एकाइ ३
पाठ : १ जीवनोपयोगी सिपको ऐतिहासिक पृष्ठभूमि, वर्गीकरण र अभ्यास
१. तलका प्रश्नको उत्तर दिनुहोस्:
(क) जीवनोपयोगी सिप विद्यालय शिक्षा औपचारिक रूपमा कहिलेदेखि सुरु भएको हो?
उत्तरः जीवनोपयोगी शिक्षाको अवधकारणा सन् १९६५ तिर नै विकास भएको हो सन् १९८६ मा Ottoblo charter for Health promotion ले यसलाई असल स्वास्थ्य छनोट गर्नका लागि आवश्यक मनी स्वीकार गरेको थियो । सन् १९८३मा बाल अधिकार महासन्धिले जीवनोपयोगी शिक्षा बालबालिकाको चौतफी विकास गर्नका लागि निर्देशित हुनुपर्नेउल्लेख गरेको थियो । यसको औपचारिक सुरुवात भने सन् १९९० मा थाइल्याण्डको जोमटेन सहरमा शिक्षासम्बन्धीअन्तर्राष्ट्रिय सम्मेलन भएको थियो । त्यस सम्मेलनले सबैका लागि शिक्षा घोषणा गर्यो । उक्त घोषणामा बाँच्न, क्षमताविकास गर्न र गुणस्तरीय जीवनका लागि जीवनोपयोगी सिपलाई पनि समावेश गयो त्यसपछि सन् १९९८ को अप्रिल ६२७ मा विश्व स्वास्थ्य सङ्गठनको कार्यालय जेनेभामा जीवनोपयोगी सिप शिक्षासँग सम्बन्धित संयुक्त राष्ट्रसङ्घीयनिकायहरूको बैठक बसि जीवनोपयोगी सिपहरूको कार्य ढाँचा तयार गरे र २००० मा सेनेगलको राजधानी डकारमाभएको 'सबैका लागि शिक्षा को सम्मेलनले जीवनोपयोगी सिपलाई व्यवस्थित रूपमा मावेश गर्यो ।
(ख) समस्या समाधान सिप जीवनोपयोगी सिपको कुन समूहमा पर्छ ?
उत्तरः समस्या समाधान सिप जिवनोपयोगी सिपको सोचाइ सिपमा पर्छ । सोचाइ सिपले व्यक्तिलाई आफ्नोदिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछन् ।
(ग) विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरूलाई कति समूहमा वर्गीकरण गरिएको छ? छोटकरीमाउल्लेख गरी कुनै एक समूहमा पर्ने सिपहरूको सूची बनाउनुहोस् ।
उत्तरः विश्व स्वास्थ्य सङ्गठनका अनुसार जीवनोपयोगी सिपहरूलाई तिन भागमा वर्गीकरण गरिएको छ । आत्मबोध सिपअन्तरवैयक्तिक सिप र सोचाइ सिपहरू गरी तिन समूहमा वर्गीकरण गरिएको छ । आत्मबोध सिपहरूमा व्यक्तिले आफ्नोजीवनलाई व्यवस्थित बनाउन चाहिने सिपहरू पर्छन । यसमा तनाव व्यवस्थापन, संवेगात्मक नियमन, सकारात्मक सोच रआत्मसम्मान गरी चारओय सिपहरूलाई समावेश गरिएको छ ।
(घ) जीवनोपयोगी सिप सिक्नाले हुने फाइदालाई पाँच बुँदामा उल्लेख गर्नुहोस् ।
उत्तरः जीवनोपयोगी सिप सिक्नाले हुने फाइदाहरूलाई यस प्रकार छन् :
· जीवनोपयोगी सिपले व्यक्तिको आफ्नो जीवनलाई व्यवस्थित बनाउन सहयोग गर्छ ।
· समाजमा सफ र सहज जीवन जिउन सक्षम बनाउँछ ।
· व्यक्तिलाई आफ्नो दिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछन् ।
· लक्ष्य निर्धारण, निर्णय निर्माण, समस्या समाधान गर्न सक्षम बनाउछ ।
· समालोचनाका तथा सिर्जनात्मक सोच, कार्यसम्पादन, उत्थानशीलतामा सक्षम बनाउछ ।