एकाइ ७ सामजिक पहिचान र विविधता
पाठ: ३ लैब्गिक समावेशिता
(क) लैगिक समावेशीकरणका लागि भएका थप प्रयासहरू खोजी गरी उल्लेख गर्नुहोस्
उत्तर: नेपालमा लैङ्गिक समावेशीकरणका लागि भएका प्रयासहरू निम्नानुसार छ :
- वि.सं. २०३८ मा महिला विकास शाखा स्थापना भयो - वि.सं. २०५२ मा महिला तथा समाज कल्याण मन्त्रालयको
- स्थापना भयो हाल यस नाम महिला, बालबालिका, समाज कल्याण र ज्येष्ठ नागरिक मन्त्रालय रहेको छ ।
- वि.सं. २०५७ मा महिला विकास विभाग स्थापना गरियो । • आ. व. २०५७/५८ मा ७५ ओटै जिल्लामा महिला विकास - कार्यालयहरू खोलियो ।
- निजामती सेवा, शिक्षक सेवा, सुरक्षा निकाय लगायतका सेवामा समावेशी प्रतिस्पर्धाका लागि छुट्याइएका कोटामध्ये ३३ प्रतिशत कोटा महिलाका लागि आरक्षण गरिएको छ । - महिलालाई निजामति सेवा, शिक्षक सेवा लगायतका सेवामा प्रवेश गर्न पुरुषले ३५ वर्ष नाघेपछि पाउँदैनन् भने महिला ४० वर्षको उमेरसम्म प्रतिस्पर्धामा सहभागी हुन पाउने नीतिगत
- प्रावधान लागु भएको छ । - विद्यालयमा छात्रा छात्रवृत्तिको व्यवस्था गरिएको छ ।
- प्रहरी कार्यालयहरूमा महिलाको उजुरी सहजीकरण गर्नका
- लागि महिला ऐनको व्यवस्था गरिएको छ ।
- पैत्रिक सम्पत्तिमा परिवारमा भएका छोरा र छोरीको समान हकको व्यवस्था भएको छ ।
- सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था रहेको छ ।
(ख) नेपालमा लैङ्गिक समावेशीकरणका प्रयासहरूका कारण आएका परिवर्तनहरूको चर्चा गर्दै अबका दिनमा के के गर्नुपर्ला सुझाव दिनुहोस् I
उत्तर: नेपालमा लैङ्गिक समावेशीकरणका प्रयासहरूका कारण आएका परिवर्तनहरू यसप्रकार छन् :
- प्रहरी कार्यालयहरूमा महिलाको उजुरी सहजीकरण भयो । -
- विद्यालयमा छात्रा छात्रवृत्तिको व्यवस्था गरिएको छ
- राष्ट्रपति र उपराष्ट्रपति फरक समुदाय वा लिङ्गको हुनुपर्ने व्यवस्था भयो ।
- पैत्रिक सम्पत्तिमा परिवारमा भएका छोरा र छोरीको समान हकको व्यवस्था भयो
- महिला विकास शाखाको स्थापना भयो
- महिला विकास विभागको स्थापना भयो ।
- विविध क्षेत्रमा आरक्षणको व्यवस्था भयो ।
(ग) लैङ्गिक समावेशीकरणको अवधारणा किन आवश्यक परेको हो ? कारण दिनुहोस् ।
उत्तरः महिला र पुरुष एक रथका दुई पाङ्ग्रा जस्तै हुन् यी मध्ये एक पक्ष कमजोर भएमा जीवनरूपी रथ चल्न सक्दैन । पौराणिक युगमा नारी र पुरुष बीचको विभेद खासै देखिदैन । त्यस बेला नारीलाई शतको स्रोतको रूपमा मानिन्थ्यो महिलाहरू पनि पुरुषसरह समाजमा सशक्त रूपमा क्रियाशील हुन्थे महिलालाई कमजोर ठानेर घरभित्रै सीमित राख्ने चलन बढ्न थाल्यो उनीहरूलाई घरधन्दा र बालबच्चाको स्याहार सुसारमा सीमित गरियो । महिलालाई पुरुषको अधिनमा राखेर यातना दिने, शोषण गर्ने, घरेलु हिंसाको सिकार बनाउने र समाजमा समेत कुनै अधिकार नदिने अवस्था आयो महिलालार्य आवश्यकताभन्दा बढी नियन्त्रण गर्न थालियो । महिला भएकै कारण उनीहरूलाई शासकीय अधिकारहरूबाट समेत वञ्चित गरियो । यसबाट महिलाहरू शोषण, अन्याय, अत्याचार र उत्पीडनका सिकार भए । विश्वको आधा आकाश ढाक्ने महिलाहरू अर्को आधा जनसङ्ख्या भएका पुरुष पक्षबाट अन्यायमा पर्नु उचित थिएन । त्यसैले महिलाहरूले
यस विरुद्ध आवाज उठाउन थाले । त्यसपछि विस्तारै लैंगिक समावेशीकरणको सवाल उठ्न थाले । महिला सशक्तिकरण गर्ने र महिलाप्रति गरिने समतामूलक व्यवहारको सवालमा केन्द्रित हुन थाल्यो समान हकअधिकारहरू पुरुष र महिला निहित हुनुपर्छ भन्ने भावना जागृत हुँदा अन्त्यमा लैगिक समावेशीकरणको अवधारणा आवश्यक पयो
(घ) लैङगिक समावेशीकरणका चरणहरू उल्लेख गर्दै महिला ससक्तिकरणका उपायहरू उल्लेख गर्नुहोस् ।
उत्तरः विकास प्रक्रियामा लैङ्गिक समावेशीकरणको उठान मुख्य गरी चार चरणमा भएको पाइन्छ । उक्त चरणहरू यसप्रकार प्रस्तुत गरिएको छ :
- कल्याणकारी अवधारणा
- विकासमा महिला महिला र विकास
- लैगिक र विकास
कल्याणकारी अवधारणा :- १९५० र ६० को दशमा महिला समावेशीताका लागि महिलाको हित हुने कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने अवधारणामा केही कामहरू भएका थिए यस अवधिको कार्यमा महिलाहरू घर बाहिर निस्कने वातावरण तयार भयो त्यसपछिका विकास कार्यहरूमा महिलाका लागि कल्याणकारी कार्यक्रमको खाँचो अनुभव गरेर विकासमा महिलाका विषयहरू समेटिन थाले
विकासमा महिला :- सन् १९७० को दशमा महिलाहरूलाई आर्थिक, सामाजिक परिवर्तनको प्रक्रियामा समावेश गर्न विकासमा महिला रणनीति अवलम्बन गरियो । विकासमा महिला सहभागिताको वृद्धि गरी महिलालाई विकासमुखी बनाउने रणनीति लिइएको थियो । यसका लागि महिलाहरूको आर्थिक उत्पादनशीलता बढाउने र उनीहरूको अवस्थामा सुधार
ल्याउने खालका कार्यक्रम सञ्चालन गरियो । यस अन्तर्गत साक्षरता, परिवार स्वास्थ्य, घरायसी कार्य बोध घटाउने उपायको विकास एवम् प्रसार आय आर्जन जस्ता कार्यक्रमहरू सञ्चालन गरियो ।
महिला र विकास:- महिलाहरूको अवस्था तथा स्थितिमा समेत सुधार ल्याउनका लागि विकास प्रक्रियामा उनीहरूको संलग्नता आवश्यक ठानियो त्यसैले सन् १९८० को दशकमा महिला र विकासको रणनीति अवलम्बन गरियो । यस रणनीतिले विकासमा महिला साझेदारी वृद्धि गरी विकासलाई नै महिलामुखी बनाउने कुरामा जोड दिएको थियो ।
लैङ्गिकता र विकास :- सन् १९९० को दशमा लैङ्गिकता र विकास रणनीति अपनाइयो । यो रणनीति विकास प्रक्रियामा महिला र पुरुष बीचको सम्बन्धले कसरी प्रभाव पार्छ भन्नेमा केन्द्रित रहेको छ । महिला र पुरुषबीचको सामाजिक सम्बन्धको व्याख्या गर्दै महिला र पुरुषको संयुक्त प्रयासबाट मात्र महिलाको सशक्तिकरण र समावेशीकरण सम्भव हुन्छ भन्ने कुरामा जोड दिइएको छ । यसले सबै लिङ्गका व्यक्तिहरूको विकासमा जोड दिएको छ ।
महिला सशक्तिकरणका उपायहरू
महिलाको क्षमता बढाउनु सशक्तिकरण हो । महिला सशक्तिकरणलाई पाँच स्तरमा हेर्ने चलन छ । यो
कल्याणकारी तहबाट सुरु भएर नियन्त्रण तहसम्म पुग्छ । महिला सशक्तिकरणका उपायहरू यसप्रकार छन् :
- महिलाका हित हुने कार्यक्रमहरू सञ्चालन गर्ने
- सामाजिक कार्यमा महिलालाई नेतृत्वदायी भूमिकामा उभ्याउने
- विकासका हरेक क्षेत्रमा पुरुषसरह अर्थपूर्ण सहभागी गराउने - - महिलाको विद्यमान अवस्था, अधिकार र आफूमाथि भएको
अन्याय, अत्याचार, शोषण र हिंसाका बारेमा सचेतीकरण गराउने
(ङ) नेपालमा लैङ्गिक समावेशीकरणमा भएका प्रयासहरूको समिक्षा गर्नुहोस् ।
उत्तरः नेपालमा समावेशीकरणको अवधारणा अनुरूप विद्यमान लैंगिक विभेदहरूको अन्त्य गरी लैङ्गिक समानता कायम गर्न विभिन्न प्रयासहरू भएका छन् लैङ्गिकतामा आधारित राजनीतिक, आर्थिक र सांस्कृतिक असमानता कम गरी लैङ्गिक समानता कायम गर्नका लागि राज्यस्तरबाट विभिन्न प्रयासहरू भएका छन् जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
- वि.सं. २०३८ मा महिला विकास शाखा स्थापना भयो ।
- वि.सं. २०५२ मा महिला तथा समाज कल्याण मन्त्रालयको स्थापना भयो हाल यस मन्त्रालयको नाम महिला, बालबालिका, समाज कल्याण र ज्येष्ठ नागरिक मन्त्रालय रहेको छ ।
- वि.सं. २०५७ मा महिला विकास विभाग स्थापना गरियो ।
- आ. व. २०५७/५८ मा ७५ ओटै जिल्लामा महिला विकास कार्यालयहरू खोलियो
- निजामती सेवा, शिक्षक सेवा, सुरक्षा निकाय लगायतका सेवामा समावेशी प्रतिस्पर्धाका लागि छुट्याइएका कोटामध्ये ३३ प्रतिशत कोटा महिलाका लागि आरक्षण गरिएको छ
- महिलालाई निजामति सेवा, शिक्षक सेवा लगायतका सेवामा प्रवेश गर्न पुरुषले ३५ वर्ष नाघेपछि पाउँदैनन् भने महिला ४० वर्षको उमेरसम्म प्रतिस्पर्धामा सहभागी हुन पाउने नीतिगत प्रावधान लागु भएको छ ।
- विद्यालयमा छात्रा छात्रवृत्तिको व्यवस्था गरिएको छ
- प्रहरी कार्यालयहरूमा महिलाको उजुरी सहजीकरण गर्नका लागि महिला ऐनको व्यवस्था गरिएको छ ।
पैत्रिक सम्पत्तिमा परिवारमा भएका छोरा र छोरीको समान हकको व्यवस्था भएको छ
- सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने व्यवस्था
रहेको छ I