एकाइ ७ सामजिक पहिचान र विविधता
पाठ : १ वर्ग र समाजिक रूपान्तरण
१. तलका प्रश्नको उत्तर दिनुहोस् :
(क) समाजमा वर्ग निर्माणका किन हुन्छ ?
उत्तर: एकभन्दा धेरै मानिसको समुदाय र त्यस अन्तर्गत मानवीय सम्बन्धहरूको सञ्जाल समाज हो । समाज मानवको पारस्परिक लाभकोनिमित्र सङ्गठित भई बनेको हुन्छ समाजमा एक प्रकारका मानिस बस्दैनन् त्यसमा आर्थिक, सांस्कृतिक, जातीय, धार्मिक रूपले विविधता कायम भएको हुन्छ तिनै विविधाका विच समाजमा वर्गको निर्माण हुन्छ
(ख) वर्गीय विभाजनले निम्त्याउने समस्याहरू औँल्याउनुहोस्
उत्तरः वर्गको निर्माण सम्बन्धमा विभिन्न समाजशास्त्री एवम् अर्थशास्त्रीहरूको विचार फरक फरक रहेको पाइन्छ । यसले निम्त्याउने समस्याहरू निम्न रहेका छन् :
-वर्ग विभाजनका कारण राजनीतिक तथा सामाजिक - गतिविधिमा नियन्त्रण हुनु ।
-सामाजिक, सांस्कृतिक, शैक्षिक, आर्थिक विविधता हुनु ।
- तल्लो वर्गका मानिसहरू समाजमा हेपिनु, शोषण तथा दमनको सिकार हुनु
-जातीय विध हुनु आम्दानीको स्रोत सीमित हुन पुग्नु
- भूमिको स्वामित्वबाट वञ्चित हुनु ।
-आर्थिक रूपमा पछाडि पर्नु
(ग) सामजिक रूपान्तरणका उपायहरू बुँदागत रूपमा लेख्नुहोस्
उत्तरः व्यक्तिगत सुरक्षा, ज्ञान प्राप्ति, सूचना प्राप्ति र अनलाइन शासन प्रणालीमा नागरिककोपहुँच, स्वतन्त्र प्रेस र वातावरणीय गुणस्तर पनि कमजोर रहेको बुझिन्छ । यस्तो परिस्थितिमा नेपालीहरूको अवस्थामा सुधार ल्याउनका लागि अझै धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । त्यसो भन्देमा नेपालमा सामाजिक रुपान्तरणका लागि प्रयास नै नभएको भने होइन । नेपालमा सामाजिक रुपान्तरणका लागि धेरै प्रयास भएका छन् ती मध्ये केही प्रयासहरू वा उपायहरू यसप्रकार छन्:
नेपालको संविधानमा राजनीतिक उपलब्धिको रक्षा, सुदृढीकरण र विकास गर्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक रुपान्तरणका माध्यमबाट जनताको सर्वोत्तम हित र समुन्नती प्रत्याभूत गर्ने भन्ने उल्लेख छ । यसै अनुरूप कानुन, नीति तथा कार्यक्रमहरू बनेर कार्यान्वयनमा आइरहेका छन् । • पन्ध्रौ योजनामा समृद्ध नेपाल र सुखी नेपालीको मूल - लक्ष्यसहित गरिबी निवारण र आर्थिक सामाजिक समानाता सहितको न्यायपूर्ण समाज निर्माण गर्ने भन्ने उल्लेख छ सोही अनुरूप कार्यक्रमहरु कार्यान्वयनमा आइरहेका छन् । - समावेशी सिद्धान्त अनुसार राज्यका सबै क्षेत्रमा महिला, दलित, अपाङ्गता भएका व्यक्ति, मधेसी, अल्पसङ्ख्यक जाति जनजातिहरूका लागि विशेष सुविधा र आरक्षणको व्यवस्था गरिएको छ
कमैया, छाउपडी, हलिया, छुवाछूत, जातीय विभेदलगायतका - विभिन्न प्रकारका कुप्रथाहरूको अन्त्य गर्ने र पीडित वर्गको पुनर्स्थापना गर्ने कार्यक्रमहरू सञ्चालन भएका छन् ।
(घ) नेपालको सामाजिक रूपान्तरणको अवस्थाको चर्चा गर्दै साथीलाई पठाउने पत्रको नमुना तयार पार्नुहोस् ।
उत्तरः
मिति: २०७८/१०/०१
प्रिय साथी जमुना
यहाँ मलाई सञ्चै छ त्यहाँ तिमीलाई पनि सञ्चै आरामै होला भन्ने आशा गरेकी छु । आज म तिमीलाई नेपालको सामाजिक रुपान्तरणको अवस्था बारे आफूले जानेको सिकेको कुरा चिठी मार्फत् तिमीलाई सुनाउँदै छु साथ समाजमा विभिन्न वर्गका मानिस बसोबास गरेका हुन्छन् । पिछडिएका गरिब र निम्न वर्गका मानिस पनि हुन्न् त्यसरी पछाडि परेका वा पारिएका वर्ग वा निम्न वर्गको उत्थान गरी समाजमा अरुसरह ससम्मान सामान्य जीवनयापन गर्न सक्ने अवस्थामा पुयाउनु सामाजिक रूपान्तरण हो । समाजमा न्यून वर्ग र वञ्चितीकरणमा परेका वर्गको उत्थान नगरेसम्म समाज विकास हुन सक्दैन भन्ने नै सामाजिक रूपान्तरणको अवधारणा हो
नेपाल बहुजातीय, बहुआयामिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त मुलुक हो । यहाँको समाज रुपान्तरणका विषयमा कुरा गर्दा कुनै एक पक्षलाई मात्र हेरेर हुँदैन । आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई एकैसाथ सम्बोधन गरेर मात्र सामाजिक रुपान्तरण हुन सक्छ । नेपालको सन्दर्भमा सामाजिक रुपान्तरणका लागि सरकारी र गैरसरकारी क्षेत्रबाट न्यून वर्गका मानिसहरूको पहिचान गरी तिनलाई सकारात्मक विभेदका माध्यमबाट अगाडि ल्याउने उपायहरू अपनाउनु पर्दछ । देशमा रोजगारीको सिर्जना, शिक्षा र व्यावसायिक सिप प्रदान, पुँजी र अवसरको सहज उपलब्धता जस्ता उपाय अपनाएर उनीहरूको रुपान्तरण गर्न सकिन्छ । अतः साथी चिठीमा धेरै कुरा लेखिसकें बाँकी कुरा भेटमा गरौंला ।
उही तिम्री प्रिय साथी
जीवनराज
(ङ) सामाजिक आधार वर्ग विभाजनको मूख्य आधार हो किन ?
उत्तर: "सामाजिक आधार वर्ग विभाजनको आधार हो" किनभने समान जाति, धर्म, संस्कृति, पद, सामाजिक स्तर भएकाहरूको एक वर्ग हुन्छ र फरक स्तर भएकाहरूको अर्को वर्ग निर्माण हुन्छ समाजमा उच्च वर्ग भनिनेले कमजोर वर्गलाई हेप्ने, शोषण गर्ने, विभेद गर्ने जस्ता व्यवहारहरू गर्छन् । तल्लो वर्ग र उच्च वर्ग भनिएकाहरूको विचमा द्वन्द्व चलिरहनछ । साथै तल्लो वर्गकाहरू माथिल्लो वर्गमा उक्लनका लागि प्रयासरत पनि हुन्छन् । कुनै जाति वा संस्कृतिको व्यक्ति भएकै कारण आर्थिक रूपमा पछाडि परेका हुन सक्छन् हुनत वर्ग स्थायी हुँदैन तैपनि आर्थिक वर्गभन्दा सामाजिक वर्ग अलिक स्थायी प्रकृतिको हुन्छ । समाजले सहर्ष नस्वीकारेसम्म सामाजिक वर्गमा परिवर्तन आउन कठिन हुन्छ ।