एकाइ १
पाठ: १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध
तलका प्रश्नहरूको उत्तर लेख्नुहोस्:
(क) जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू के कस्ता छन् ?
उत्तरः व्यक्ति स्वयम्को शारीरिक, मानसिक र आध्यात्मिक समुन्नतिका लागि क्रियाशील रहने एवम् परिवार, अन्यव्यक्तिहरू, समुदाय र समाजसँग उपयुक्त व्यवहार गर्ने दृष्टिकोणको विकास पनि जीवनोपयोगी शिक्षाको सरोकार क्षेत्रहो । सभ्य सामाजिक सम्बन्ध, नैतिक मर्यादापूर्ण व्यवहार र प्रभावकारी सञ्चार गर्ने सिप तथा समूहमा काम गर्ने सिपकोसिकाइ पनि जीवनोपयोगी शिक्षाका विषयवस्तु हुन् ।
(ख) जीवनोपयोगी सिपअन्तर्गत पर्ने छ ओटा मुख्य क्षेत्रहरू के के हुन् ?
उत्तरः जीवनोपयोगी सिप अन्तर्गतका क्षेत्रहरू निम्नानुसार छ:
- सञ्चार र अन्तर्वैयक्तिक सिप
- निर्णय गर्ने र समस्या समाधान सिप
- सिर्जनात्मक र समालोचनात्मक सोचाइ सिप
- आत्मजागरुकता र समानुभूति
- दृढता र समभाव वा आत्मनियन्त्रण
- उत्थानशिलता र समस्यालाई सम्बोधन गर्ने क्षमता
(ग) सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन् ?
उत्तर: परम्परागत रूपमा चलिआएका पाठ कण्ठस्थ गर्ने, व्याख्यान सुन्ने, टिपोट पढ्ने जस्ता कार्यले सिकाइ उपलब्धिहुँदैन सामाजिक विषय र जीवनोपयोगी शिक्षा, एकै सिक्काका दुई पाटा हुन्। शिक्षाका राष्ट्रिय उद्देश्य पूरा गरी समुन्नतसमाजको सिर्जनामा लाग्नुपर्ने हालका विद्यार्थीको कर्तव्य हुन जान्छ । व्यक्ति समाजमा बस्ने हुँदा समाजका हरेकक्रियाकलापमा घुलमिल हुनुपर्दछ । समाजका मूल्य मान्यतामा जानकारी हुनुपर्दछ । जसरी सामाजिक न्याय दिलाउनेस्वतन्त्रताको र नैसर्गिक अधिकारको संविधान संवत् तरिकाबाट प्राप्त गर्न, समस्या समाधान, निर्णय क्षमता नेतृत्वदायीभूमिका निर्वाह गर्न सक्ने बनाउनु नै जीवनोपयोगी शिक्षाको उद्देश्य रहेको छ । उदाहरणका लागि व्यक्तिले, कण्ठस्थ गरेरबुँदा पढेर वा सैद्धान्तिक ज्ञानबाट उच्च अङ्क प्राप्त गरेको छ तर सिद्धान्तको मर्मअनुसार, सोच, आचरण व्यवहार कामनभएका सामाजिक विषयको उच्च अङ्कको कुनै अर्थ रहँदैन त्यसैले, तथ्याङ्कहरू खोजेर, विश्लेषण गरेर स्वयं परीक्षण गरेरअनुसन्धानात्मक पद्धतिबाट सिक्नुपर्छ । विद्यार्थीलाई पर्याप्त मात्रामा खोजी गर्ने, सोच्ने, तर्क गर्ने, समालोचनात्मक सोचराख्ने, बुझ्ने, छलफल गर्ने, परीक्षण गर्ने, अनुभूति गर्ने अवसर दिनुपर्छ । उच्च अङ्कको प्रमाणपत्रले मात्र व्यक्ति जीवनमास्थापित हुन सक्दैन । व्यवहारिक ज्ञान, आफ्नो जीवनमा लागु गर्न सक्ने बनाउनु नै जीवनोपयोगी शिक्षाको मूल मर्म हुनजान्छ ।
Please wait for the Next Post to appear in: