एकाइ १० अर्थतन्त्र र विकास
पाठ : २ नेपालको विदेश नीति र नेपाल भारत तथा नेपाल चीन सम्बन्ध
१. तल दिइएका प्रश्नका उत्तर दिनुहोस्ः
(क) नेपालको संविधानमा उल्लिखित विदेश नीतिहरूमध्ये कुनै तीन बुँदा उल्लेख गर्नुहोस्
उत्तर: नेपालको संविधानमा उल्लिखित विदेश नीतिहरू निम्नानुसार छन् ।
- नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्न क्रियाशील रहदै संयुक्त राष्ट्रसङ्घको वडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तराष्ट्रिय कानुन र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हितलाई ध्यानमा राखी स्वतन्त्र परराष्ट्र नीति सञ्चालन गर्ने ।
- विगतमा भएका सन्धिहरूको पुनरवलोकन गर्दै समानता र पारस्परिक हितका आधारमा सन्धि सम्झौताहरू गर्ने ।
(ख) नेपालको सरकारले तय गरेका विदेश नीतिहरूमध्ये कुनै दुईको व्याख्या गर्नुहोस् ।
उत्तरः नेपाल सरकारले तय गरेका विदेश नीतिहरू यस प्रकार छन् ।
- सबैको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान गर्ने
- कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने
-समानता र पारम्परिक हितका आधारमा नयाँ सन्धि सम्झौताहरू गर्ने
- पारस्परिक समानताको सम्मान गर्ने
- विवादको शान्तिपूर्ण निरुपण गर्ने
- पारस्परिक लाभका आधारमा व्यवहार गर्ने
- संयुक्त राष्ट्रसङ्घको बडापत्रप्रति प्रतिबद्ध व्यवहार गर्ने
- संयुक्त राष्ट्रसंघको वडापत्रप्रति प्रतिबद्ध हुने
- पञ्चशीलको सिद्धान्तका आधारमा व्यवहार गर्ने
- विश्व शान्तिको मान्यतालाई अङ्गीकार गर्ने
- विगतका सन्धिहरूको पुनरावलोकन गर्दै जाने
(ग) नेपाल भारत बिचको आर्थिक सम्बन्धको समीक्षा गर्नुहोस्
उत्तरः काम वा जागिर, पेसा व्यवसाय तथा आर्थिक सहयोग आदान प्रदानले नेपाल भारतको आर्थिक सम्बन्ध अत्यन्तै नजिकको छ । दुई देशविचको खुला सिमाना र भाषिक समानताका कारण ठूलो सङ्ख्यामा नेपालीहरू भारतमा र भारतीयहरू नेपालमा बसी कार्य गरेका छन् । त्यसैले भारतको विप्रेषण प्राल गर्ने देशहरूको सातौ स्थानमा नेपाल रहेको छ नेपाल भारत व्यापार तथा
पारवहन सन्धि वि.सं. २०३५ सालमा व्यापार सन्धि भएको थियो। यही व्यापार सन्धिका आधारमा नेपालभारत विचमा व्यापारिक कारोबारहरू हुदै आएका छन् । नेपालको लागि आयात गर्ने कुल वस्तुहरूमध्ये भारतबाट ६४.० प्रतिशत आयात गरेको छ भने संसारका विभिन्न देशहरूमा नेपालले निर्यात गर्ने वस्तुहरूमध्ये भारतमा मात्र ६३.० प्रतिशत निर्यात गरेको थियो नेपालले भारतबाट आयात गर्ने प्रमुख वस्तुहरूमा पेट्रोलियम पदार्थ, सवारी साधन, स्पेयर पार्टस, मेसिनर सामान, औषधी, विद्युतीय उपकरण, खाद्यान्य आदि हुन् भने नेपालले भारतमा निर्यात गर्ने प्रमुख वस्तुहरूमा तयारी पोसाक जुट, धागो, जस्ता पाता, पोलिस्टर धागो, टेक्सटाइल्स, केषिजन्य वस्तुहरू आदी हुन्
नेपाल-भारत विचमा आर्थिक सहयोग प्रदान आदान हुने गर्छ नेपालले भारतलाई अप्ठ्यारो परेको समयमा सहयोग गर्दै आएको छ । सन् १९५१ देखि नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमको सुरु भएको थियो । यो कार्यक्रमको उद्देश्य नेपाल सरकारको आर्थिक विकासका प्रयासहरूमा सहयोग गर्ने रहेको छ। भारतले नेपालको आर्थिक विकासका लागि साना स्तरका करिव ४७४ र मझौला तथा ठूला स्तरका करिव ३६ गरी ५१० परियोजना हाल नेपालमा भारतीय सहायताका धेरै परियोजनाहरू सञ्चालित छन् । यसरी भारत र नेपालबिचको सम्बन्ध पनि आर्थिक रुपमा अब्बल र परिपुरक छ ।
(घ) नेपाल भारत बिचको राजनीतिक सम्बन्धको उल्लेख गर्नुहोस्
उत्तर: नेपाल भारतबिचको सम्बन्ध अनौपचारिक रुपमा परापूर्वकालदेखि थियो भने औपचारिक रुपमा सन् १९४७ देखि कुटनीति सम्बन्ध कायम गरी सौहार्दपूर्ण व्यवहार गर्दै आएको छ । राजनीतिक रुपमा नेपालले भारतसँग सधै स्वतन्त्र तथा सार्वभौम सम्पन्न देशको हैसियतबाट सम्बन्ध राख्दै आएको छ । नेपाल सरकारले नेपाल राष्ट्र र नेपाली जनताको हित अनुकूल हुने गरी भारत र भारतीय जनताको निष्ठा र प्रतिवद्वतालाई सुनिश्चित गर्ने र नेपालमा भारतका संवेदनशील सुरक्षा सरोकारहरूप्रति नेपाल सरकारले निरन्तर तथा प्रमाणित प्रतिबद्धताको नीति अवलम्बन गरेको छ । नेपाल सरकारले भारत सँगको यस्तो नीतिलाई संस्थागत गर्नका लागि विवक्षीय संरचनाहरू निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखेको छ । समय-समयमा भारतको उच्च राजनीतिक नेतृत्व नेपाल आउने गर्छ त्यसैगरी नेपालको राजनैतिक नेतृत्वबाट पनि समय समयमा भारतको भ्रमण हुँदै आएको छ । यसले पनि यि दुई देशका विचमा राजनीतिक सम्बन्ध प्रगाढ छ भन्न सकिन्छ । तथापी यी दुई देशका विचको राजनीतिक सम्बन्ध अधिकांश समय सौहार्दपूर्ण रहेतापनि बेलाबखत उतारचढाव हुने पनि गरेको छ ।
(ङ) नेपाल चीनबिचको राजनैतिक सम्बन्धका विश्लेषण गर्नुहोस्
उत्तरः नेपालले औपचारिक रुपमा चीनसँग सन् १९५५ देखि कुटनितिक सम्बन्ध कायम गरी सौहार्दपूर्ण व्यवहार गर्दै आएको नेपालले औपचारिक रुपमा चीनसँग सन् १९५५ देखि कुटनितिक सम्बन्ध कायम गरी सौहार्दपूर्ण व्यवहार गर्दै आएको छ नेपालले चीनसँग सार्वभौम समानता, पारस्परिक सम्मान, विश्वास, सद्भाव र समझदारीका आधारमा सम्बन्ध राख्दै आएको छ । नेपालका लागि चीनियाँ दुतावासका अनु सारथी दुई देशहरू एक अर्कालाई कहिल्यै धम्क्याउँदैनन, चोट पुन्याउँदैनन र शङ्का गर्दैनन् यसका साथै यि सधै एक अर्कालाई सम्मान गर्छन, विश्वास गर्छन र सहयोग गर्छन चनिले अवलम्बन गर्दै आएको एक चीन नितिलार्य नेपालले सधै आत्मसात गरेको छ समय समयमा चीनको उच्च राजनीतिक नेतृत्व नेपाल आउने गर्छन् त्यसैगरी नेपालको राजनीतिक नेतृत्वबाट पनि समय समयमा चिनको भ्रमण हुँदै आएको छ । यसले पनि दुई देशका विचमा राजनीतिक सम्बन्ध प्रगाढ छ भन्न सकिन्छ | राजनीतिक रुपमा दुवै देशले एक अर्काको आन्तरिक मामिलामा कुनै हस्तक्षेप नगर्ने नीति अवलम्बन गरेका छन्
(च) नेपाल चीन बिचको आर्थिक सम्बन्धको मुख्य विशेषता प्रस्तुत गर्नुहोस् ।
उत्तर: चीन नेपालको दोस्रा ठूलो व्यापारिक साझेदार हो नेपाल र चिन विचको आर्थिक सम्बन्ध पुरानो छ । इतिहासमा नेपालको उत्तरी सीमाबाट नेपालीहरू चीनको स्वशासित क्षेत्र तिब्बतमा नुन, सुन, उन जस्ता वस्तुहरू खरिद गर्न र तिब्बतीहरू नेपालको उत्तरी क्षेत्रमा रहेका बजारमा खाद्यान्न खरिद गर्न जाने नेपाल चीन कुटनीतिक सम्बन्ध कायम भए पश्चात नेपालले चीनबाट थुप्रै आर्थिक लाभ लिएको छ चिनले नेपाललाई अनुदान, व्याजमुक्त ऋण र सहुलियत ऋणका रूपमा सहयोग गर्दै आएको छ । नेपाल-चीन अन्तरसरकारी आर्थिक व्यापार समिति, कृषि सहयोगका लागि नेपाल चीन संयुक्त समिति, सीमा कानुन प्रवर्तन सहयोग, सीमा शुल्क बैठक संयुक्त पर्यटन सहयोग, सीमा शुल्क बैठक, संयुक्त पर्यटन समन्वय समिति, नेपाल चीनको तिब्बत व्यापार सहयोग समिति, उर्जा सहयोग संयन्त्र, नेपाल चीन सहयोग कार्यक्रम र परियोजना कार्यान्वयन आदि नेपाल-चीन विचको आर्थिक सम्बन्धका मुख्य विशेषता हुन् ।
(छ) नेपालको परराष्ट्र नीतिका आधारहरू उदाहरणसहित व्याख्या गर्नुहोस् ।
उत्तरः नेपालको परराष्ट्र नीतिका आधारहरूलाई निम्नलिखित बुँदाको रुपमा उल्लेख गर्न सकिन्छ ।
निशस्त्रीकरण :
महाशक्ति राष्ट्रहरूको शस्त्रास्त्रको होडबाजीले आज संसार नै विनाशको सङ्घारमा उभिएको छ । शस्त्रास्त्रको होडबाजी यति तिव्र हुँदै गएका छ कि एउटा सामान्य गडबडीले पनि कुनै पनि बेला विश्व ध्वस्त हुन सक्ने स्थिति रहेको छ । महाशक्ति राष्ट्रहरू मात्र हैन आफ्नो नागरिकलाई पर्याप्त सुख सुविधा दिन र आवश्यकतापूर्ति गर्न नसक्ने विकासोन्मुख मुलुकहरू समेत हातहतियारमा खर्च गर्न अग्रसर भएका छन् । आज आफ्नो जनतालाई अन्न दिन नसक्ने देशहरू गोलावाखद दिन तयार छन् । त्यसकारण हातहतियार गरिने खर्च मानव कल्याणमा लगाउन सकेमा उल्लेखनीय प्रगति हुन्छ भन्ने धारणा नेपालको छ । त्यसैले नेपालले सधै सैनिक बजेटमा कटौती, आणविक परीक्षण र निर्माणमा रोक तथा निशस्त्रीकरणको प्रयासमा प्रयत्नशील रहदै हातहतियारको प्रसारमा रोक लगाउने सन्धिहरूमा समेत हस्ताक्षर गरेको छ ।
गुट निरपेक्षता :
नेपालको परराष्ट्रनीति असंलग्न भएको कारणले स्वभावैले यो गुट निरपेक्ष छ कुनै पनि गुटबन्दिबाट आफूलाई अलग राख्दछ गुटबन्दीले अशान्ति मच्चाउँछ र गुट निरपेक्षताले शान्ति कायम राख्दछ भन्ने यसको धारणा छ । त्यसैले आफूलाई कुनै पनि गुट चाहे पुर्वी होस् पश्चिमी होस वा कुनै सैनिक गठबन्धन वा गुट होस त्यसमा प्रवेश गर्दैन र स्वयम् असंलग्न देशहरूको गुट बनाउने कुराको पनि नेपालले विरोध गन्यो र अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो भनाइ स्वतन्त्र रुपमा स्पष्ट र निर्भिक भएर राख्दै आएको छ ।
साम्राज्यवाद, उपनिवेशवाद र रङ्गभेद नीतिको विरोध :
नेपालले आफ्नो नीतिअनुरुप संयुक्त राष्ट्रसङ्घ, असंलग्न शिखर सम्मेलन तथा अन्य अन्तर्राष्ट्रिय सम्मेलनहरू र मञ्चहरूबाट सदैव साम्राज्यवाद, उपनिवेशवाद र रङ्गभेद नीतिको विरोध गर्दै आफ्नो स्पष्ट परराष्ट्र नीतिप्रति अडान राख्दै आएको छ ।
पञ्चशीलमा आस्था:
खासगरी पञ्चशील भारतीय जवारहरलाल नेहहरू चिनिया प्रधानमनत्री चाइएनलाईले दुई देशबिच आपसी कायम गर्न सन् १९५४ मा निर्धारण गरेको सिद्धान्त हो र यो सन् १९५५ को वाङ्गुङ्ग सम्मेलनबाट समेत अनुमोदित सिद्धान्तमध्यको एक हो। यो सिद्धान्तमा आस्था र विश्वास राख्दछ पञ्चशिल भन्नाले (क) एक अर्काको स्वतन्त्रता, सार्वभौमिकता र क्षेत्रिय अखण्डताको सम्मान गर्नु (ख) एक अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्नु (ग) मनता र पारस्पारिक हित कायम गर्नु (घ) पारस्परिक अनाक्रमण र (ङ) शान्तिपूर्ण सहअस्तित्व हो ।
अरूसँग मित्रता र छिमेकीसँग घनिष्ठता :
असंलग्न परराष्ट्रनिति अनुरुप नेपाल विश्वका जुनसुकै राज्य धनि, गरिब, साना, ठूला सबैसँग विना कुनै भेदभाव सम्बन्ध र मित्रता राख्न चाहन्छ नेपालको कुटनीतिक सम्बन्धको सुचिबाट पनि यो प्रष्ट हुन्छ कि नेपाल कुनै प्रभावबाट हैन कि स्वतन्त्र रुपमा सबैसँग समान मित्रता कायम राख्दछ भने आफ्ना छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई विशेष महत्व दिन्छ