एकाइ ७ सामजिक पहिचान र विविधता
पाठ: २ लैब्गिक सवाल
तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) लिङ्ग भनेको के हो ?
उत्तरः लिङ्गको अध्ययन गर्दा प्राकृतिक लिङ्ग र सामाजिक लिङ्ग
गरी दुई अवधारणाबाट हेरिन्छ । अङ्ग्रेजीमा प्राकृतिक लिङ्गलाई
sex र सामाजिक लिङ्गलाई gender भनिन्छ । लिङ्गलाई
प्राकृतिक लिङ्ग अनि लैङ्गिकतालाई सामाजिक लिङ्गका रूपमा
व्याख्या गर्ने प्रचलन छ । महिला र पुरुषको बिचमा प्रकृतिले
गरेको भेद लिङ्ग (Sex) हो भने सामजिक व्यवहार र परम्पराले
गरेको भेद लैङ्गिकता (Gender) हो ।
(ख) प्राकृतिक लिङ्ग र सामाजिक लिङ्गबिचको भिन्नता उल्लेख
गर्नुहोस् ।
उत्तर: प्राकृतिक लिङ्ग :- मानव जन्मने बित्तिकै प्राकृतिक रूपमा छोरा
वा छोरी भनेर पहिचान दिइन्छ । यो पहिचान उसका शारीरिक
बनावट र ज्ञानेन्द्रीयहरूका आधारमा कायम गरिन्छ । प्राकृतिक
लिङ्गका आधारमा महिला र पुरुषका बिचमा भिन्न भिन्न
जैविकीय विशेषताहरू हुन्छन् ।
सामाजिक लिङ्ग :- मानवको जन्मपश्चात महिला र पुरुषका
लागि समाज र संस्कृतिले फरक फरक सुविधा, अवसर र
भूमिका प्रदान गरेको हुन्छ । जब मानव हुकदै जान्छ विस्तारै
उसलाई सामा तथा सांस्कृतिक रूपमा लैङ्गिक विभेद गर्ने
प्रचलन छ । तिमी छोरा छौ, तिमीले यो काम गर्नुपर्छ र यो काम
गर्नु हुँदैन भनी सिकाइन्छ । तिमी छोरी हौ तिमीले यो काम
गर्नुपर्छ यो र यो काम गर्नु हुँदैन भनेर सिकाउदै लगिएको हुन्छ ।
लैङ्गिकतालाई बाल्यकालदेखि नै परिवार र समाजले तयार पार्दै
लैजान्छ । सामाजिक तथा सांस्कृतिक रूपमा त्यस्तो कुनै काम
लैजान्छ । सामाजिक तथा सांस्कृतिक रूपमा त्यस्तो कुनै काम
वा भूमिका हुँदैन जो महिला वा पुरुषले गर्ने भनी फरक फरक
भूमिकाहरू निर्धारण गरिदिएको हुन्छ । यसरी समाजद्वारा तयार
पारिएको लैङ्गिक विभेद नै लैङ्गिकता हो ।
(ग) बेइजिङ घोषणापत्रमा उल्लेखित महिला सरोकारका क्षेत्र
उल्लेख गर्नुहोस् ।
उत्तर: बेइजिङ घोषणापत्रले निर्धारण गरेका महिला सरोकारका
क्षेत्रहरू यसप्रकार छन् :
- महिला र गरिबी
- महिलाको शिक्षादीक्षा
- महिला र स्वास्थ्य
- महिलामाथिको हिंसा
- महिला र सशस्त्र सङ्घर्ष
- महिला र अर्थतन्त्र
- शक्ति र निर्णय कार्यमा महिला
- महिलाको उन्नतिका लागि संस्थागत संयन्त्र
- महिलाका मानवीय अधिकार
- महिला र सञ्चारका माध्यम
- महिला र वातावरण
- बालिका
(घ) यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहिचानका
सवालहरुको चर्चा गर्नुहोस् ।
उत्तर: पुरुष वा महिलाको पहिचानभन्दा फरक पहिचानका
व्यक्तिहरूलाई यौनिक वा लैङ्गिक अल्पसङ्ख्यक भनिन्छ ।
यौनिक अल्पसङ्ख्यकलाई अङ्ग्रेजीमा LGBTIQ समूह भनिन्छ। ट्रान्स सेक्सल र इन्टर सेक्सु लयहरू जैविक रूपले तेस्रो लिङ्गी हुन् जो महिला वा पुरुष भन्दा फरक हुन्छन् इन्टरसेक्सुअलहरू मध्ये केहीको शारीरिकरूपमा लिङ्ग नै छुट्टिएको हुँदैन भने केहीको महिला र पुरुष दुवैको जननेन्द्रीय हुन्छ । ट्रान्स जेन्डर वा ट्रान्स सेक्सुअलहरू भने शारीरिक रूपमा महिला भए पनि भावनात्मक र मानसिक रूपमा पुरुष अनुभूति गर्छन् । त्यस्तै शारीरिक रूपमा पुरुष भए पनि भावनात्क र मानसिक रूपमा महिला अनुभूति गर्छन् । उनीहरू विपरित लिङ्गको वस्त्र लगाउन रूचाउने, समान लिङ्गका साथी वा जीवन साथी बनाउन रुचाउने हुन्छन् । ती मध्ये कतिपयले सर्जरी गरेर र हर्मन परिवर्तन गरेर लिङ्ग परिवर्तन समेत गर्छन् ।
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक भित्र समलिङ्गीहरू पनि पर्छन् जसलाई गे, लेस्वियन र बाइसे क्सुअल भनिन्छ । बाइस क्यसुअलहरू भने आफू जुन लिङ्गको भए पनि आफ्नै समूहको पुरुष वा महिला र विपरित लिङ्गको क्सुअलहरू भने आफू जुन लिङ्गको भए पनि आफ्नै समूहको पुरुष वा महिला र विपरित लिङ्गको पुरुष वा महिला दुवैप्रति आकर्षित हुन्छन् ।
पछिल्लो समयमा हाम्रो समाजमा यौनिक अल्पसङ्ख्यकहरूलाई हेर्ने दृष्टिकोणमा सुधार हुन थालेको छ उनीहरू पनि यसै समाजका सदस्य हुन् हाम्रा जे जे समस्या र आवश्यकता हुन्छन् उनीहरूका पनि त्यस्तै समस्या र आवश्यकता हुन्छन् त्यसैले सबै योनिक अल्पसङ्ख्यकलार्य अरु सरह नै व्यवहार गर्नुपर्छ । आफ्नो पहिचानसहित सम्मानित जीवन जिउन पाउनु उनीहरूको हक हो
(ङ) नेपालमा महिलाहरू पछाडि पर्नुको कारण लैङ्गिक विभेद हो। यस भनाइप्रति आफ्ना तर्कहरू प्रस्तुत गर्नुहोस् ।
उत्तर: मानवको जन्मपश्चात् महिला र पुरुषका लागि समाज र संस्कृतिले फरक फरक सुविधा, अवसर र भूमिका प्रदान गरेको हुन्छ । जब मानव हुर्कदै जान्छ विस्तारै उसलाई सामाजिक तथा सांस्कृतिक रूपमा लैङ्गिक विभेद गर्ने प्रचलन छ । तिमी छोरा हो, तिमीले यो काम गर्नुपर्छ र यो काम गर्नु हुँदैन भनी सिकाइन्छ । त्यस्तै छोराले पढ्नु पर्छ तर छोरीले अर्काका घरमा जानुपर्छ त्यसैले छोरीले पढ्नु हुँदैन भन्ने मान्यता अहिले पनि हाम्रो समाजमा विद्यमान छ। त्यसैगरी सामाजिक तथा सांस्कृतिक रूपमा त्यस्तो कुनै काम वा भूमिका हुँदैन जो महिला वा पुरुषले मात्र गर्नुपर्छ अर्थात् महिलाले घरायसी काम गर्नुपर्छ भन्ने अर्थात् समाजका विविध काममा महिलालाई सहभागी नगराउने गरेको देखिन्छ। विविध प्राविधिक कार्यमा महिला भन्दा पुरुषलाई नै लगाउने वा महिलाले काम गर्न सक्दैनन् भर्ना विभेद गरिन्छ जसले गर्दा महिला पछाडि परेका छन् । यसैगरी विधि क्षेत्रमा महिलालाई विभेद गर्ने गरिन्छ जसले हरेक क्षेत्रमा महिलालाई पछि पारेको देखिन्छ यसैले अन्त्यमा भन्न सकिन्छ कि नेपालमा महिलाहरू पछाडि पर्नुको कारण लैङ्गिक विभेद हो
(च) जैविक र सामाजिक लिङ्गका भूमिकाहरू तालिकामा देखाउनुहोस् ।
उत्तरः मानवको जन्मपश्चात महिला र पुरुषका लागिसमाज र संस्कृतिले फरक-फरक सुविधा, अवसर र भूमिका प्रदान गरेको हुन्छ । जब मानिस हुर्कदै जान्छ विस्तारै उसलाई सामाजिक तथा सांस्कृतिक रुपमा लैङ्गिक विभेद गर्ने प्रचलन छ तिमी छोरा हौ, तिमीले यो काम गर्नुपर्छ र यो काम गर्नु हुँदैन भनी सिकाइन्छ तिमी छोरी हॉ, तिमीले यो काम गर्नुपर्छ र यो काम गर्नु हुँदैन भनी सिकाइन्छ। तिमी छोरी ही तिमीले यो काम गर्नुपर्छ यो र यो काम गर्न हुँदैन भनेर सिकाउदै लगिएको हुन्छ लैङ्गिकतालार्य बाल्यकालदेखि नै परिवार र समाजले तयार पार्दै लैजान्छ । यही नै सामाजिक लिङ्गको महत्वपूर्ण भूमिका हो I
मानव जन्मने वित्तिकै प्राकृतिक रूपमा छोवा वा छोरी भनेर पहिचान दिइन्छ यो पहिचान उसका शारीरिक बनावट र जनेन्द्रीयहरूका आधारमा कायम गरिदिइन्छ । जसले गर्दा जैविक लिङ्गका आधारमा महिला र पूरषका बिचमा भिन्न विशेषताहरू तय गरिदिन्छ । यही नै जैविक लिङ्गको महत्वपूर्ण भूमिका हो ।
(छ) लैङ्गिक सवालका विषयमध्ये कुनै एक विषयमा अध्ययन गरी एक लेख तयार पार्नुहोस्
उत्तरः सार्थक विकास र लैङगिकता परिपूरक हुन् विकास सापेक्षित तर बहुआयामिक विषय हो । आर्थिक रूपले सम्पन्न, सामाजिक रूपले गतिशील, मानवीय रूपले सक्षम, मनोवैज्ञानिक दृष्टिकोणले सकारात्मक र दृढ अनि आत्मविश्वासी एवम् राजनीतिक दृष्टिकोणले सचेतना भएको अवस्था नै समग्रमा विकास हो, विकासलाई सर्वस्वीकार्य, दिगो, सारप्रभावी, न्यायोचित र सन्तुलित बनाउन लैङ्गिक मूल प्रवाहीकरण आवश्यक हुन्छ ।
लैङ्गिकता सामाजिक दृष्टिकोण हो । यौन नारीवादी सोच हो न त पुरुषवादी । यसले महिला र पुरुषको समान भूमिका सहभागिता एवं स्रोतमा पहुँच, निर्णय र सामाजिक, सांस्कृतिक एवम् राजनीतिक जीवनमा क्रियाशीलताको खोजी गर्छ । विकासको गति कार्यक्रम र विकासक्रम अनुरूप यसलाई विकासमा महिला, महिला र विकास एवं लैङ्गिक र विकासका रूपमा अघि बढाएको हो ।
नेपालका सन्दर्भमा संविधानको प्रस्तावनामै लैङ्गिक विभेदको अन्तय गर्ने उल्लेख गरिएको छ । आर्थिक समानता, समृद्धि, सामाजिक न्याय सुनिश्चित गर्न, समानुपातिक, समावेशी सहभागितामूलक सिद्धान्तका आधरमा समतामूलक समाजको निर्माणको कुरा पनि त्यहाँ समेटिएको छ शान्ति समृद्धि, विकास र सुशासनको आकांक्षा पूरा गर्न आर्थिक, सामाजिक, न्यायिक, राजनीतिक एवं शैक्षिक गतिविधिहरूलाई लैगिक भूमिकाबाट विश्लेषण गरिनु जरुरी छ ।
सरकारले विनियोजित गर्ने लैङगिक उत्तरदायी बजेटको हिस्सा २५ प्रतिशत छ आधारभूत तहमा अध्यापन गर्ने महिला शिक्षकको अनुपात ३५ प्रतिशत भन्दा माथि छ ।
यसैगरीलैङ्गिक समानतामा समस्याको कुरा गर्दा अशिक्षा हानिकारक अभ्यास, परम्परागत मूल्य मान्यता र प्रथा, परम्परा, घरेलु, यौनजन्य र लैङ्गिकतामा आधारित हिंसा प्रमुख समस्या हो ।
लैङ्गिक मूलप्रवाहीकरणका लागि तीनै तहका सरकारले क्षेत्रगत नीति, कानुन र कार्यक्रम तर्जुमा गर्नुपर्छ । लैङ्गिक हिसाबले संवेदनशील सार्वजनिक निकाय, लैङ्गिक आचारसंहिता, लैगिक सम्पर्क विन्दु एवं लैगिक बजेट मार्फत् राज्यका सबै तहमा लैगिक विकासलाई संस्थागत गर्नु पर्छ लैङ्गिक हिंसाको समूह अन्त्य गर्न मूल कारणमा लगानी एवं निरोधात्मक, प्रवर्धनात्मक र उपचारात्मक पद्धतिको विकास गर्नुपर्छ ।