एकाइ १
पाठ: २ जीवनोपयोगी शिक्षा, जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीबिचको अन्तरसम्बन्ध
तलका प्रश्नहरूको उत्तर दिनुहोस् :
१. पूर्वीय चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?
उत्तरः पूर्वीय दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रीतिथिति, कला आदिमा आधारित चिन्तन परम्परा नै पूर्वीय चिन्तनहो। "पूर्वीय दर्शन परम्परा" ले सामान्यतया एसियाका पूर्वी, दक्षिणी भूभागमा उदभव एवम् विकास भएका विविधदर्शनहरूलाई जनाउँछ । भौगोलिक दृष्टिकोणबाट पूर्वीय दर्शनअन्तर्गत भारतवर्षीय दर्शन, चिनियाँ दर्शन, कोरियालीदर्शन, जापानी दर्शन, भियतनामी दर्शन आदिको उल्लेख गरिन्छ । वेदमा आधारित अनेकौं सम्प्रदायहरूको समिश्रणबाटआजको स्वरूपमा आइपुगेको हिन्दु धर्म एवम् दर्शन, जनै धर्म एवम् दर्शन, किरात धर्म एवम् दर्शन, शिख धर्म एवम् दर्शनकन्फुसियस दर्शन, ताओ दर्शन आदिको पूभावको पूर्वीय चिन्तन परम्परा बनेको छ । यस्तो पृष्ठभूमिमा पूर्वीय चिन्तनपरम्परा बनेको छ । यस्तो पृष्ठभूमिमा पूर्वीय चिन्तन परम्परा भनाले निकै विविधतापूर्ण दार्शनिक, विचारधारात्मक एवम्व्यावहारिक आयमहरूको समन्वयात्मक दृष्टिकोणलाई बुझ्नु पर्दछ । उपयुक्त समन्वयात्मक दृष्टिकोणका आधारमापूर्वीय चिन्तन परम्पराका केहि साझा आधारभूत मान्यताहरू पनि रहेका छन् । नैतिक जीवनप्रतिको जोड हिन्दु, बौद्ध, किरात, जैन, बोन, कन्फुसियस, ताओ आदि चिन्तन परम्परामा पनि पाइन्छ । यी सबै पूर्वीय दर्शनमा सदाचारिलाईमहत्व दिइएको छ खानपिन, सङ्गत, आजीविका, जीवनशैली आदिले मानिसको चिन्तन र व्यवहारमा प्रभाव पार्ने हुनालेती सबै मानव मर्यादा अनुसारको हुनुपर्ने भनिएको छ त्यसैले (पूर्वीय चिन्तन परम्परामा जीवनोपयोगी आचरणलाई जहिलेपनि उपयुक्त जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीलाई जस्तै महत्व दिइएको छ
२. पाश्चात्य चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?
उत्तरः पाश्चात्य चिन्तन परम्पराको मूल स्रोत प्राचिन ग्रिस हो ग्रिसका दार्शनिकहरू सोकेटस (सुकरात), प्लेटो र एरिस्टोटल(अरस्तु) का विचारको पाश्चात्य चिन्तनमा राम्रो प्रभाव परेको देख्न सकिन्छ सोक्रेटसका शिष्य प्लेटो र प्लेटोका शिष्यएरिस्टोटल हुन् । सोक्रेटसको तार्किक बहसको शैलीलाई पाश्चात्य दर्शनको आधारशिला मानिन्छ। प्लेटोले ज्ञानका सबैविधाहरूमध्ये दर्शन नै श्रेष्ठ रहेको कुरामा जोड दिएका थिए । दार्शनिक शासक नै आदर्श शासक हुन सक्ने उनकोमान्यता थियो पाश्चात्य नितिशास्त्रको विकासमा उनको प्रभावकारी योगदान छ । उनले व्यवस्थित शिक्षाका लागिएकेडेमी नामक संस्था खोले । आधुनिक विश्वविद्यालयहरूलाई प्लेटोको एकेडेमीकै विकसित रूप मानिन्छ । प्लेटोकाशिष्य एरिस्टोटलले भौतिक जगत् र मानव समाजको अध्ययनलाई अगाडि बढाए । पाश्चात्य चिन्तन परम्परामा क्रिश्चियनमतको पनि धेरै प्रभाव परेको छ। युरोपमा कुनै समय चर्च नै सबै क्षेत्रमा सर्वेसर्वा शक्तिशाली अवस्थामा रहेको थियो ।चर्चले प्रकृति विज्ञान, आलोचनात्मक अध्ययन तथा पश्ननिरपेक्ष विचारलाई दमन गथ्यो । त्यसैले त्यो समयलाईकालान्तरमा अध्येताहले अध्यारो युग नाम दिएका छन् । चर्चको अत्याचार ज्यादै बढी भएपछि क्रिश्चियन समुदायभित्रपनि सुधारका लागि आवाज उठन थाले भने कालान्तरमा चर्चका वरूद्ध कलाकार, साहित्यकार दार्शनिक, वैज्ञानिक, राजनीतिक चिन्तक आदिले पनि विद्रोह
गरे । उपयुक्त द्वन्द्वको फलस्वरूप पाश्चात्य चिन्तन परम्परामा पन्थनिरपेक्ष र वैज्ञानिक चिन्तन पद्धति अगाडि आयो ।पन्थनिरपेक्ष एवम् आलोचनात्मक चेतसहितको ज्ञानको खोजीमा उनीहरूले प्राचीन ग्रिसको चिन्तन परम्परालाई ब्युत्याए।पाश्चात्य समाजमा कलात्मक अभिव्यक्ति, आलोचनात्मक विश्लेषण र वैज्ञानिक खोजको ढोका खुल्यो अतः भौतिकविज्ञान र प्रविधको विकास सँगै केही शताब्दिमा शिक्षा, अर्थतन्त्र, तर्कशास्त्र, नीतिशास्त्र, राजनीति शास्त्र, कला दर्शनकाविभन्नि शाखाहरू प्रकृति विज्ञान, वैचारिक स्वतन्त्रता लोकतान्त्रिक पद्धतिको विकास नै पाश्चात्य चिन्तन परम्परा हो ।
३. पूर्वीय चिन्तन परम्परामा नेपालको कस्तो योगदान रहेको छ ?
उत्तरः नैतिक जीवनप्रति हिन्दु, बौद्ध, किराँत जैन, वोन, कन्फुसियस ताओलगायतका सबै दर्शनमा महत्व दिइन्छ ।खानपिन, सङ्गत आजीविका, जीवनशैली आदिले मानिसको चिन्तन र व्यवहारमा प्रभाव पार्ने हुनाले ती सबै मानवमर्यादाअनुसारको हुनुपर्ने मानिएको छ । त्यसैले पूर्वीय चिन्तन परम्परा अन्तर्गत जीवनोपयोगी शिक्षामा जहिले पनिउपयुक्त जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीलाई महत्व दिइएको हुन्छ । नेपालमा एकातिर अतिप्राचीनकालदेखिका मान्यता पनि यहाँ अविच्छिन्न देखिन्छन् भने अर्कातिर वैस्विकरण परसंस्कृतिकरण र उपभोगवादले पूर्वीयचिन्तन परम्परालाई असर परेको छ । आयुर्वेद, योग, विपश्यना, शाहाकारी जीवनशैली प्रति जनचासो हालसालैकावर्षहरूमा बढदो क्रममा देखिन्छ त्यसले पनि पूर्वीय चिन्तन परम्पराको महत्व प्रवर्धनलाई योगदान पुयाएको छ । हिन्दु रबौद्ध दुवै परम्परामा जीवनोपयोगी शिक्षा जीवनोपयोगी सिप र स्वस्थ जीवनशैलीलाई आपसमा अन्तर सम्बन्धित मानीआहार, आचारविचार र दैनिक व्यवहारमा तिनीहरूको दातात्यमा जोड दिइएको पनि देखिन्छ भने शिक्षा नीतिमाबहुसांस्कृतिकता, बहुविद्यात्मकता, प्रविधिको प्रयोग वैश्वस्थानीकरण, मौलिकताको प्रवर्धन जस्ता मान्यताले पनि प्रवेशपाइसकेको देखिन्छ ।
Please wait for the Next Post to appear in: