एकाइ ३ जीवनोपयोगी सिप
पाठ: ५ आत्मबोध
१. तलका प्रश्नको अति छोटो उत्तर दिनुहोस् :
(क) आत्मबोध भनेको केहो?
उत्तरः आत्मबोध भन्नाले आफैमा ध्यान दिए आफ्ना विचार, भावना तथा कार्यहरू आफ्ना आन्तरिक मूल्य मान्यताहरूसँगमिल्दा छन कि छैनन मूल्याङ्कन गर्नु भन्ने बुझिन्छ । आत्मबोध गर्नसक्ने व्यक्तिले अरूहरुले हेर्ने दृष्टिकोणबाट आफूलाईहेरेर आफ्ना विचार, भावना र कार्यहरूको उचित मुल्याङ्कन गर्छ । त्यसका आधारमा आफ्ना संवेगहरूलाई नियन्त्रण गर्न रतिनीहरूलाई आफ्ना मूल्यमान्यतासँग मिल्ने गरी समायोजन गर्न सक्छ ।
(ख) आत्मबोधको महत्व दुई बुँदामा लेख्नुहोस् ।
उत्तरः आत्मबोध नभएको व्यक्ति कुनै पनि समुह, संस्था वा सङ्गठनको असल नेतृत्वकर्ता हुन सक्दैनन् । असल नेतृत्वकर्ताबन्नका लागि आत्मबोध गर्न आवश्यकता छ । आत्मबोधको महत्व निम्न अनुसार छन् ।
· आफूले के के राम्ररी गर्न सकिन्छ र के के सुधार गर्न आवश्यक
· आफ्नो विचार र कार्यलाई आफ्नो आर्दशसँग मिलाएर खुसी जीवन जिउनु
· आफ्ना संवेग पहिचान गर्नु तथा आफूलाई कम मन पर्ने कामहरू कम गरी तनाव कम गर्नु
(ग) आत्ममूल्याङ्कन भन्नाले के बुझिन्छ, लेख्नुहोस् ।
उत्तरः आफ्ना व्यक्तिगत कार्य र तिनको परिमाणलाई व्यवस्थित रुपले अवलोकन र विश्लेषण गरेर तिनलाई मूल्य दिनेप्रक्रिया नै आत्ममूल्याङ्कन हो । यो प्रायः औपचारिक रुपमा गरिने भएकाले लिखित रुपमा नै गर्ने चलन छ । यसलाईव्यक्तिगत तथा संस्थागत रूपले गर्न सकिन्छ । यसमा व्यक्तिलाई संस्थाको स्थापित लक्ष्य प्राप्तिमा उसको सफलत, कार्यदक्षता र कार्यसम्पादनको स्तर निर्धारण गर्न लगाइन्छ आत्ममूल्याङ्कन व्यक्तिका लागि आफ्ना कमकमजोरी थाहापाउने तथा तिनलाई सुधार गर्ने महत्वपूर्ण अवसर हो । यसका लागि व्यक्तिमा आत्ममूल्याङ्कन गर्ने सपिस वा दक्षताहुनुपर्छ ।
(घ) आत्मबोधका तरिकाहरूबारे छोटकरीमा लेख्नुहोस् ।
उत्तरः व्यक्तिले आफूमा आत्मबोध सिप विकास तथा अभ्यास गर्नाका लागि मुख्य रूपमा निम्न लिखित उपायहरूअपनाउन सकिन्छ । ध्यान गर्ने योगाभ्यास तथा ध्यान गर्ने गर्दा मानिसले आफैले मूल्याङ्कन गर्ने मौका पाउँछ। ध्यानकोसमयमा मेरो लक्ष्य के हो ? के मेरा क्रियाकलाप मेरो लक्ष्य प्राप्तिमा सहयोगी छन् । जस्ता प्रश्नहरूमा आफ्नोमस्तिष्कलाई केन्द्रित गर्नुपर्छ । दैनिक रुपमा केही समय ध्यान गर्ने वा एकान्तमा बस्ने गर्दा आत्मबोध गर्न सजिलो हुन्छ ।
लेख्ने: आफ्ना मुख्य मुख्य योजनाहरू र प्राथमिकताहरू एउटा डायरीमा लेख्ने तथा समय समयमा त्यसलाई समीक्षा गर्नेगर्नाले आफ्ना सरल पक्ष र कमजोरी पक्ष पत्ता लगाउन सकिन्छ । त्यस्तै डायरीमा लेख्ने गर्दा आफ्ना योजनाबारे आफैसचेत हुन सकिन्छ ।
मनोमापन परीक्षण गर्ने: आफ्नो आत्मबोधको स्तर नाप्नकालागि सङ्ख्यात्मक तर्फ र शाब्दिक तर्क जस्ता मनोमापनपरीक्षण गराउँदा आफ्नो आत्मबोधको स्तर पत्ता लगाई सुधार गर्ने मौका पाइन्छ ।
विश्वासिलो साथीहरूलाई सोध्ने: आफ्ना सबै कमीकमजोरीहरू आफैले पता लगाउन गाह्रो हुन्छ । यस्तो अवस्थामाआफ्ना विश्वासिलो साथीहरू तथा आफूभन्दा वरिष्ट व्यक्तिबाट पृष्ठपोषण लिनुपर्छ ।
(ङ) आत्ममूल्याङ्कनको महत्व कुनै पाँच बुँदामा लेख्नुहोस् ।
उत्तरः आत्ममुल्याङ्कन गर्नाले व्यक्ति तथा संस्था दुवैलाई फाइदा हुन्छ। यसले व्यक्तिका कमीकमजोरी पत्ता लगाईतिनलाई सुधार गर्ने भएकाले व्यक्तिको कार्यसम्पादन वृद्धि हुन्छ । यसले संस्थाको लक्ष्य प्राप्तिमा बल पुग्दछ ।आत्ममूल्याङ्कनका महत्वहरू निम्न अनुसार रेहका छन् ।
· व्यक्तिलाई आफूलाई मूल्याङ्कन गर्ने व्यक्ति आफै भएको अनुभूति गराउन
· आफ्नो अनुगमन आफै गर्ने भएकाले उच्च मनोबलका साथ कार्य गराउन
· व्यक्तिको कार्यदक्षतामा सुधार गर्ने
· संस्थाका कर्मचारी विच एकआपसबाट सिक्न बानीको विकास गर्न
· सामूहिक कार्यप्रति उत्प्रेरणा जगाउन
· कामदार / कर्मचारी आफैले नयाँ विधि तथा प्रविधिको खोजी प्रयोग गर्न
(च) आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा कसरी सहयोग पुयाउँछ ?
उत्तरः आत्ममूल्याङ्कनले व्यक्तित्व विकासमा निम्न तरिकाबाट
सहयोग पुयाउँछ ।
· आफ्नो अनुगमन आफै गर्ने भएकाले उच्च मनोबलका साथ कार्य गराउन सहयोग पुयाउछ जसले गर्दा व्यक्तित्वविकासमा सहयोग पुऱ्याउँछ ।
· संस्थाका कर्मचारीविच एक आपसबाट सिक्ने बानीको विकास गर्न सहयोग पुऱ्याउँछ जसले गर्दा पनि व्यक्तित्वविकासमा सहयोग पुग्छ ।
· आफैले नयाँ विधि तथा प्रविधिको खोजी गर्छ जसले गर्दा व्यक्तित्व विकासमा सहयोग पुयाउँछ ।
· आफ्ना कमीकमजोरीहरूप्रति कठोर भएर सत्य पत्ता लगाउन आत्ममूल्याङ्कनले सहयोग पुयाउँछ ।