एकाइ ४ समाजको विकास र दर्शन
पाठ: ४ दैनिक जीवनमा दर्शनको उपयोगिता
तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) दर्शन बौद्धिक साथसाथै प्रायोगिक विधा पनि हो कसरी ? कारण उल्लेख गर्नुहोस् ।
उत्तरः दर्शन बौद्धिक साथसाथै प्रायोगिक विद्या पनि हो। दर्शन भनेको पठनपाठन मात्र गर्ने र दैनिक जीवनमा मतलब नभएको कुरा होइन । दर्शनमा चिन्तन पद्धतिका साथसाथै जीवन पद्धतिका लागि पनि मार्ग निर्देशन
पाइन्छ। त्यसैले दर्शनको उपयोगिता बौद्धिक विचार विमर्श एवम् प्राज्ञिक चिन्तनका साथसाथै व्यावहारिक जीवनमा
पनि रहेको छ । दर्शनमा मानव जीवनका व्यावहारिक पक्षसँग जोडिएका विज्ञासा, अनुभव र अनुभूति पनि सरोकारका विषयवस्तु हुन् दर्शनको उदय र विकास मानवका जीवन मोगाइबाट नै भएको हो । दर्शन अन्तर्गत विश्लेषण गरिने विषयवस्तुले मानव जीवनका विविध पाटाहरूलाई थप उजागर गर्छन् । दर्शनको अध्ययनले मानव जीवनको महत्व, कर्तव्य र लक्ष्यबारे स्पष्टता आउँछ त्यसैले दर्शनको अध्ययनले दैनिक जीवनमा गरिने क्रियाकलापहरूमा समेत प्रभाव पारिरहेको हुन्छ थाहा पाएर वा नपाएर प्रत्येक व्यक्तिले कुनै न कुनै दर्शनको मान्यता अनुसार दृष्टिकोण, मान्यता एवम् धारणा बनाइरहेको हुन्छ । दर्शनको व्यवस्थित अध्ययन नहुदासम्म आफ्नो जीवन दर्शनबारे स्पष्टता नहुने हुनाले व्यक्ति कतिपय अवस्थामा अन्योलमा रुमल्लिन सक्छ । दर्शनको
व्यवस्थित अध्यनले तथयको पहिचान, तर्कको प्रयोग र समालोचनात्मक विचार गर्ने समता विकास हुन्छ । यसरी आफ्नो जीवन दर्शन कुन हो भन्ने राम्ररी ज्ञान भयो भने दैनिक जीवनमा गरिने क्रियाकलापहरू तथा समस्याको समाधानका लागि गरिने निर्णयहरू सुसङ्गत, व्यवस्थित एवम् नैतिक हुने सम्भावना बढी हुन्छ ।
(ख) दैनिक जीवनका क्रियाकलापसँग दर्शन कसरी सम्बन्धित हुन्छ ?
उत्तरः दैनिक जीवनमा दर्शनको सान्दर्भिकतालाई विभिन्न आयामबाट हेर्न सकिन्छ । सामान्य दैनिक व्यवहारका लागि पनि आवश्यक ज्ञानको स्रोत कुनै दर्शन नै हुन सक्छ । अरू मानिसहरू, अन्य प्राणीहरू तथा प्रकृतिप्रतिको व्यवहारको आधार पनि जीवन दर्शन हो जस्तो जीवन दर्शन हुन्छ उस्तै विचार र व्यवहार हुन्छ भनिन्छ । दैनिक जीवनमा विभिन्न सवालमा ठिक र बेठिक सही र गलतको सही र गलतको निर्णय गर्नका लागि दृष्टिकोणको निर्माण आफ्नो मार्गनिर्देशक दर्शन अनुसार नै हुन्छ ।
(ग) दैनिक जीवनमा दर्शनको उपयोगिताका केही उदाहरणहरू दिनुहोस् ।
उत्तर: दैनिक जीवनमा दर्शनको उपयोगिता मुख्यतया सामान्य समस्या समाधानमा यसबाट प्राप्त हुने ज्ञान तथा सिपसँग जोडिएको छ दर्शनको अध्ययनले विभिन्न विकल्पहरूमध्ये बढी उपयुक्त विकल्प छनोट गर्ने तथा सुसुचित भइ निर्णय गर्ने समताको विकास पनि हुन्छ । सञ्चार दक्षता अभिप्रेरणात्मक क्षमता र लेखन दक्षता पनि दर्शनका कारणले अभिवृद्धि हुने व्यावहारिक प्रायोगिक क्षेत्रहरू हुन् । कुनै विधामा मात्र केन्द्रित भएर पढेका विद्यार्थीको तुलनामा दर्शनशास्त्रसहित पढ्ने विद्यार्थीहरूले उच्च शिक्षाका तथा रोजगारीका लागि लिइने परिक्षणहरूमा ज्यादा सफलता हासिल गरेको विभिन्न अनुसन्धानहरूबाट देखिएको छ । दर्शनको अध्ययनबाट सिकिएका विधि तथा पद्धतिलाई व्यावहारिक जीवनमा प्रयोग गर्न सकिन्छ । दर्शनको अध्ययनले उच्च शिक्षा तथा रोजगारीमा थप अवसर प्राप्त हुन्छ ।