एकाइ ९ सहरीकरण र बसाइ सराइ
पाठ : २ नेपालमा सहरीकरण
१. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) नेपालको सहरीकरणका मापदण्डको सूची बनाउनुहोस् ।
उत्तरः स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले संविधान बमोजिम स्थापना भएका नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकालाई नगरपालिका भनेको छ । विभिन्न समयमा जारी भएका ऐन, नियमावली र कार्यविधिहरूले नगरपालिकालाई नगरपालिका भनेको छ । विभिन्न समयमा जारी भएका ऐन, नियमावली र कार्यविधिहरूले नगरपालिकाको लागि जनसङ्ख्याको आकार, पूर्वाधार विकास र वार्षिक आम्दानीलाई भौगोलिक अवस्थितिका आधारमा फरक फरक मापदण्डमा तोक्दै आएको देखिन्छ ।
(ख) नेपालमा सहरीकरण प्रवृत्तिको उल्लेख गर्नुहोस् ।
उत्तरः नेपालमा सहरीकरणको प्रवृत्तिको दर अन्य देशको तुलनामा निकै कम देखिन्छ । प्राचिनकाल नेपालमा बस्तीहरू ज्यादै पातला र छरिएर रहेका थिए । त्यति बेला धेरै ठाउँमा सहरको विकास भएको थिएन, नेपालमा सहरको सुरुवात काठमाण्डौबाट भएको मानिन्छ । काठमाण्डौ उपत्यका तिब्बतसँगको व्यापारिक मार्गमा रहेको थियो । काठमाण्डौ उपत्यका बाहिर पहाडी क्षेत्रमा धुम, गठ, किल्ला, कोटहरू आदिले ठूलो रुप लिदै व्यापारिक केन्द्रमा परिवर्तन हुँदै गए । यी केन्द्रहरू नेपाल व्यापारिक केन्द्रमा परिवर्तन हुँदै गए। यी केन्द्रह नेपाल एकीकरणपछि गौण तथा खलङ्गा जस्ता प्रशासनिक केन्द्रहरू हुँदै कालान्तरमा सहरमा परितर्वन हुँदै गएको पाइन्छ ।
नेपालमा सहरीकरणको जग कृषि अर्थतन्त्र र खाद्यन्न बचतमा बसेको देखिन्छ । प्राचिन सहरको विकासमा गैरकृषि व्यवसाय, श्रम विभाजन, सैनिक तथा प्रशासनकि सेवाको विस्तारले योगदान दिदै आएको पाइनछ । प्राचिन सहरहरू सुरक्षाका दृष्टिले डाँडा तथा आवतजावत गर्ने बाटो तथा गौडामा बसेको देखिन्छ । चतर, भीमफेदी गाइघाट, बटौली, कोइलावास आदि व्यापारिक मार्गमा बसेका प्राचिन सहरहरू हुन् । त्यसपछि भारतीय रेलमार्गको विस्तार नेपालको सिमानासम्म भएपछि तराई क्षेत्रमा विराटनगर, जनकपुर विरगञ्ज, भैरहवा, नेपालगन्ज धनगढी आदी स्थानमा बस्तीका आकार बढ्दै सहरहरूको उद्विकास भएको देखिन्छ । यी सहरहरू मुलतः र नेपालविचको व्यापारको परिवहन विच्छेदन विन्दुका रुपमा विकसित हुँदै गए । यी केन्द्रहरूबाट बाहिररित गएका यातायात मर्गाहरूले चुरेपर्वत तथा महाभारत शृङ्खलाको फेदिमा धरान आदी सहरहरूको विकास भयो । सन् १९५० देखि १९६० का विचमा औलो उन्मुलन भएपछि पहाडबाट तराईमा भएको बसाइँसराइले सहरीकरण प्रक्रिया तीव्र गतिले हुन थालेको देखिन्छ । पहाडबाट तराईमा बसाइ सर्ने क्रमसँग पूर्वी तराइबाट सहरीकरण प्रक्रिया सुरु भएको थियो । त्यसपछि क्रमशः चितवन र लुम्बिनी प्रदेश पश्चिमी क्षेत्रमा सहरीकरण हुँदै गएको देखिन्छ ।
सन् १९७० को दशकमा पुर्वपश्चिम राजमार्ग बनेपछि नेपालको सहरीकरणमा नयाँ आयाम थपिएको देखिन्छ । पूर्व पश्चिम राजमार्गबाट उत्तरबाट आउने यातायात मार्गका सङ्गमस्थलहरूमा नयाँ सहरहरू उदविकास हुँदै गए । काकडभट्टा, विर्तामोड, दमक, इटहरी बुटवल अन्तरिया आदि सहरहरू राजमार्ग नै बन्न थादे । हिमाली क्षेत्रका हवाई यातायासंग जोडिएका स्थान र जिल्ला सदरमुकाममा साना सहरी केन्द्रहरू बनेका छन् । यसका साथै कतिपय स्थानहरूमा जिल्ला सदरमुकाम सरेर सहरहरू बनेका छन् । यसरी अन्त्यमा भन्नुपर्दा सदरमुकाम, यातायात सञ्जाल, हवाई, नाका आदी मुख्यकारणले गर्दा सहरीकरणको प्रवृत्ति नेपालमा अझ बढ्दो क्रममा छ ।
(ग) यातायातको पूर्वाधार विकासले सहरीकरणमा ल्याएको परिवर्तनको सङ्क्षिप्त टिप्पणी गर्नुहोस् I
उत्तर: दिनानु दिन मानिसका आवश्यकताहरू बढ्दै जानु यो निरन्तर एक प्रक्रिया हो विकासको यातायातको विकास एक प्रमुख आवश्यकता हो यसले लामो दुरिलाई सहज, सरल र छिटो गराउँछ । यातायात सञ्जालमा पूर्वाधार विकासले गति लिनु एक सहरीकरण पनि परिवर्तन नपाउनु वा सहरीकरण हुनु हो । जस्तो उदाहरणको लागि पूर्व पश्चिम राजमार्ग बनेपछि नेपालको सहरीकरणमा नयाँ आयाम थपिएको देखिन्छ । पूर्व पश्चिम राजमार्गमा उत्तरबाट आउने यातायात मार्गका सङ्गमस्थलहरूमा नयाँ सहरहरू उद्विकास हुँदै गए । काकडभिट्टा, विर्तामोड, दमक, इटहरी, लाहान, हेटौडा, भरतपुर, बुटवल, कोहलपुर, अत्तरिया आदि सहरहरू राजमार्गसँगै बन्न थाले यसले सहरहको वृद्धि भयो । यस्तै रेलसञ्जालसँग जोडिन सहरमा बस्ती विस्तारै बाक्लो हुँदै गयो । जसले गर्दा मानिसका आधारभूत आवश्यकतामा वृद्धि हुन गयो । व्यापार व्यवसाय मौलाउन थाल्यो, जसले धेरै रोजगारहरू सृजना भयो । यसरी यातायातको पूर्वाधार विकासले सहरीकरणमा दिनानुदिन परिवर्तन ल्याएको छ ।