एकाइ १० अर्थतन्त्र र विकास
पाठ : १ नेपालको अर्थतन्त्र र विकास
१. तल दिइएका प्रश्नका उत्तर दिनुहोस् :
(क) अर्थतन्त्र भनेको के हो ?
उत्तर: सामान्य अर्थमा भन्नुपर्दा अर्थतन्त्र भन्नाले आर्थिक प्रणाली वा अर्थव्यवस्था भनिन्छ । अझ यसलाई परिभाषित गर्नुपर्दा अर्थतन्त्र भनेको उत्पादन, उपभोग, विनिमय, वितरण वा राजस्वको अन्तरसम्बन्धित क्रियाकलापहरूको समष्टिगत संरचना हो जसले दुर्लभ साधनहरूको उचित वितरण र सदुपयोगद्वारा मानवीय आवश्यकता पुरा गर्ने उद्देश्य लिएको हुन्छ विश्वका विभिन्न देशहरूले आफ्नो देशको आर्थिक विकास तथा नागरिकहरूले कल्याणका लाई आफू अनुकूलको आर्थिक प्रणालीको अबलम्बन गरेका छन् ।
(ख) विकास भनेको के हो ?
उत्तरः सामान्य अर्थमा विकास भन्नाले कुनै वस्तु वा व्यक्तिको आधार, चरित्र र विशेषतामा आउने परिवर्तनलाई नै विकास भनिन्छ । अझ यस विकास शब्दलाई व्याख्या गर्दै जादा विकास भनेको सकारात्मक परिवर्तन हो । अर्थात् देशको आर्थिक, सामाजिक, धार्मिक, राजनीतिक, सांस्कृतिक आदि क्षेत्रमा हुने सकारात्मक परिवर्तन नै विकास हो । बेन्जमिन हिगिन्स, आर्थर लिविस, लेविन्सटिन, बुटिक, इर्मा आदि अर्थशास्त्रीरूले प्रतिव्यक्ति आय उच्च हुनु नै आर्थिक विकास हो भनेका छन् । विकास समयसँगै रुपान्तरण हुँदै जाने चक्र जस्तै हो । विकास समय सँगै त्यसको माग अनुसार आफ से आफ विकसित हुँदै जाने गर्छ एउटा विशेषताको घटना र परिस्थितिबाट अर्को विशेषतामा रूपान्तरण हुने आन्दोलनको प्रक्रिया हो । यसले पुरानो विशेषता, बुझाइ र मनोविज्ञानलाई पनि रुपान्तरण गर्छ। यसमा भौतिक पूर्वाधार रूपान्तरण गर्छ । यसमा भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, सांस्कृतिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विधिव पक्षहरू अन्तरनिहित हुन्छ । यसैको सापट र सग्लो रुप नै विकास हो ।
(ग) आर्थिक विकासका कुनै दुई सूचकहरूको नाम लेख्नुहोस्
उत्तर: आर्थिक विकासका सूचकहरू निम्नानुसार छन्:
- मानव कल्याणमा वृद्धि
- गरिबी, बेरोजगारी असमानतामा कम
- उच्च प्रतिव्यक्ति आय
(घ) नेपालको आर्थिक विकासका कुनै दुई अवरोधकको नाम लेख्नुहोस्
उत्तर: नेपालको आर्थिक विकासका अवरोधहरू निम्नानुसार
छन् :
-उच्च व्यापार घाटा
-उच्च आय असमानता
- उच्च बेरोजगारी
-उच्च आय असमानता
-उच्च गरिबी
-प्राकृतिक सम्पदाको न्युन उपयोग
(ङ) अर्थव्यवस्थाका तीन प्रकारहरूको व्याख्या गर्नुहोस् ।
उत्तर: अर्थव्यवस्थाका प्रकारहरू निम्नानुसार छन् :
- पुंजीवादी व्यवस्था
- समाजवादी व्यवस्था
- साम्यवादी व्यवस्था
पूँजीवादी व्यवस्था :- भोली के खाने भन्ने सोचको विकाससँगै यो व्यवस्था आएको हो । कुनै पनि आर्थिक व्यवस्थाले उत्पादन गर्छ। यो सरकारको अधीनमा हुँदैन, उत्पादन गर्छ । यो सरकारको अधीनमा हुँदैन, व्यक्तिको हातमा हुन्छ । यसमा मालिक हुन्छ वा त्यो मालिकले कसरी व्यापार गर्ने, त्यो उसलाई छुट हुन्छ । राजनीति, सामाजिक र आर्थिक प्रणाली उत्पादन र बजार प्रणालीको माध्यम निजि स्वामित्वमा आधारित हुन्छ । यो नाफाको दृष्टिले परिचालित हुन्छ । पुँजीवादी व्यवस्थामा बजारलाई प्रतिस्पर्धामा छोडिएको हुन्छ । कुनै पनि व्यक्तिले वस्तु किन्न पनि सक्छ, तुरुन्तै बेच्न पनि सक्छ । पुजीवादलाई नाफामा ध्यान दिने व्यवस्था पनि भन्न सकिन्छ ।
संसारको इतिहासमा सबैभन्दा प्रयोग गर्दै आएको पूँजीवादी दर्शन हो । पुँजीवादी व्यवस्थाको काम यो हो कि फाइदा कसरी गर्न सकिन्छ । यो अवस्थामा मजदुर धेरै हुन्छन्, मालिक भने कम हुन्छन् व्यक्तिले समाजमा बसेर आयआर्जन गर्दछ, मानिसले पेसा कमाउदैन भने ऊ जंगलमा गएर बसे हुन्छ भन्ने उनले तर्क दिए । यो दर्शनले लोकतन्त्र प्रजातन्त्र मान्छ ।
समाजवादी अर्थ व्यवस्था :- समाजवादी अर्थ व्यवस्था भनेको राज्यद्वारा पूर्ण रुपमा नियन्त्रित तथा निर्देशित, नीजि क्षेत्रको कुनै भूमिका नहुने, सरकारले योजनाबद्ध रुपमा सम्पूर्ण आर्थिक समस्याको समाधान गर्ने आर्थिक प्रणालीलाई समाजवादी अर्थव्यवस्था भनिन्छ । दुनियाँमा जतिपनि नयाँ देशहरू छन्, केहि न केहि थोरै थोरै रुपमा तिनले समाजवाद प्रयोग गरेको केहि न केहि थोरै थोरै रुपमा तिनले समाजवाद प्रयोग गरेको देखिन्छ। पूँजीवादमा ५० जना मजदुरले एउटा कुनै फ्याक्ट्रीमा १० लाख कमाइ भएमा ८ लाख कम्पनी मालिकको हातमा पार्छ भने २ लाख मजदुर तथा कमदरले ज्याला पाउछन् तर समाजवादमा के हुन्छ भने ५० जनाकै हातमा त्यो १० लाख बराबर पर्दछ । यसलाई जनकल्याण नीति पनि भनिन्छ। समाजवादमा सबैको बराबर अवसर हुनुपर्दछ भने बुझिन्छ ।
साम्यवादी अर्थ व्यवस्था :- साम्यवादमा कुनै सरकार हुँदैन, कुनै शासन व्यवस्थाको जरुरत हुँदैन साम्यवादी व्यवस्था असफल हुदै गयो । शक्तिशाली सोभियत संघमा कम्युनिष्ट विचारधारा असफल भयो । खेतमा काम गर्न पाए या फ्याक्ट्रीमा या कम्पनीमा, समान ज्याला हुने भयो । उदारणका लागि प्रतिव्यक्ति ४ हजार ज्याला भएमा जति नै दुःख गरेपनि उसको तलब ४ हजारबाट ५ हजार कहिल्यै नहुने । सबै बराबर हुने भएपछि मान्छेले मेहनत नै गर्न छाडे । मेहनत गरेपनि ४ हजार नगरेपनि ४ हजार ४ केजी आलु उत्पादन हुने ठाउँमा बढि मेहनत गरे ५ केजी उत्पादन गरेछौ भनेर न कसैले जस दिन्छ, न गुनगान गाउँछ ।
(च) आर्थिक विकासलाई परिभाषित गर्दै यसका सूचकहरूको सूची तयार गर्नुहोस् ।
उत्तरः आर्थिक विकास भन्नाले कुनै पनि मुलुकको आर्य व्यावस्थामा आएको सकारात्मक परिवर्तनको प्रक्रिया हो । आर्थिक विकास भन्नाले भौतिक संरचनाहरूको विकासका साथसाथै सामाजिक कल्याण जस्तै शिक्षा, स्वास्थ्य, सञ्चार, सरसफाई आदीमा भएको गुणात्मक तथा परिमाणात्मक परिवर्तन भन्ने बुझिन्छ । अझ भन्नु पर्दा आर्थिक विकास भनेको प्रतिव्यक्ति उत्पादनमा वृद्धि हुनु हो । आर्थिक विकासका सूचकहरू बुंदागत रुपमा निम्नानुसार प्रस्तुत गरिएको छ ।
- कुल गार्हस्थ्य उत्पादन ($ अर्ब)
- कुल राष्ट्रिय आय ($ अर्थ)
- व्यापार
- विदेशी विनिमय सञ्चिती (अर्थ)
- प्रतिव्यक्ति आय ($)
- विप्रेषण आय (प्रतिशतमा)
(छ) नेपालको आर्थिक विकासलाई यसका सूचकका आधारमा व्याख्या गर्नुहोस् ।
उत्तरः नेपालको आर्थिक प्रणालीलाई प्राथमिक क्षेत्र कृषि, वन तथा मत्स्यपालन खानी तथा उत्खनन) तिदीयक क्षेत्र ( उत्पादनमूलक उद्योग, निर्माण, विद्युत, ग्याँस तथा बाष्प वातानुकुलित आपूर्ति सेवा, पानी आपूर्ति, विमा तथा वित्तिय क्रियाकलाप आदिमा विभाजन गरी विश्लेषण गरिन्छ । नेपालको इतिहासमा १ सय ४ वर्षको जहानियाँ राणा शासनको अन्त्यसँगै २०१२ सालदेखि सुरु भएको योजनाबद्ध विकासको प्रयाससँगै आर्थिक विकासको बहसले थप तीव्रता पाउँदै आयो । नेपालसँगै विकास र समृद्धिको सुरुवात गरेका भारत, चीन, कोरियालगायतका देशहरू विश्व अर्थतन्त्रमा उदीयमान शक्तिका रुपमा अघि बढेका छन् । तर नेपाल भने आर्थिक विकासको नारामा मात्रै सीमित रहेको अवस्था छ ।
कृषि नेपाली अर्थतन्त्रको प्रमुख क्षेत्र हो । यसले कुल जनसंख्याको ६६ प्रतिशत रोजगारीको अवसर प्रदान गर्दछ र जोडीपी करिब ३३ प्रतिशत योगदान छ । त्यसैले कृषि क्षेत्रको विकास र राष्ट्रिय अर्थतन्त्रको विकासका लागि महत्वपूर्ण छ ।
नेपालको कूल खेतीयोग्य जमिन ३० लाख ९१ हजार रहेको छ, राष्ट्रिय कृषि गणना २०६८ अनुसार नेपालको कृषि जमिनको औसत आकार ०.६० हेक्टर र प्रतिकित्ताको औसत आकार ०.६० हेक्टर र प्रतिकित्ताको औसत आकार ०.२१ हे. रहेको छ । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आवश्यक प्रविधि तथा उत्पादन सामाग्रीको व्यवस्था, बाली र वस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था गर्न सक्नुपर्छ । जब कृषिको विस्तार हुन्छ यसले नेपालको आर्थिक विकासमा सघाउछ । यसैगरी नेपालको आर्थिक विकासको तथ्याङ्क आ. व. २०७६/७७ मा हेर्दा, मानव विकास सुचक ०.६.२, कुल गार्हस्थ्य उत्पादन ($ अर्थ) : ११ढा, कुल राष्ट्रिय आय ($ अर्ब) ११९६ देखिन्छ ।