एकाइ १० अर्थतन्त्र र विकास
पाठ : ७ नेपालमा गरिबी चक्र र सम्बोधनका उपायहरू
१. तल दिइएका प्रश्नका उत्तर दिनुहोस्ः
(क) गरिबीको अर्थ लेख्नुहोस्
उत्तरः गरिबी भनेको आफ्नो आम्दानीले आफ्ना दैनिक आधारभूत आवश्यकता गास, बास तथा कपास जस्ता समस्याहरू समाधान गर्न नसक्नु हो । अर्को शब्दमा न्युनम क्यालोरी उपभोक्ताका लागि आवश्यक आयस्तर भन्दा कम आय हुनुलार्य गरिबी भनिन्छ । वास्तवमा गरिबी शब्दले अभावलाई जनाउछ जुन मानिससँग आर्थिक अभाव हुन्छ त्यो मानिस गरिब हो। त्यसैगरी जुन राष्ट्रसँग आर्थिक अभाव हुन्छ त्यो राष्ट्र गरिब हो जुन व्यक्ति आफ्नो जीवन जीवित राख्नका लागि दिनरात मेहनत गर्छ, शिक्षा, स्वास्थ्य, पौष्टिक आहारको कमी छ। औषधी उपार गर्न सक्दैन, विहान खाना खाएको व्यक्तिको लागि बेलुका खाने कुराको सुनिश्चितता हुँदैन भने त्यो व्यक्ति गरिब हो भने उसको प्रवृत्ति गरिबी हो
(ख) सापेक्ष गरिबी भनेको के हो ?
उत्तरः सापेक्ष गरिबीलार्य अन्य व्यक्तिको आयसँग तुलना
गरिन्छ यसमा एउटा व्यक्तिले आफ्ना आधारभुत आवश्यकताहरू पुरा गरेको छ तर समाजका अन्य व्यक्तिहरू भन्दा कम आम्दानी गर्दछ भने त्यो व्यक्ति सापेक्ष गरिबी भित्र पर्दछ सापेक्ष गरिबीको मापदण्ड आय वितरणको समानता तथा सअमानताका आधारमा हेरिन्छ। यदि राष्ट्रिय आयको वितरण समान छ भने त्यहाँ सापेक्ष गरिबी कम हुन्छ र राष्ट्रिय आयको वितरण असमान छ भने सापेक्ष गरिबी धेरै हुन्छ ।
(ग) निरपेक्ष गरिबीलाई परिभाषित गर्नुहोस् ?
उत्तरः निरपेक्ष गरिबी भनेको आफ्ना आधारभूत आवश्यकताहरू पनि पुरा गर्न नसक्ने अवस्था हो । एउटा व्यक्ति जसले आफुलाई जीवन यापनका लागि नभइ नहुने अनिवार्य वस्तुहरू खाना, कपडा तथा वासको समस्यालाई समाधान गर्न नसकि दुःख यापन गरिरहेको छ । त्यसलाई निरपेक्ष गरिबी भनिन्छ । नेपाल गरिब निवारण निति २०७६ का अनुसार आधारभुत मानवीय आवश्यकताका वस्तु, क्षमता र सेवाबाट विमुख हुने अवस्थामा जीवनयापन गर्न बाध्य भएको स्थिति नै निरपेक्ष गरिबी हो ।
(घ) गरिबीको चक्रलाई माग र पुर्ति दुवै पक्षको सूचकाङ्कका आधारमा व्याख्या गर्नुहोस् ।
उत्तरः गरिबको चक्रले एउटा व्यक्ति वा राष्ट्र गरिब भएका कारणले नै पुनः गरिबीमा दुग्ध भन्ने कुरा देखाउँछ । नेपालमा आर्थिक विकासको अवरोधका रुपमा यस चक्रलाई लिने गरिन्छ । यसलाई माग र पूर्ति पक्षबाट व्याख्या गरिन्छ ।
यो नेपाली अर्थतन्त्रको वास्तविक अवस्था । यस्तो गरिबीको कुचक्र तोड्नका लागि लगानीमा वृद्धि गर्नुपर्छ । लगानीमा वृद्धि गर्ने पहिलो उपाय भनेको आन्तरिक पुँजीको परिचालन हो । लगानीमा वृद्धि गर्दा उत्पादन तथा रोजगारीमा वृद्धि हुन्छ। फलस्वरूप, अन्य तथा बचतमा वृद्धि हुन्छ । जसले गरिबीको त्यस्तो कुचक्रलाई सुचकमा परिणत गर्छ ।
गरिबीको चक्रमा माग पक्षका सुचकांकहरू यस प्रकार प्रस्तुत गरिएको छ ।
- गरिबी
-न्यून उत्पादन
-न्यून लगानी
-न्यून माग
-न्यून आय
(ङ) नेपालका लागि गरिबी चक्रको सम्बोधनका उपायहरूको व्याख्या गर्नुहोस्
उत्तरः गरिबी नेपाली अर्थतन्त्रको प्रमुख समस्या हो नेपालले नवी योजनादेखि लगातर वर्तमान योजनासम्म पनि गरिबी निवारणलाई प्रमुख उद्देश्यमा राखेको छ तर १८.७ प्रतिशत मानिस गरिबीको रेखामुनी गरेका छन् । नेपालमा गरिबीको चक्र बलियो गरी बसेको छ। यसलाई तोड्न लागि निम्न लिखित उपाय अबलम्बन गर्न सकिन्छ ।
१. लगानीमा वृद्धिः यो एउटा सशक्त माध्यम हो । नेपालमा लगानीमा वृद्धि गर्न आयाम र बचतमा कमी छ । यस्तो कमीलाई पुरा गर्न नेपाल सरकारले अल्कालिन तथा दीर्घकालिन स्वरूपका आन्तरिक तथा बाह्य ऋण सहयोग, अनुदान आदि लिन सक्छ। फलस्वरूप, लगानीमा वृद्धि हुन्छ र नेपालमा रहेको गरिबीको चक्र तोड्न सकिन्छ ।
२. प्राकृतिक साधनको उपयोगः देशमा प्राकृतिक साधनहरूको उच्च परिचालनबाट रोजगारीमा वृद्धि हुन्छ । आर्यआर्जन वृद्धि गर्दै गरिबी न्युनिकरण गर्न सकिन्छ । प्राकृतिक साधनहरूको उपयोगद्वारा उद्योग, पूर्वाधार तथा कृषि क्षेत्रको विकास गर्न सकिन्छ । रोजगारीको वृद्धि गर्दा नागरिकहरूको आयमा वृद्धि हुन्छ । फलस्वरूप देशमा रहेको उच्च गरिबीलाई न्यूनीकरण गर्न सकिन्छ ।
३. लक्षित समुह कार्यक्रमः देशमा विभिन्न क्षेत्रहरूमा छरिएर रहेका वा बसोबास गरेका आम नेपाली नगारिक मध्ये वास्तविक गरिब नेपालीहरूको पहिचान गरी ति गरिब नेपालीहरूको आम्दानीमा वृद्धि गर्ने खालका विभिन्न कार्यक्रमहरू सरकारी तथा अन्य सम्बन्धित निकाय बाट सञ्चालन गरिनुपर्छ । यसरी लक्षित समुहका लागि बनाइएका कार्यक्रमहरूबाट अरू माध्यम तथा उच्च वर्गका मानिसहरूले कुनै प्रकारको फाइदा उठाउन नसकुन भनी सर्तकता अपनाउनु पर्दछ ।
४. जनसहभागितामा वृद्धि :सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालन गरिने गरिबी निवारणसम्बन्धी विभिन्न कार्यक्रमहरूमा स्थानीय गरिब समुदायका व्यक्तिहरूलाई कार्यक्रम सञ्चालन प्रक्रियामा सहभागी बनाउनुपर्छ । यसो गर्दा उनीहरूले ती कार्यक्रमहरूलाई सहज रुपमा स्वीकार गर्ने तथा सहयोग गर्ने गर्दछन् । फलस्वरूप ती गरिबी निवारण वा न्युनीकरणका कार्यक्रमहरू र ती कार्यक्रमहरू र ती कार्यक्रमहरूबाट प्राप्त उपलब्धि दिगो बन्ने गर्दछन्
५. रोजगारीमा वृद्धिः गरिव तथा बेरोजगार मानिसहरूले उच्च शिक्षा तथा सिप हासिल नगरेका कारण न्युन आम्दानी हुन्छ । ती व्यक्तिहरूलाई रोजगारीको सिर्जना गर्न सकेको खण्डमा उनीहरूको आम्दानीमा वृद्धि हुन्छ र नेपालमा गरिबी न्युन गर्न सकिन्छ ।
६. कृषिमा आधुनिकीकरणः नेपालमा धेरै मानिस कृषि पेसामा लागेका छन् यदि कृषि क्षेत्रलाई व्यवसायिक मुखी, आधुनिकी तथा कृषि उत्पादकत्व उच्च गर्ने हो भन्ने कृषि पेसामा लागेका किसानहरूको आम्दानीमा वृद्धि हुन्छ र नेपालको गरिबी न्युनिकरण हुन्छ ।
७. शिक्षा तथा तालिमको व्यवस्थाः ग्रामीण क्षेत्रमा रहेका किसानहरूलाई कृषि सम्बन्धी शिक्षा तालिम प्रदान गर्ने तथा सहरी र अर्थसहरी क्षेत्रका वेरोजगार व्यक्तिलाई रोजगारमुलक शिक्षा तथा तालिमको व्यवस्था गरी रोजगारीमा वृद्धि गर्न सकेको खण्डमा गरिबी न्यूनीकरण गर्न सकिन्छ