एकाइ ८ संविधान र नागरिक सचेतना
पाठ: ५ मुलुकी संहिता
१. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) फौजदारी अभियोग कस्तो अभियोग हो ?
उत्तरः सअन्तर्गत मारपिट, चोरी, डकैती, ज्यान आदि विषयसम्बन्धी मुद्दाहरू पर्छन् । देवानी मुद्दाबाहेकका मुद्दाहरू फौजदारी मुद्दा हुन् । जस्तैः राज्यविरुद्धका कसुर, ज्यानसम्बन्धी, कुटपिट र अङ्गभङ्ग सम्बन्धी कसुर, नागरिकतासम्बन्धी कसुर, लागु औषधसम्बन्धी कसुर, सवारी
साधनले गर्ने दुघर्टनासम्बन्धी कसुर, करणी सम्बन्धी कसुर, चोरी, डाँका, लुटपिट, ठगी आदि ।
(ख) फौजदारी र देवानी मुद्दाबिचको फरक देखाउनुहोस् ।
उत्तरः फौजदारी मुद्धा र देवानी मुद्धाविचको फरकलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ।
देवानी मुद्धा
यस मुद्धा अन्तगर्त कानुनबमोजिम फौजदारी मुद्धाको रुपमा परिभाषित गरिए चाहेका कानूनीहक, दायित्व, हैसियत, पद, पारिवारिक सम्बन्ध वा सम्पत्ती सम्बन्धी मुद्धा पर्छ, जस्तै मुद्धाहरू फौजदारी मुद्धा हुन् । जस्तैः
-नाता कायम वा सम्बन्ध विच्छेद
- दस्तुर, पारिश्रमिक, तलव, भत्ता, ज्याला
- अंश, अपुताली, दान बकस, संरक्षक, माथवर, मातृक तथा पैतृक अख्तियारी, धर्मपुत्र वा धर्मपुत्री
- कुनै करार, अर्ध करार, अनुचित समृद्धि अन्तर्गतको कुनै हक वादावी
- दृष्कृिति, अर्ध दृष्कृिति वा त्रुटिपूर्ण उत्पादनसम्बन्धी हक वा दावी
- सुविधाभार, क्षतिपूर्ति र देवानी प्रकृतिको अन्य कुनै विषय
फौजदारी मुद्धा
यस मुद्धा अन्तर्गत मारपिट, चोरी, डकैति, ज्यान आदि विषयसम्बन्धी मुद्धाहरू पर्छन । देवानी मुद्धाबाहेकका मुद्धाहरू फौजदारी मुद्धा हुन् जस्तै :
- ज्यानसम्बन्धी, कुटपिट वा अङ्ग अङ्गसम्बन्धी कसुर
-राज्यविरुद्धको कसुर
- मानव वेचविखन तथा ओसारपसारसम्बन्धी कसुर
- नागरिकतासम्बन्धी कसुर
- लागु औषध सम्बन्धी कसुर - सवारी साधन दुर्घटनासम्बन्धी कसुर
- राष्ट्रिय तथा सार्वजनिक सम्पदा विरुद्धको कसुर -
- करणीसम्बन्धी कसुर
- चोरी, डाका, लुटपिट, ठगी, नाप तौलसम्बन्धी कसुर
- गोपनीयता र गाली बेइज्जतिसम्बन्धी कसुर
- अपधारध संहिता २०४७ को भाग २ र ३ मा उल्लिखित सबै अपराधसम्बन्धी कसुरहरू
(ग) देवानी संहिताका सामान्य सिद्धान्तअन्तर्गत कुन कुन प्रावधानहरू सम्बन्धित छन् ? टिपोट गर्नुहोस् ।
उत्तर: किशोरकिशोरीका दैनिक व्यवहासँग सम्बन्धित देवानी संहिताका सामान्य सिद्धान्तहरू
- कानुनको अज्ञानता क्षभ्य हुने छैन । कानुन सबैले जानेको अनुमान गरिने छ ।
- कसैले पनि सार्वजनिक हित विपरित हुने गरी कुनै काम कारवाही गर्न पाउने छैन ।
- कानुन विपरितको काम अमान्य हुने छ ।
- प्रत्येक व्यक्तिले आफूले गरेको गलत कार्यको परिमाण आफैले व्यहोर्नुपर्ने छ ।
- प्रत्येक व्यक्तिले आफू रहे बसेको ठाउँको समुदायका छिमेकीलाई हानिनोक्सानी छिमेकीपन कायम गर्नुपर्छ ।
- कानुन विपरितका प्रथा वा परम्परालाई न्यायको रोहवरमा मान्यता दिइने छैन ।