एकाइ ७ सामजिक पहिचान र विविधता
पाठ : ६ समतामूलक समाज
(क) समतामूलक समाजको परिचय दिनुहोस् ।
उत्तर: समतामूलक समाज भनेको त्यस्तो समाज हो जो समावेशी समाजभन्दा अझ एक स्तरमाथिको मानिन्छ । यस्तो समाजमा सबै नागरिकलाई समाज पहुँचको व्यवस्था हुन्छ भने जातजाति, लिङ्ग, वर्ण, आर्थिक, अवस्था, शारीरिक अवस्था, सामाजिक तथा सांस्कृतिक अवस्थाका आधारमा भेदभाव गरिदैन । विविध कारणले वर्षौंदेखि पछाडि परेका र पारिएका सबै नागरिकलाई समावेशी र सामाजिक न्यायको सिद्धान्त अनुसार विकास र राज्यप्रणालीको मूल धारमा समाहित गरिन्छ । हाम्रो जस्तो विविधता र आर्थिक सामाजिक विषेशतायुक्त राष्ट्रमा समतामूलक समाजको निर्माण एकैपटक हुन सक्दैन । यसरी अन्त्यमा समाज र राज्य सबैको हो, यहाँ सबै समान छन्भ न्ने भावनाको विकास गरिन्छ जसलाई नै समतामूलक समाज भनिन्छ ।
(ख) समतामूलक समाज निर्माण गर्ने उपायहरू प्रस्तुत गर्नुहोस्
उत्तरः समतामूलक समाज निर्माण गर्ने उपायहरू यसप्रकार
छन् :
- सशक्तिकरण : समतामूलक समाज निर्माणका लागि पिछडिएका र अवसरबाट वञ्चित नागरिकहरूलाई सर्वशुलभ शिक्षा, साक्षरता, सिपमूलक तालिम, सहुलियतपूर्ण वा निर्व्याजी पुँजीको उपलब्धता लगायतका सशक्तिकरणका उपायहरू अवलम्बन गर्नुपर्छ ।
- मूल प्रवाहीकरण: जबसम्म देशमा आर्थिक तथा सामाजिक रूपले पछाडि परेका वा पारिएका वर्गलाई मूल धारमा समाहित गरिदैन तबसम्म समतामूलक समाजको निर्माणको परिकल्पनासम्म गर्न सकिदैन ।
- हस्तक्षेपकारी नीति : राज्यमा मूल प्रवाहीकरणमा आउन - नसकेका वर्गलाई समाहित गर्नका लागि राज्यले हस्तक्षेपकारी नीति अवलम्बन गर्नुपर्छ यसका लागि संविधान तथा कानुनमा व्यवस्था गर्नुपर्ने हुन सक्छ ।
- रोजगारमूलक लक्षित कार्यक्रम : पिछडिएको क्षेत्र, जाति, लिङ्ग र आर्थिक पछौटेपन भएका वर्गका लागि रोजगारमूलक लक्षित कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ । यसले उनीहरूको आर्थिक अवस्थामा सुधार आई सशक्तिकरणमा मद्दत पुग्छ ।
सहज र न्यायोचित पहुँचको सुनिश्चितता समाजमा हुने र नहुने बिचको खाडल कम गर्नका लागि जातीय, भाषिक, लैगिक, शारीरिक अवस्था एवम् आर्थिक कारणले पछाडि परेका वर्गलाई मूलधारमा समाहित गर्नका लागि सहज र न्यायोचित पहुँचको सुनिश्चितता गर्नुपर्छ ।
- सुशासन : समतामूलक समाज निर्माणका लागि सुशासन अनिवार्य सर्त हो सुशासनले मात्र नागरिकमा राज्यप्रति अपनत्व वृद्धि गर्छ । भ्रष्टाचार नियन्त्रण गर्न र विधिको शासन कायम गर्न मद्दत गर्छ । यदि सुशासन भएन भने उल्लिखित कुनै पनि उपायले सामाजिक न्याय प्राप्त हुन सक्दैन
- समावेशीकरण : विभिन्न समयमा विभिन्न कारणले राज्यमा पछाडि परेका वा पारिएका, विकासको मूल धारमा समावेश हुन नपाएका व्यक्ति वा समूहलार्य आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक अधिकारहरूबाट सुसम्पन्न गराउने कार्य समावेशीकरण हो समाज वा राज्यमा हुने विभिन्न प्रकारका विदेभले वञ्चितीकरणको अवस्था सिर्जना हुन्छ
(ग) नेपालमा समावेशीकरणका लागि भएका प्रयासहरूको समीक्षा गर्नुहोस् I
उत्तर: नेपालमा प्रजातन्त्रको उदयसँगै हरेक दलले आफ्नो घोषणापत्रमा समतामूलक समाज निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेको देखिन्छ ती दलहरू सरकारमा पुगेपछि बनेको हरेक आवधिक योजनामा पनि समतामूलक समाजको निर्माण गर्ने प्रयत्न भएको पाइन्छ नागरिकलाई समावेशीकरणको सिद्धान्त अनुसार मूल धारमा समाहित गरी समतामूलक समाजको निर्माण गर्नका लागि समावेशी नीतिलाई मूल नीतिका रूपमा अवलम्बन गरिएको देखिन्छ । त्यसैगरी शासकीय प्रणालीमा सुधार गरेको देखिन्छ जसमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक-फरक लिङ्ग वा समुदायको हुने गरी निर्वाचन हुने प्रणालीको विकास भएको देखिन्छ । यसैगरी सभामुख र उपसभामुखमा एक जना महिला हुनुपर्ने प्रावधान छ । सङ्घीय कार्यपालिका र प्रदेश कार्यपालिकामा समावेशी सिद्धान्तका आधारमा मन्त्रिपरिषद्को गठन गर्नुपर्ने भएकाले यसमा पनि समावेशीकरणमा प्रयास भएको छ । त्यसैगरी गाउँपालिकामा गाउँसभाले निर्वाचित गरेका दलित वा अल्पसङ्ख्यक समुदायबाट दुईजना र महिला चार जना गरी जम्मा ६ जना सदस्य थप गरेको, यसले पनि समावेशीकरणमा सहयोग गरेको देखिन्छ यसरी हेर्दा सबै क्षेत्रमा कोटा निर्धारण गरेको देखिन्छ । त्यसैगरी निजामती सेवालाई समावेशी बनाउन खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याई सो प्रतिशतलाई सत्प्रतिशत मानेर छुट्टाछुट्टै प्रतिस्पर्धा राई पदपूर्ति गरिने व्यवस्था रहेको देखिन्छ । त्यस्तै विविध छात्रवृत्ति, भत्ताको पनि व्यवस्था गरिएको देखिन्छ । यसरी नेपालमा समावेशीकरणका लागि सक्दो प्रयास भएको पाइन्छ ।
(घ) समतामूलक समाज निर्माणमा तपाईंले खेल्न सक्ने भूमिकाको सूची तयार पार्नुहोस् ।
उत्तरः समतामूलक समाज निर्माणमा म आफूले खेल्न सक्ने भूमिकाहरू यसप्रकार रहेका छन् :
- रोजगारी लक्षित कार्यक्रम : सामाजिक आर्थिक रूपले पछाडि परेका र पछाडि पारिएका सीमान्तकृत, अल्पसङ्ख्यक, लोपोन्मुख, महिला अपाङ्गता भएका आदि आधारभूत वर्गका लागि दलित र स्वरोजगारमूलक कार्यक्रम सञ्चालन गर्ने ।
- शैक्षिक छात्रवृत्तिमाथि लगानी : गाउँमा सेवा सुविधाको वृद्धि गर्ने र लक्षित वर्गलाई उच्च प्राथमिकता दिने जस्ता नीति अवलम्बन गरी समतामूलक समाजको निर्माण गर्न सकिन्छ ।
- स्वास्थ्य, शिक्षा, रोजगारी लगायत आवश्यक पूर्वाधारको - सन्तुलित विकास र त्यसमा जनताको सहज र न्यायोचित पहुँचको सुनिश्चितता गर्ने ।
• शासकीय पात्रहरूमा निहित शक्ति, अधिकार, दायित्व - र नागरिक सेवा र सन्तुष्टि सापेक्ष शासन प्रणाली त्यसको जगमा निर्मित समुन्नत समाजबाट समानतामूलक समाजको परिकल्पना छ I