एकाइ ९ सहरीकरण र बसाइ सराइ
पाठ: ३ गाउँ सहर सम्बन्ध
१. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) गाउँ सहर सम्बन्धको अवधारणा उदाहरणसहित स्पष्ट
पार्नुहोस् ।
उत्तरः मानवलाई सामाजिक प्राणी भन्ने गरिन्छ तर म सामाजिक भन्दा पनि भौतिक प्राणी भन्न रुचाउछु कारण यदि सामाजिक प्राणी भन्ने नै हो भने गाउँ सहर बिचको मानवमा मनमन बिचको धरातल र विभेद किन ? मानवीय तृष्णता यदि हुँदैन थियो भने गाउँका मानिसलाई पाखेको उपनाम दिन आवश्यक नै थियो र ! यदि थिएन भनी उसको र मेरो सम्बन्ध किन सम्भव रहेन त ।
मलाई आज पनि सम्झना छ तिमी म अनि हाम्रो सम्बन्ध त्यो मधुर प्रकाश बीचमा उदाएकी तिनी त्यही भिडमा एक्लै अनायासै रुमल्लिएको म तिमी छुट्टै समाजमा हुकिएको कसरी हाम्रो आँधा जुधिथ्यो र उसको राम्रो कसरी मिल्थ्यो र हामी संस्कृत परम्परा अनि रीतिरिवाज तिमी सहरी वातावरणमा हुर्किएको भनि म गाउँले परिवेशमा हिलो धुलो उकाली ओराली, भेडाबाखा आदिसँग खेल्दै हुर्केको, तिमी न त धुलो देख्थेउ न उकाली ओराली चड्ने मौका नै पायौ । हो हाम्रो समबन्ध नि ती पहाडभन्दा कम छ । यसरी हेदें जाँदा उत्पादित गाउले सामानको प्रयोग पनि सहरमा बढी देखिन जान्छ त्यसरी नै गाउँ र सहरको सम्बन्धको अवधारणालाई अझ प्रगाढ बनाउन सकिन्छ । ग्रामीण क्षेत्रको वस्तु उत्पादन र बजारीकरणको माध्यमबाट सामाजिक आर्थिक रुपान्तरणमा महत्त्वपूर्ण भूमिका देखिन्छ । यसरी अन्त्यमा भन्नुपर्दा उत्पादित वस्तु बजार र बजारबाट पाउने सेवा ग्रामीणसँग देखिने र यस विषयवस्तु प्रगाढ बनाउनबाट नै गाउँ सहर सम्बन्धको अवधारणा आएको देखिन्छ ।
(ख) गाउँ सहर सम्बन्धका आयामहरूको सङ्क्षिप्त चर्चा
गर्नुहोस् ।
उत्तर: गाउँमा बसोबास गर्ने अधिकांश मानिसहरूको जीवनशैली कृषिमा आधारित छ । सहरी अर्थतन्त्र, उद्योगधन्दा, कलकारखाना, व्यापार, व्यवसाय र सेवामूलक क्षेत्रसँग सम्बन्धित छ । गाएँमा उत्पादित वस्तुहरूको बिक्री सहरमा गरिन्छ भने सहरले वस्तु तथा सेवाको वितरण गर्छ । गाउँ सहर सम्बन्धले गाउँको विकासमा सहरको भूमिकालाई जोड दिएको छ । तसर्थ गाउँको विकासका लागि सहरले ग्रामीण उत्पादन र श्रम शक्तिको माग सिर्जना गर्छ । गाउँको दिगो विकासका लागि कृषिको उत्पादन प्रक्रिया परिवर्तन गर्नुपर्छ | ग्रामणि उत्पादनलाई बजार र उद्योगसँग आवद्ध गराई सामाजिक आर्थिक रुपान्तरणको वातावरण बनाउनु पर्छ । यो सम्बन्ध स्थापनामा बजार केन्द्र, यातायात र सञ्चार प्रणाली र पृष्ठप्रदेशहरूले भूमिका खेल्नु नै गाउँ सहर सम्बन्धका आयामहरू हुन् ।
(अ) बजार केन्द्र :- उत्पादिन ग्रामीण वस्तुहरू खाद्यान्न सहरका
बजारका केन्द्रहरूमा बिक्री वितरण हुन्छ जसले गर्दा ग्रामणि
जनसमुदायको आर्थिक उन्नति हुन्छ भने सहरमा सेवा/
आवश्यका परिपूर्ति हुन्छ । जसले गर्दा गाउँ सहरको सम्बन्धमा
अझ आयाम पुग्न जान्छ ।
(आ) यातायात :- यातायातले गाउँ र सहरबिचको दुरीलाई
नजिक गर्छ । यसले गाउँ र सहरबिचको विभिन्न क्षेत्रमा
जस्तै व्यापार, शिक्षा लगायतलाई जोड्न मद्दत पुग्छ । यसरी
यातायातले पनि गाउँ सहर सम्बन्धमा अफ आयाम थप्न जान्छ ।
(इ) सञ्चार प्रणाली :- गाउँ र सहरका सूचनाहरू आदानप्रदान
गर्न सहयोग पुयाउँछ । विभिन्न e-education जस्ता कार्यक्रमले
गर्दा गुणस्तरीय शिक्षा ग्रामीणसम्म पुयाएको छ । यसरी सञ्चार
प्रणाली पनिगाउँ सहर सम्बन्धको प्रमुख आयाम हो । यसैगरी
व्यापारिक सञ्जाल, यातायातका साधन, सञ्चार प्रणाली, दूरी,
समय आदिले गाउँ सहर सम्बन्ध प्रभाव पार्दछ ।
(ग) पृष्ठप्रदेशले गाउँ सहर अन्तरसम्बन्धमा कसरी भूमिका
खेल्छ, उल्लेख गर्नुहोस् ।
उत्तरः सहरी केन्द्रको वरिपरिको क्षेत्रलाई पृष्ठप्रदेश भनिन्छ
। यो क्षेत्रको सहरी केन्द्रमा आवश्यक हुने खाद्यान्न, कच्चा
पदार्थ, हस्तकला, श्रम आदि उपलब्ध गराउँछ । यसको साथै
पृष्ठप्रदेशमा सहरी केन्द्रको वस्तु तथा सेवा वितरण गर्छ । तर
गाउँ सहरको परम्परा सम्बन्धलाई स्रोत साधनको उपलब्धता,
उत्पादन प्रक्रिया र दूरी निर्धारण गरेको हुन्छ । यसरी पृष्ठप्रदेशले
गाउँ सहर अन्तरसम्बन्धमा कसरी भूमिका खेल्छ ।
(घ) गाउँ सहर सम्बन्धका प्रक्रियाहरूको उदाहरणसहित वर्णन
गर्नुहोस् ।
उत्तरः गाएँ सहर सम्बन्धका प्रक्रियाहरू निम्नानुसार व्याख्या गर्न
सकिन्छ:
(अ) मानिसको प्रवाह :- बसाइसराइ प्रायः गाउँबाट सहरतर्फ
हुने गर्छ । गाउँमा बसोबास गर्ने मानिसहरू रोजगारी र सेवा
सुविधाका लागि सहरमा बसाइसराइ सर्छन् । सहरमा काम गर्न
आउने कामदारले गाएँमा बस्ने परिवारलाई विप्रेषण पठाउँछन्
जसले जीविकोपार्जन शैलीमा परिवर्तन ल्याउन मद्दत गर्दछन्
। सहरी सुविधा क्रमशः गाउँतर्फ विस्तारै हुँदै जान्छन् । सडक
यातायात र गाउँतर्फ विकासले गाउँ सहर जोड्दै जान्छ ।
(आ) समाजको आदानप्रदान :- सहर र गाउँबिच समानको
आदान प्रदान एक अनिवार्य कार्य हो । गाउँबाट स्थानीय
उत्पादन (जस्तैः लत्ताकपा, मरमसला, कृषि उपकरण आदिको
आदान प्रदान गर्छन् । गाउँका किसानहरूले उच्च मूल्यका
वस्तुहरू उत्पादन र निकासी गरेर प्रशस्त आम्दानी लिने अवसर
उपलब्ध हुन्छ ।
(इ) बजार केन्द्रको भूमिका :- गाउँको जीविकोपार्जन शैलीमा
सुधार ल्याउन कृषि उत्पादन र उद्योग तथा सेवाहरूबीच
अन्तरसम्बन्ध कायम गर्नुपर्दछ । यो अन्तरसम्बन्ध कायम गर्न
बजार केन्द्र र गाएँ दुवैको उत्तिकै भूमिका हुन्छ । सहरी क्षेत्रको
गैरकृषि क्षेत्रको प्रवर्धन गर्न मद्दत गर्छ जसले कृषि उत्पादन,
बजारीकरण र प्रशोधनलाई मूल्य शुद्धखलाका रूपमा प्रयोग
गर्छ । मूल्य शृङ्खलाले कृषि र गैरकृषि क्षेत्रबिचको सम्बन्धलाई
पारस्परिक बनाउँछ ।
(ई) जीविकोपार्जनमा विविधीकरण :- ग्रामीण क्षेत्रमा कृषिको
उत्पादन परिवर्तनले रोजगारी र आम्दानी बढाउँछ । यसले कृषि
उपज जस्तैः मल, बिउ, औषधी र दैनिक उपभोग्य वस्तुहरूको
माग बढाउँछ । कृषि उत्पादन क्षेत्र नजिकै साना बजार केन्द्रको
विकास हुन्छ ।
(ङ) गाउँ सहर सम्बन्धले जीविकोपार्जन शैलीमा ल्याउने सकारात्मक र नकारात्मक परिवर्तनमा छोटो टिप्पणी लेख्नुहोस् I
उत्तरः गाउँ सहरसम्बन्धले जीविकोपार्जन शैलीमा ल्याएका
सकारात्मक परिवर्तनहरू:
- गाउँघरमा खेती नहुने ठाउँमा नयाँ प्रविधिको प्रयोग गर्दै
- आधुनिक खेतीको सुरुवात हुनु ।
- दैनिक जनजीवनमा सहज र सहजता भयो ।
- दैनिक उपभोग्य सामानको आपूर्ति सहजै हुनु ।
- शैक्षिक जनचेतनामा अभिवृद्धि हुनु । नकारात्मक पक्षहरू
- गाउँमै कृषि प्रणाली छाडी वैदेशिक रोजगारीमा आकर्षण हुनु ।
- पश्चिम संस्कृति र सभ्यता बढ्दै जानु ।
- मौलिक सभ्यता र संस्कृति बिर्सदै जानु ।