाँबाट बच्न बनाइएका यज्ञशालाकै अनुकरण वा देउताहरूको वासस्थान हिमाल पर्वत नै हुने हुदा सोको प्रतिकका रुपमा यस शैलीको विकास हुन पुगेको हो । यस कालमा पाटन कृष्ण मन्दिर, च्यासिंगल देवल, भक्तपुरको मत्सलादेवी मन्दिर, काठमाण्डौ इन्द्रचोको शिव मन्दिर, कीर्तिपुरको हलो आदि प्रमुख मन्दिरपनि बनेका छन् ।
यसरी मल्कालमा विभिन्न शैलीमा विभिन्न वास्तुकलाको मन्दिर, मठ आदि निर्माण गरिएकाले यस मल्लकालिन
वास्तुकला उष्कृष्ट थियो ।
(घ) मध्यकालीन कला तथा संस्कृतिहरू आज पनि प्रचलनमा रहेका छन् । ती केके हुन्, उल्लेख गर्नुहोस् ।
उत्तरः संस्कृति भनेको मानवजातिले सभ्यता विकासका क्रममा सामुहिक रुपमा प्राप्त गरेको धार्मिक, आर्थिक, साहित्यिक जात्रा पर्व र कलासम्बन्धी विकास नै हो। नेपालको राजनीतक इतिहास परिवर्तन्पूर्ण रहेको भएता पनि सामाजिक सांस्कृतिक परम्परामा कुनै मात्रात्मक परिवर्तन भएको प्रतित हुँदैन । तथापि रणनीतिक परिवर्तन र धार्मिक भावनामा भएको अन्तरका कारण प्राचीन र मध्यकालको समाज सामान्य अन्तरहरू देखा पर्नु स्वाभाविक हुन्थ्यो । मध्यकालिन कला तथा संस्कृतिहरू अन्तर्गत रहेका शास्त्रीय शिक्षा, वेद, पुराण, धर्मशास्त्र, वेदान्त, न्याय, दर्शनशास्त्र आदि र अनौपचारिक व्यावसायिक शिक्षा अहिलेपनि प्रचलनमा रहेको छ ।
मध्यकालिन विस्केट जात्रा, रातो मत्स्येन्द्रनाथ जात्रा, नागपञ्चमी, गाइजात्रा, दुर्गापुजा (दशै) यमपञ्चक तिहार), शिवरात्री, वसन्तपञ्चमी, कृष्ण अष्टमी, रामनवमी, गाइजात्रा आदि प्रमुख पर्वहरू कुन जुन आज पनि प्रचलनमा रहेका छन् ।
यसैगरी विभिन्न प्रकारका कलामा सजिएका विभिन्न मठ, मन्दिरहरू पनि रहेका छन जुन आजपनि प्रचलनमा रहेका छन् ।
(ङ) मध्यकालीन सामाजिक अवस्था झल्कने संवाद तयार पार्नुहोस् ।
उत्तरः (राम र हरी कक्षा १२ मा संगै पढ्ने साथीहरू कुन र भोली कक्षामा मध्यकालिन सामाजिक अवस्थाको बारेमा पढने जानकारी सरले गराउनु भएको छ । र उनीहरू टिफिन समयमा यही कुरा गर्दै छन् साथै खाजापनि खादै छन्।
रामः साच्चै हरि, सरले भोली मल्लकालिन सामाजिक अवस्था पढ्नु पर्ने छ यसबारे तिमीलाई के के थाहा छ नि ?
हरिः केही थाहा राम, मेरा हजुरबुबाले कुरा गरेको सुनेको थिए ।
रामः के-के रहेछ ति सामाजिक अवस्था मल्कालिन अवस्थामा?
हरिः सुन राम, मध्यकालिन समाज पनि लिच्छविकालीन समाजकै मुलतः वर्ण व्यवस्थामै आधारित भएर चल्थ्यो रे,
तर विभिन्न जात उपजातको उत्पत्ति समेतले समाजलाई एउटै सामाजिक भित्र मिलाएर राख्न कठिनाइ भइसकेको थियो । मल्लकालिन दरबारमा विश्वम्भर उपादयाय नामक ब्राह्मण चौतारासम्मको पद प्राप्त गनृ सक्षम गरेका देखिन्छ। ब्राह्मण चौतारासम्मको पद प्राप्त गर्न सक्षम बनेका देखिन्छ । ब्राह्मणलाई मृत्युदण्ड नहुने मात्र होइन ब्रम्हत्या पञ्चअपराध मध्येमा पर्दथ्यो र त्यो वर्षित नै थियो रे ।
रामः अनि हरि, परिवार प्रथा कस्तो थियो साथै कुन जातिमा कस्तो कस्तो प्रचलन थियो त्यो पनि भन न ?
हरिः राम, समाजमा संयुक्त परिवार प्रथा थियो । तर यो प्रथा बढि मात्रामा नेवार समुदायमा प्रचलित थियो अन्य जातिहरू खासगरि उपत्यका बाहिरका खस र अन्य अपर्णवादी जातिहरूमा यस प्रचलनको उति प्रवलता थिएन
रामः अनि हरि, त्यतिखेरको रहनसहन र खानपिन कस्तो थियो नि ?
हरिः त्यतिखेरको नेपाली समाज रहनसहन र खानपिनमा सरल रहेको भएतापनि समाजमा वर्गीय प्रणालीको विकास भइसकेको हुदा यसको प्रभाव त्यसमा प्रचुर मात्रामा थियो। खानपिनमा हिन्दु, बौद्ध, वर्णवादी र वर्णरहित प्रथालाई मान्ने वा नमान्ने आधारमा हुन्थ्यो ।
रामः हरि, त्यतिखेर के कस्ता जात्रा र उत्साव मनाइने रहेछ नि?
हरिः सुनराम, मनोरञ्जनको हकमा नाँच गानको प्रमुख स्थान थियो । नाच गानका लागि ठाउँ-ठाउँमा हवली बनेका हुन्थे चाडपर्व तथा जात्रा उत्सव पनि मनोरञ्जनकै साधन थिए। शासक वर्ग सरतंज, गंजिफा, त्रिपासा खेली मनोरञ्जन लिन्थे । त्यहि बेला विभिन्न समय अन्त्य भएको घण्टी बन्छ र दुवैजनना कक्षातर्फ लाग्छन् ।