एकाइ ११ शिक्षा र सामाजिक विकास
पाठ : १ शिक्षा र मानव संसाधन विकास
अभ्यास
१. तलका प्रश्नहरूका उत्तर दिनुहोस् :
(क) मानव संसाधन भनेको के हो ?
उत्तरः कुनै पनि कार्य सम्पन्न गर्नका लागि आवश्यक पर्ने सामान्य तथा प्राविधिक जनशक्ति नै मानव संशाधन हो । यसमा सामान्य कामदारदेखि उच्च दक्ष प्राविधिकसम्मका जनशक्ति पर्दछन् । देशको आर्थिक, सामाजिक, सांस्कृतिक र वैज्ञानिक उन्नतिका लागि मानव संशाधनको आवश्यकता पर्छ । किसान, व्यापारी, डाक्टर, इञ्जिनियर, वकिल, पाइलट, शिक्षक, कर्मचारी, नर्स, प्रशासक, डकर्मी, सिकर्मी आदि मानव संशाधनका उदाहरणहरू हुन् ।
(ख) शिक्षा र मानव संसाधन विकासबिचको एक फरक लेख्नुहोस् ।
उत्तरः शिक्षा र मानव संशाधन विकासबिचको फरक निम्नानुसार छ :
शिक्षा
एउटा व्यक्तिलाई उसको पेसागत जीवनमा आवश्यक पर्ने ज्ञान, , सिप र क्षमता विकास गर्न शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्छ त्यसकारण राज्यले मानव संशाधन विकास गर्नका लागि शिक्षामा ठूलो लगानी गरेको हुन्छ । शिक्षक, डाक्टर, नर्स, इञ्जिनियर, व्यवस्थापकलगायत विभिन्न प्रकारका मानव संशाधन विकास गर्ने काम शिक्षाले नै गरेको हुन्छ ।
मानव संशाधन विकास
मानव संशाधन विकास भनेको जनशक्तिका लागि व्यक्तिगत तथा संस्थागत ज्ञान, सीप र क्षमता विकास गर्न सहयोग पुयाउने एउटा प्रक्रिया हो । यसले संस्थाका जनशक्तिहरूका ज्ञान, सिप र क्षमतालाई उत्कृष्ट रूपमा विकास गरी संस्थागत लक्ष्य प्राप्तिमा सहयोग पुऱ्याउने उद्देश्य राख्दछ । यसमा शिक्षा, तालिम लगायतका क्षमता विकासका कार्य पर्छन् ।
(ग) कार्यगत तालिमको परिचय दिनुहोस् ।
उत्तरः कार्यगत तालिम भन्नाले एउटा दक्ष र अनुभवी कामदार र अर्को नयाँ वा सिकारु कामदारबिचको औपचारिक वा अनौपचारिक सम्बन्ध भन्ने बुझिन्छ । यस्तो सम्बन्धमा सिकारुले दक्ष र अनुभवी कामदारबाट संस्थागत संस्मृति तथा आवश्यक ज्ञान तथा सिप काम गर्दागर्दै सिक्ने गर्दछ। जस्तै परम्परागत पेसा (जस्तै: मूर्तिकला) अँगालेका परिवारमा अग्रजहरूबाट नयाँ सदस्यले उक्त पेसाका सिपहरू सिक्न, व्यापारिका परिवारका नयाँ पुस्ताले पुरानो पुस्ताबाट व्यापारका ज्ञान सिक्नु, सहचालकले चालकसँग सिक्दै आफू पनि चालन बन्नु आदि ।
(घ) मानव संसाधन विकासका तरिकाहरू लेखी कुनै दुईको व्याख्या गर्नुहोस् ।
उत्तर: मानव संशोधन विकास गर्ने तरिकाहरू पूर्व सेवा कालीन र सेवाकालीन गरी दुई तरिकाहरू छन् । कुनै व्यक्तिले कुनै संस्थाको सेवामा प्रवेश गर्ने ज्ञान, सिप र क्षमता हासिल गर्ने वा गराउने तरिकालाई पूर्व सेवाकालीन मानव संशाधन विकास भनिन्छ । त्यस्तै व्यक्तिले संस्थाको सेवामा प्रवेश गरिसकेपछि प्रदान गरिने तालिम, सल्लाह, सुझाव, कार्यगत तालिम लगायत अन्य जनशक्तिको ज्ञान, सीप र क्षमता विकास गर्ने तरिकालाई सेवाकालीन मानव संशाधन विकास भनिन्छ । मानव संशाधन विकासका केही तरिकाहरू
निम्नानुसार प्रस्तुत गरिएको छ:
- शिक्षा
- तालिम / प्रशिक्षण
- कोचिङ
- कार्यगत तालिम
स्वाध्यायन
तालिम / प्रशिक्षण :- प्रशिक्षण केन्द्र तथा त्यस्तै प्रकारका शिक्षालयहरूले विशेष सिप विकास गर्ने तालिम प्रदान गर्दछन् । जस्तैः कुन तालिम, सिकर्मी तालिम, भेटेरिनरी तालिम, शिक्षक तालिम आदि यस्ता तालिमहरू पूर्व सेवाकालिन र सेवाकालीन दुवै प्रकारका हुन्छन् । त्यस्तै तालिमहरू औपचारिक र अनौपचारिक दुवै प्रकारका हुन्छन् । कुनै एक क्षेत्रमा विशेष दक्षता भएका मानव संशाधन तयार गर्न तालिम/प्रशिक्षण प्रदान गरिन्छ तालिमहरू छोटो अवधि र लामो अवधिका हुन्छन् ।
स्वाध्यायन :- कामदारहरू आफै पनि आफ्नो पेसामा आवश्यक ज्ञान, सीप र दक्षता विकास गर्दछन् । त्यसका लागि आफूले काम गर्दागर्दै आफ्नै अनुभवबाट सिक्ने, आफ्नो पेसाका लागि आवश्यक ज्ञान र सिपका लागि पुस्तक, भिडियो, इन्टरनेट आदिबाट अध्ययन गरेर सिक्ने वा आफैले फुसर्दको समयमा औपचारिक शिक्षा प्राप्त गर्ने आदि गर्न सकिन्छ ।
(ङ) मानव संसाधन विकासमा शिक्षाको भूमिका शीर्षकमा एक छोटो लेख तयार गर्नुहोस् ।
उत्तर: विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयमा प्रदान गरिने औपचारिक शिक्षा नै मानव संशाधन विकास गर्ने मुख्य तरिका हो । यो औपचारिक प्रकारको मानव संशाधन विकास गर्ने तरिका हो । शिक्षा मुख्यतः पूर्व सेवाकालीन भए पनि कतिपय अवस्थामा सेवाकालीन रूपमा पनि प्रदान गरिन्छ । एउटा व्यक्तिलाई उसको पेसागत जीवनमा आवश्यक पर्ने ज्ञान, सिप र क्षमता विकास गर्न शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्दछ । त्यसकारण राज्यले मानव संशाधन विकास गर्नका लागि शिक्षामा ठूलो लगानी गरेको हुन्छ । शिक्षक, डाक्टर, नर्स, इंजिनियर, व्यवस्थापक लगायत विभिन्न प्रकारका मानव संशाधन विकास गर्ने काम शिक्षाले नै गरेको हुन्छ ।
शिक्षा पनि एउटा श्रमबजार सिर्जना गर्ने एउटा माध्यम हो । यस क्षेत्रमा पनि धेरै व्यक्तिहरू काम गर्दछन् । यिनीहरूलाई पनि पेसामा प्रवेश गरेपछि पेसागत क्षमता विकास गराउनु पर्छ। त्यसका लागि विभिन्न तालिम, गोष्ठी, सेमिनार लगायतका मानव संशाधन विकासका अवसरहरू प्रदान गरिन्छ ।
(च) शिक्षा र मानव संसाधनबिचको सम्बन्धलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस्
उत्तर: शिक्षा र मानव संशाधन विकास दुवैले व्यक्तिलाई ज्ञान र सिप प्रदान गरी उसको क्षमता विकास गर्दछन् । यसरी सामान्य रूपमा हेर्दा यी दुवै उस्तै लाग्छन् । तर शिक्षाले व्यक्तिलाई शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक रूपमा सफल जीवन बाँच्नका लागि आवश्यक सामान्य तथा विशिष्ट ज्ञान, सिप र क्षमता विकास गराउँछ । तसर्थ शिक्षा र मानव संशाधन विकासलाई एक I अर्कालाई सहयोग गर्दै गरी सँगसँगै अगाडि बढाउन सके दुवै प्रणालीहरूलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।
कुनै पनि देश विकासका लागि पर्याप्त दक्ष जनशक्ति उपलब्ध हुनु पर्दछ । त्यस्ता जनशक्ति विकास गर्न राज्यले मानव संशाधन विकास योजना बनाएको हुन्छ यस्ता योजनामा श्रम बजारमा माग भएका जनशक्तिका प्रकार र परिमाणका आधारमा कुन कुन जनशक्ति कति कति परिमाण उत्पादन गर्ने निर्धारण गरिएको हुन्छ । त्यही योजनाका आधारमा शिक्षा क्षेत्रको जनशक्ति उत्पादन गर्दछ। यसका लागि साधारण शिक्षा र प्राविधिक तथा व्यवसायिक शिक्षा दुवैले कार्य गर्दछन्
नेपालमा राज्यले उपयुक्त मानव संशाधन विकास योजना निर्माण गर्न सकेको छैन् त्यसकारणले शिक्षा क्षेत्रले साधारण शिक्षालाई प्राथमिकतामा राखेको छ । साधारण शिक्षाले ज्ञान भएका तर विशेष सिप नभएका जनशक्ति उत्पादन गर्ने भएकाले त्यस्ता धेरै जनशक्ति बेरोजगार हुन्छन् । ती व्यक्तिहरूमध्ये धेरै त वैदेशिक रोजगारमा अदक्ष जनशक्तिका रूपमा काम गर्न जान्छन् । तो व्यक्रिहरूमध्ये धेरै त वैदेशिक रोजगारमा अदक्ष जनशक्तिका रूपमा काम गर्न जान्छन् । यसरी एकातिर नेपालका जनशक्ति बेरोजगार छन् भने अर्कोतिर विभिन्न प्राविधिक क्षेत्रमा नेपालमा जनशक्ति अभाव भएर अन्य देशबाट कामदार ल्याउनु पर्ने अवस्था रहेको छ । तसर्थ हाल नेपाल सरकारले प्राविधिक तथा व्यवसायिक शिक्षालाई प्राथमिकता दिइएको छ
शिक्षा पनि एउटा श्रमबजार सिर्जना गर्ने एउटा माध्यम हो यस क्षेत्रमा पनि धेरै व्यक्तिहरू काम गर्दछन् । यिनीहरूलाई पनि पेसामा प्रवेश गरेपछि पेसागत क्षमता विकास गराउनु पर्दछ । त्यसका लागि विभिन्न तालिम, गोष्ठी, सेमिनार लगायतका मानव संशाधनका अवसरहरू प्रदान गरिन्छ ।